गृहपृष्ठ ∕ अन्य ∕ एकाग्रता बढाउन नियमित गर्नुहोस् वृक्षासन एकाग्रता बढाउन नियमित गर्नुहोस् वृक्षासन हेल्थ आवाज मंगलबार, २०७८ भदौ २९ गते, ०५:२९ मा प्रकाशित वृक्षको जस्तो माथि फैलिएर स्थिर रहने भएकाले यो आसनालाई वृक्षासन भनिन्छ । यो सन्तुलन कायम गर्ने आसनको वर्गमापर्छ । कुनै क्षेत्रमा सफलता प्राप्त गर्नको लागीलागि मन र तनलाई एकजुट र सन्तुलित हुन जरूरी छ। दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ बायाँ राखी उभिनुहोस् । अब उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पैतालालाई तिघ्राको भित्री भागमा अड्याएर राख्नुहोस् । दुवै हातलाई नमस्कार मुद्रामा ल्याई एकैछिन शरीरलाई सन्तुलनमा राखी अडिनुहोस् । श्वास लामो गर्दै अगाडिको कुनै बिन्दुमा ध्यान केन्द्रित गर्दै रहनुहोस् । बिस्तारै श्वास लिँदैहातलाई टाउको माथि नमस्कार मुद्रामा नै राखी तन्काउनुहोस् । यस अवस्थामा हलचल नगरी वृक्षजस्तै स्थिर रहनुहोस् । यो आँखा खोलेर र अभ्यस्त हुँदै गएपछि आँखा बन्द गरेर पनि अभ्यास गर्न सकिन्छ । केहीबेर बसेपछि खुट्टा खोल्नुहोस् र पुनः बायाँ खुट्टाले टेकेर र दायाँलाई खुम्चाएर पहिले जस्तै सिलसिलाबद्ध अभ्यास गर्नुहोस् । फाइदा वृक्षासनको नियमित अभ्यासले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र स्मरण शक्ति बढाउन मदत मिल्छ । तनाव, रिस, मानसिक चञ्चलता आदि घटाउन यो आसन सहयोगी छ । रक्त संचार प्रवाह गर्न मद्दत गर्छ । यो आसनले खुट्टालाई बलियो र सबल बनाउँछ । सावधानी बढी मोटोपना र घुँडा दुखेको अवस्थामा अभ्यास नगर्नुहोस् । -स्रोत : राष्ट्रिय योगाक्रम पुस्तकबाट क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान