२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिडको निन्द्रामा दखल : तीव्र रुपमा फैलिँदै कोभिड-सोम्निया

कोभिडको निन्द्रामा दखल : तीव्र रुपमा फैलिँदै कोभिड-सोम्निया


कोभिड महामारी सुरु भएसँगै मानिसहरुको निन्द्रामा नराम्रो असर पारेको छ। विश्वभर कयौं मानिसमा कोभिड-सोम्निया (कोभिड+सोम्निया) नामक रोगको शिकार बनेका छन्।

कोभिडका कारण उत्पन्न भएको अनिद्रालाई कोभिड-सोम्निया भन्न थालेका छन्।

विज्ञका अनुसार विश्वभर कोभिड-१९ महामारीको लहर, संक्रमण, यसरोगबाट आफन्तको मृत्यु र पटकपटक लकडाउनले बढेको तनावका कारण हाम्रो निन्द्रा खराब हुँदै गयो। अमेरिकन एकेडेमी अफ स्लिपको २०२०को सर्वेक्षणमा खुलासा भएको छ कि अमेरिकामा २०प्रतिशत मानिस निन्द्रा नआउने समस्याबाट गुज्रिरहेका छन्। जुन अब बढेर ६० प्रतिशत पुगेको छ। यदि तपाई पनि यस समस्याबाट चिन्तित हुनहुन्छ भने कसरी छुटकारा पाउन सकिन्छ त ? जान्नुहोस।

१. २५ मिनेटसम्म निन्द्रा लागेन भने उठ्नुहोस,

क्याल्फोर्निया युनिभर्सिटीमा न्युरोसाइन्सका प्रोफेसर मैथ्यू वोकरका अनुसार ओछ्यानमा पल्टेको २५ मिनेटसम्म निन्द्रा नआए उठ्नुहोस। थोरै तन्किने गर्नुस। सोफामा बसेर ध्यान लगाउनुस। मधुरो उज्यालोमा कुनै किताब पढ्नुहोस्।

डिप ब्रेथिंग एक्सरसाइज गर्नुहोस। कुर्सिमा बसेर आर्ट बनाउन सकिन्छ। निन्द्रा आउन थालेपछि ओछ्यानमा जान सकिन्छ। तर जबसम्म थकाइ लाग्दैन तबसम्म ओछ्यानमा नजानुहोस्। क्लीनिकल सायकोलोजिस्ट माइकल ब्रूस भन्छन्, ‘निन्द्रा कम भए पनि बिहान सधै एकै समयमा उठ्ने गर्नुहोस। छुट्टीको दिन पनि धेरै नसुत्नुहोस। विस्तारै-विस्तारै सुत्ने समय राम्रो हुँदै जान्छ।

२. बिहान १५ मिनेट घाममा बस्नुहोस्,

बिहान १५ मिनेट घाममा बस्नुहोस। यसले मेलाटोनीन रिलिज नहुने गर्छ। यसले बिहान ब्रेन फोगको अवस्था आउँदैन। यसबाहेक दैनिक शारीरिक व्यायाम गर्नुहोस। यसले गम्भीर अनिन्द्राबाट ग्रस्त मानिसलाई राहत दिन्छ।

३. चिन्ताबाट मुक्त रहनुहोस्,

पेन्सिल्बेनिया यूनीभर्सिटीमा स्लिप मेडिसिन एक्सपर्ट डा. इलीन रोसेनका अनुसार सुत्नुभन्दा एक/दुई घण्टापहिला खालि कागजमा ती कुराहरु लेख्नुहोस जसले तपाईलाई चिन्तित बनाइरहेको छ। यी कुराले आफ्नो विचार र भावना प्रकट हुन्छ र दिमागलाई शान्त गराउँछ।

४. बेडलाई कार्यशाला नबनाउनुहोस्,

ओछ्यानमा हुँदा अफिसको काम पनि गर्ने डा. ब्रुसको सुझाव छ। यसले दिमागलाई सतर्क र तनावग्रस्त बनाउनसक्छ। घरमा अर्को रुम पनि सुत्न को लागि विकल्प छ भने त्यो झनै उपयुक्त हुन्छ।

दिनमा जुन चीज देख्न सक्नु भएन त्यसको लागि स्क्रिनमा आँखा गाढेर रातलाई खराब नपार्नुहोस्। दिउसो २ बजेपछि कफी र चियाँ नपिउनुहोस। यसले शरीरको मेटाबोलिज्मको लागि पर्याप्त समय मिल्छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ