२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्ययस्तो छ विश्वभर बन्दै गरेका भ्याक्सिनको अवस्था

यस्तो छ विश्वभर बन्दै गरेका भ्याक्सिनको अवस्था


विश्वभरमा यस समय २ सय ३२ कोरोना भ्याक्सिनमा काम भैरहेको छ। डब्लुएचओं भ्याक्सिन ल्याण्डस्केपका अनुसार तीमध्ये १ सय ७२ भ्याक्सिन प्री-क्लिनिकल ट्रायलको क्रममा छ। अर्थात, यी खोपहरुको अझै पनि प्रयोगशालाहरुमा परीक्षण चलिरहेको छ। त्यस्तै, हालै ६० खोप क्लिनिकल ट्रायलमा रहेको छ। सामान्य क्लिनिकल ट्रायल कयौं वर्ष नै लाग्ने गर्छ। तर कोरोनालाई आपतकालिन मान्दै विश्वमा ९ कोरोना विरुद्ध भ्याक्सिनलाई आपतकालिन स्वीकृति मिलिसकेको छ।

यससमय चीनको ४, रुसको २, अमेरिकाको २ र बेलायतको एक भ्याक्सिनलाई आपतकालिन स्वीकृती मिलेको छ। जसमध्ये सबैभन्दा नयाँ भ्याक्सिन अक्सफोर्ड/एस्ट्राजेनेकाको कोभिशील्ड पर्छ। सो भ्याक्सिनलाई ब्रिटेनले बुधबार स्वीकृती दिएको हो।

करीब १६ देशमा कोरोना विरुद्ध खोप अभियान सुरु भैसकेको छ। विश्वभरमा अहिले ७ भ्याक्सिन अझै पनि तेश्रो चरणको परीक्षणमा छ। र अहिले ती भ्याक्सिनहरुलाई मान्यता मिलिसकेको छैन। २० भ्याक्सिन दोश्रो चरणको क्लिनिकल ट्रायलमा छन्। र २२ भ्याक्सिन पहिलो चरणको ह्युमन ट्रायल्समा छ।

फाइजरको भ्याक्सिनले १२ देशमा स्वीकृती पाएको छ। त्यस्तै, भारतमा सिरम इन्सिच्युट अफ इन्डिया (एसआइआइ) र भारत बायोटेकले पनि आ-आफ्नो भ्याक्सिनको लागि आपतकालिन स्वीकृती मागेको छ।

४ वटा भ्याक्सिनलाई स्वीकृती

१. अक्सफोर्ड यूनिभर्सिटी/एस्ट्राजेनेका

अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले मिलेर भ्याक्सिन (कोभिशील्ड) बनाएको छ। उक्त खोपको शुरुवाती नतीजामा ९० प्रतिशत प्रभावकारी देखियो। विश्वको अर्को भ्याक्सिन प्रोडक्शन कम्पनी सीरम इन्सिच्युट अफ इंडियाले ७ डिस्मेबरमा कोभिशील्डको लागि स्वीकृती मागेको थियो। यसबारे भारतको सब्जेक्ट एक्सपर्ट कमेटीले कोभिशील्डसँग अझै अन्य डेटा पेस गर्नु पर्ने जनायो।

२. फाइजर र बायोएनटेक

अमेरिकी फार्मा कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकको संयुक्त कोरोना भ्याक्सिनको चरण-३ को ट्रायलमा ९५ प्रतिशत प्रभावकारी साबित भयो। बेलायतमा यस खोपलाई २ डिसेम्बरमा मान्यता मिल्यो। त्यसपछि १६ राष्ट्रले यसलाई स्वीकृती दिएको छ।

३. मोडर्ना (अमेरिका)

अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले आफ्नो भ्याक्सिन कोरोना संक्रमितलाई बचाउन ९४.५ प्रतिशत प्रभावकारी देखिएको दावी गरेको छ। उक्त दावी अन्तिम चरणको क्लिनिकल ट्रायलको नतीजाको आधारमा गरिएको हो। यो भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ३० दिनसम्म सुरक्षित रहनसक्छ। अमेरिकाको ड्रग रेगुलेटरले यस भ्याक्सिनलाई स्वीकृती दिएको हो। मोडर्ना यससमय बेलायत, अमेरिका र यूरोपीय संघमा पनि आफ्नो खोप स्वीकृतीको लागि प्रयास गरिरहेको छ।

४. गामालेया रिसर्च इन्सिच्युट (रूस)

रूसमा बनेको भ्याक्सिन ‘स्पूतनिक V’ ट्रायलको समयना कोरोनासँग लड्नमा ९५ प्रतिशत प्रभावकारी साबित भएको छ। क्लिनिकल ट्रायलको दोश्रो सुरुवाती एनालिसिसमा उक्त कुरा बाहिरेको हो। पहिलो डोज दिएको २८ दिनपछि यस भ्याक्सिनले ९१.४ प्रतिशत असरदार देखाएको थियो। डा. रेड्डी’ज ल्याबोरेटीसँग रूसी संस्थाको सम्झौता भएको छ। रूसमा प्राथमिकताको आधारमा भ्याक्सिनेशन सुरु भएको छ।

चीनको ४ र रूसको १ भ्याक्सिनलाई ट्रायलभन्दा अघि नै आपतकालिन स्वीकृती

१. सिनोभेक (चीन)

चीनको निजी कम्पनी सिनोभेकले इनएक्टिभेटेड भ्याक्सिनको पहिलो र दोश्रो चरणको नतिजा गत जुनमा आएको थियो। त्यसपछि कम्पनीले ७ सय ४३ स्व्येमसेवकलाई ट्रायलमा समाबेश गरायो र उनीहरुमा गम्भीर प्रकारको कुनै पनि लक्षण देखिएन। नोभेम्बरमा उक्त ट्रायल नतिजा घोषित भयो। ब्राजील, इन्डोनेशिया र टर्कीमा अन्तिम चरणको परीक्षण सुरु भएको छ। अहिलेसम्म नतिजा भने आइपुगेको छैन।

२.. वुहान क्यान्डीडेट्स

चीनको सरकारी कम्पनी सिनोफार्मले वुहान इन्सिच्युट अफ बायोलोजिकल प्रोडक्ट्ससँग मिलेर यो भ्याक्सिन बनाएको छ। यसको पहिलो र दोश्रो चरणको नतिजा राम्रो आएको छ। तेश्रो चरणको नतिजा पेरू, मोरक्को र दुबईमा सुरु भएको थियो। सेप्टेम्बरमा दुबईले सिनोफार्मको भ्याक्सिनलाई अनुमति दिएको थियो ।

३. बेजिङ्ग क्यान्डीडेट्स

बेजिङ्ग इन्सिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सद्वारा विकसित भ्याक्सिनलाई चीनको सरकारी कम्पनी सिनोफार्म मार्केटमा उतार्ने तयारीमा छ। यसलाई पनि चीनसँगै दुबईमा अनुमति मिलेको छ।

४. क्यानसिनो बायोलोजिक्स

चिनियाँ कम्पनी क्यानसिनो बायोलोजिक्सले चिनीयाँ मिलेट्रीको रिसर्च इंस्टिट्यूशनसँग मिलेर भ्याक्सिन बनाएको थियो। जसलाई चीनको मिलिट्रीले २५ जुनमै एकवर्षको लागि अनुमति दिएको थियो। त्यपछि सऊदी अरब, पाकिस्तान र रुसमा तेश्रो चरणको ट्रायल भयो। तर उक्त नतिजा अहिलेसम्म घोषणा गरिएको छैन।

५. साइबेरियाका भेक्टर इन्सिच्युट

रूसले १५ अक्टुबरमा साइबेरियाको भेक्टर इन्सिट्यूटको कोरोना विरुद्ध खोप(EpiVacCorona )लाई अनुमति दियो। सुरुवाती चरणमा प्लेसेबो-कन्ट्रोल्ड ह्यूमन ट्रायल्समा एक सय स्वयमसेवकलाई उक्त खोप लगाइएको थियो। वैज्ञानिकले यस खोप कम्तिमा पनि ६ महिनासम्म मानिसको शरीरमा एन्टीबडी रहने दाबी गरेको छ।

५ भ्याक्सिन अन्तिम दौडमा

१. भारत बायोटेकको कोभ्याक्सिन

भारतको लागि खास मानिएको कोभ्याक्सिनको तेश्रो चरण सुरु भएको छ। करीब २५ साइट्समा यो ट्रायल्स भैरहेको छ। यस भ्याक्सिनलाई भारतको हैदराबादको कम्पनी भारत बायोटेकले नेशनल इन्सिच्युट अफ बायोलोजी र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (ICMR) सँग मिलेर तयार गरिएको हो। हालसम्म ट्रायल्समा भ्याक्सिन प्रभावकारी देखिएको छ भने तेश्रो चरणको नतिजा आइपुगेको छैन।

२. ज्यानसेन फार्मा (अमेरिका)

अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको सब्सिडियरी ज्यानसेन फार्माको इनएक्टिभेटेड भ्याक्सिनको पहिलो र दोश्रो ट्रायल्स प्रभावकारी साबित भएको थियो। ६० हजार मानिस यसको अन्तिम चरणको ट्रायल चलिरहेको छ।

3. नोभाभ्याक्स (अमेरिका)

अमेरिकाको कम्पनी नोभाभ्याक्सको भ्याक्सिनको प्रतिक्षा भैरहेको छ।

४. मेडिकार्गो (क्यानडा)

क्यानडाको ड्रग डेभलपर मेडिकार्गोले पनि दोश्रो र तेश्रो चरणको संयोजितरुपमा ट्रायल्स सुरु गरेको छ। सुरुवाती स्टेजमा कम्पनीको भ्याक्सिन र ग्ल्याक्सोस्मिथक्लाइन (GSK) को भ्याक्सिन बूस्टरले भाइरसलाई नाश गर्ने एन्टीबडी बनाउनमा सफलता हासिल गर्यो।

५. अनहुई झिफेई लोङ्गकोम बायोफार्म्सुयिटकल (चीन)

चोङ्गकिङ्ग झिफेई बायोलोजिकल प्रोडक्ट्सको एक यूनिटकोतर्फबाट विकसित भ्याक्सिनको ट्रायल्सको सुरुवात जुनमा नै भएको थियो। यस भ्याक्सिनको अनहुई झिफेई लोङ्गकोम बायोफार्मास्युटिकल्स र चाइनीज एकेडमी अफ साइन्सले बनाएको हो।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ