२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्ययसकारण मनाइन्छ विश्व एड्स दिवस

यसकारण मनाइन्छ विश्व एड्स दिवस


एचआईभी वा एड्सको बारेमा आमव्यक्तिमा जागरुकता बढाउनका निमित्त प्रत्येक वर्ष डिसेम्बरको १ मा‘विश्व एड्स दिवस’ मनाइन्छ । सर्वप्रथम सन् १९८८ बाट मनाउन सुरु गरिएको यो दिवस त्यसयता निरन्तर विश्वव्यापी रुपमा मनाउने गरिन्छ ।
यस दिनलाई विश्वभरका एचआईभी संक्रमित व्यक्तिहरु लाई समर्थन जनाउँदै उनीहरुलाई बाँच्न हौसला प्रदान गर्ने तथा यस संक्रमणबट मृत्यु भएका व्यक्तिलाई स्मरण गर्ने अवसरको रुपमा पनि लिइन्छ ।

सन् १९८४ पहिचान भएको एचआइभीबाट ज्यान गुमाउनेको संख्या भने साढे ३ करोड पुगिसकेको छ । त्यसैले एचआइभीलाई इतिहासकै सबैभन्दा विनाशकारी महामारीमध्ये एक मानिन्छ । यस्तै, हाल विश्वभर ३ करोड ८० लाख एचआइभी संक्रमित छन् ।
पछिल्लो समय एचआईभी उपचारमाथि धेरै हदसम्म वैज्ञानिक प्रगति भएको छ । यस्तै, कानूनका तवरबाट पनि यस्ता व्यक्तिले बाँच्न पाउने अधिकारका लागि विभिन्न प्रयासहरु भएका छन् । तैपनि डर लाजका कारण कतिपय व्यक्तिले आफूमा भएको संक्रमण लुकाउने वा यो एकबाट अर्काेमा कसरी सर्छ? भन्ने जस्ता ज्ञानको अभावमा भएको देखिन्छ ।

एचआईभीले शारीरिक रुपमा मात्र नभई सामाजिक समस्याको रुपमा पनि उत्तिकै जरो गाडेको छ भन्ने कुरा विभिन्न तथ्यहरुले पुष्टि गर्छ । तिनै तथ्यबारे सरकार तथा आम जनतालाई स्मरण गराउनका लागि पनि प्रत्येक वर्ष विश्वव्यापी रुपमा एड्स दिवस मनाउने गरिन्छ ।

यी कारण सर्छ एचआइभीको संक्रमण ?

शरीरको रोग प्रतिरक्षा प्रणालीलाई असर गर्ने विभिन्न रोगमध्ये एचआईभी पनि एक हो । एचआईभीको समयमै उपचार गरिएन भने यसको विकसित चरण स्वरुप यसैले शरीरमा तेस्रो चरण अर्थात्, एड्सको रुप लिन्छ । सामान्यतयाः रगत, वीर्य, स्तनपान र योनी तथा मलद्धारमा देखिने तरल पदार्थको माध्यमबाट यो एकबाट अर्काे व्यक्तिमा सर्छ । यसका साथै यस सम्बन्धि गरिने निम्न क्रियाकलापले व्यक्तिमा एचआईभिको संक्रमण सर्नमा मद्धत गर्छ ।

  • असुरक्षित एवम् बहुपार्टनरसँगको यौनसम्पर्क तथा मुखमैथुनको माध्यमबाट
  • एक व्यक्तिमा प्रयोग गरिएको खोप वा सुईहरु साझा रुपमा प्रयोग गर्द
  • ट्याटु खोप्ने सामाग्रीको शुद्धता नगरि प्रयोग गरिएमा
  • संक्रमित आमाले सन्तान जन्माएमा
  • स्तनपानको माध्यमबाट
  • संक्रमित अभिभावकले आफ्ना चपाएको खानेकुरा खान दिएमा
  • एचआईभी संक्रमित व्यक्तिको रगत, वीर्य, स्तनपान र योनी तथा मलद्धारमा देखिने तरल पदार्थको सम्पर्कमा आउँदा ।

एचआइभीबाट कसरी बच्ने ?

  • सुरक्षित तथा एकल पार्टनरसँग मात्रै यौन सम्बन्ध स्थापित गर्ने
  • अरुले प्रयोग गरिसकेको जथाभावी छाला छेड्ने औजारको प्रयोग नगर्ने
  • केहि कारणवश् शरीरमा रगतको अभाव भई अन्यको रगत हाल्दै हुनुहुन्छ भने एकपटक सो रक्तदाताको स्वास्थ्य अवस्थाको विषयमा आवश्यक जानकारी लिने
  • यौन समस्या देखिएमा वा नदेखेको अवस्थामा पनि समय–समयमा यौन स्वास्थ्य जाँच गराउने
  • आफूमा परेको समस्या सम्बन्धित चिकित्सकलाई खुलस्त पार्ने
  • एचआईभी संक्रमित भएमा आफूमा भएको रोगबारे कम्तिमा आफ्नो पार्टनर तथा परिवारलाई नलुकाउने ।

एजेन्सी 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ