२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यके गर्मीयाममा कोरोना भाइरसको प्रभाव कम होला ?

के गर्मीयाममा कोरोना भाइरसको प्रभाव कम होला ?


कोरोना भाइरस (कोभिड-१९) मौसमी संक्रमण हो कि होइन भन्ने विषय पुष्टि गर्ने समय यो छिट्टै हुनसक्छ । यद्यपि यसबारे स्पष्ट हुन भने हामीले एक वर्षपछि अर्काेमा प्रवेश गर्दा यसका परिवर्तनलाई नियाल्न जरुरी देखिन्छ । अर्थात्, बद्लिदो मौसमअनुसार हामीले यो भाइरसले विश्वमा पारेको प्रभावलाई मुल्यांकन गर्नुपर्दछ ।

प्रमाणको विषयमा भन्नुपर्दा, कोरोना भाइरसको प्रभाव हालसम्म विशेषगरी चिसो तथा सुख्खा ठाउँमा मात्रै बढी परेको देखिन्छ । एक अनुसन्धानले जनाइएअनुसार विशेषगरी १० मार्चसम्ममा यो भाइरस कम तापक्रम भएका देशहरुमा अनिश्चित माध्यमबाट फैलिएको थियो ।

अर्कातर्फ चीनको १०० सहरमध्ये तापक्रम तथा आद्रता उच्च भएका ४० सहरहरुमा संक्रमणको संख्या न्युन देखिएको थियो । त्यसैगरी पियर–रिभ्यु (सामूहिक विश्लेषण) हुन बाँकी नै भएको एक अध्ययनले पनि विश्वव्यापी रुपमा फैलिएको भाइरस संक्रमण विशेषगरी चिसो तथा सुख्खा ठाउँमा बढी देखिएको जनाएको छ ।

तर, लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिनद्धारा गरिएको एक सामूहिक अनुसन्धानले भने हाल भाइरसले विश्व स्वास्थ्य संगठन आबद्धित चिसो, तातो र सुख्खादेखि आद्रता भएको प्रत्येक राष्ट्रमा उत्तिकै प्रभाव पारेको देखाएको छ ।

के उत्तर दक्षिण दिशाले पनि केही भिन्नता पार्दछ?

मौसमी संक्रमण, विभिन्न फ्लु तथा यस्ता भाइरस संक्रमणको प्रभाव मुख्य रुपमा उत्तरी भू–भागमा बढी देखिएको पाइन्छ । तर, भुमध्यरेखा नजिकको क्षेत्रमा भने समान किसिमले लागु भएको भने देखिदैन । यस्तै मलेसिया तथा कङ्गोजस्ता भु–मध्यरेखाको नजिक भएका केही गर्मी तथा आद्रता भएका राष्ट्रमा स्थानीय रुपमा कोभिड–१९ संक्रमणका केसहरु देखिएका देशहरुले पनि के हुन्छ भनेर राम्रो प्रमाण भने प्रदान गर्न सकेको छैन ।

तर, दक्षिणी गोलाद्र्धका अस्ट्रेलिया तथा न्युजिल्यान्डको पुच्छरतिर हेर्ने हो भने त्यहाँ रहेका स्थानमा गर्मीयामको अन्त्यतिर उत्तर गोलाद्र्धमा भन्दा धेरै कम केसहरु देखिएको थियो ।

प्रारम्भिक रुपमा विश्वमा यात्राको माध्यमबाट तीव्र रुपमा फैलिरहेको यो समय मौसम परिवर्तनको समय पनि हो । तसर्थ विभिन्न कारणहरु वश् हामीले यसका कारण स्वरुप मौसमलाई मात्रै इगिंत गर्न भने सक्दैनौ ।

यसअघि देखिएका कोरोना भाइरस मौसमी थिए त?

युनिभर्सिटी कलेज लन्डन (युसिएल) तथा लन्डन स्कुल अफ हाईजिन एण्ड ट्रोपिकल मेडिसिनका अनुसार यसअघि देखिएका केही कोरोना भाइरसहरु जाडोयाममा अधिक मात्रामा देखिएका थिए । यसका निम्ति उनीहरुले साप्ताहिक रुपमा करिब २ हजार बिरामीमध्ये श्वासप्रश्वास समस्या भएका तथा लक्षण देखिएका व्यक्तिको रिपोर्ट अध्ययन गरिएको थियो ।

अनुसन्धानकर्ताहरुले मौसमी फ्लु तथा कोरोना भाइरसले जाडोयाममा अत्याधिक मात्रामा प्रभाव पारेको निस्कर्ष निकालेका थिए । जबकी सोही भाइरसको प्रभावमा गर्मीयाममा भने न्यून देखिएको उनीहरुको भनाइ थियो ।

यसबारे बोल्दै युसिएलका एक लेखक एलेन फ्रागास्जीले भने, ‘त्यसैकारण हामीले भाइरसबाट गर्मीयाममा केही मात्रामा भएपनि छुटाकारा पाउने सम्भावना रहेको छ । तर, यस नोबेल कोरोना भाइरसको सन्दर्भमा भने के हुन्छ त्यो हेर्न बाँकी नै छ ।’

अधिक मात्रामा विश्वमा यो अनियन्त्रित रुपमा फैलिरहँदा हामी यो भाइरसले गर्मीयाममा विश्राम लिन्छ भनेर पूर्ण रुपमा विश्वस्त भने हुन सक्दैनौ ।

कोभिड–१९ अन्य कोरोना भाइरससँग कत्ति समान छ ?

सार्स–कोभ–२ भनिने नयाँ भाइरसले निम्त्याएको कोभिड–१९ रोग लगभग अन्य कोरोना भाइरससँगै मिल्दोजुल्दो देखिन्छ । तर, यसका कारणले व्यक्तिमा कस्ता समसइाा देखा पर्दछ र के कारणले यसले कत्तिको मृत्युदरमा निम्त्याउँछ भन्ने कुरामा पनि भर पर्दछ ।

साउथेप्टन युनिभर्सिटिका प्रमुख डा. माइकलका अनुसार कोरोना भाइरसको प्रभाव तथा विकास स्पष्ट रुपमा अवस्थित साधारण प्रकारका कोरोना भाइरसभन्दा धेरै फरक छ । ‘तसर्थ यसको प्रभाव पनि वातावरण तापक्रमानु तथा आद्रतासँगै परिवर्तन हुने देखिन्छ,’ उनले भने ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ