२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकान्तिमा इन्टरमिडिएट सेवा संचालन

कान्तिमा इन्टरमिडिएट सेवा संचालन


काठमाडौँ–स्वास्थ्यकर्मीको अभावले तीन वर्षअगाडि बन्द कान्तिबाल अस्पतालको इन्टरमिडिएट सेवा सुरु हुने भएको छ । अस्पतालका निर्देशक डा. आरपी बिच्छाले सो सेवा आगामी सोमबार बाट सुरु हुने बताए । अस्पतालले ८ बेडबाट सो सेवा सुरु गर्न लागेको हो । आईसियुमा भर्ना भएको बच्चा डेढ महिनासम्म त्यही बस्नुपर्दा आईसियु आवश्यक पर्ने अन्य बिरामी समस्यामा परेपछि त्यसको व्यवस्थापन गर्न इन्टरमिडिएट सेवा आवश्यक पर्छ ।

इन्टरमिडिएट र आईसियु पूर्णरुपमा संचालनमा  आएपछि  बिरामी रिफर गर्ने क्रम रोकिने

आईसियुमा भर्ना भएको बिरामीमा सामान्य सुधार आएपछि अक्सिजनसहित इन्टरमिडिएट वार्डमा सारिन्छ । केही दिन त्यहाँ राखेपछि साधारण वेड हुदै रिफर गर्ने चलन छ । यो अन्तराष्ट्रिय अभ्यास हो । देशभरबाट कान्तिमा बिरामी रिफर गर्ने तर, आईसियु अभावले अन्तै लैजानुपर्ने अवस्था छ । कान्तिमा ५० वेड आईसियु रहेपछि क्रमशः घट्दै ३० वेडमा झरेको छ । इन्टरमिडिएट र आईसियु पूर्णरुपमा संचालनमा आए बिरामी रिफर हुने क्रम रोकिने अस्पतालले जनाएको छ । अहिले दैनिक १५ जना बढी बिरामी रिफर हुदै आएका छन् ।

११ कर्मचारी आवश्यक
अस्पतालले तत्काल आफैसंग भएका कर्मचारीबाट सेवा सुरुगर्ने भएको छ । बिभिन्न विभागबाट एक एक जना गर्दै पिङ्कु अर्थात इन्टरमिडिएट सेवामा खटाइने छ । डा. विच्छाका अनुसार ८ शैयाको इन्टरमिडिएट सेवाका लागि ११ नर्स आवश्यक पर्छ । ३ वटा शैया बराबर १ नर्स राखिने उनले बताए । नियमन दुई शैया १ नर्स राख्नु पर्छ ।

बिहान ३ नर्स दिउसो २ र राती ३ जना बाँकी ३ जना रातको ड्युटी गर्नेको भोलिपल्ट बिदा हुने भएकाले खटाइने छ । ‘अझै कान्तिमा बिकास समितिले पूर्णता पाएको छैन । केही समयमा पूर्णता पाउने छ । सोही समितिका माध्यमबाट कर्मचारीलाई तलब खुवाउने योजना छ’ निर्देशक बिच्छाले भने । कान्तिमा हाल दैनिक ६ सय बिरामी आउँछन ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ