गृहपृष्ठ ∕ अन्य ∕ कोभिड जस्ता संक्रमणसँग लड्न प्रतिरोधात्मक क्षमता बढाउने यी योगासन कोभिड जस्ता संक्रमणसँग लड्न प्रतिरोधात्मक क्षमता बढाउने यी योगासन हेल्थ आवाज मंगलबार, २०७८ पुस ६ गते, ०५:३० मा प्रकाशित कोभिड-१९ महामारी सुरु भएयता विश्वभर करोडौं मानिस यस भाइरसबाट संक्रमित भएका छन् । यससँगै यसको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्टले पनि बिस्तारै जनमानसहरूलाई त्रसित बनाइरहेको छ। महामारीको सुरुवातदेखि नै हामीले सबैभन्दा धेरै सुनेको एउटा कुरा भनेको रोग प्रतिरोधात्मक क्षमता हो। रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको जोखिम बढ्न सक्छ। यस्तो अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बलियो राख्नु जरुरी छ । इम्युनिटी भनेको रोग प्रतिरोधात्मक क्षमता हो । जसलाई सुधार्नको लागि तपाईले आफ्नो जीवनशैलीमा सानातिना परिवर्तनहरू गर्नुपर्ने हुन्छ। कोभिड-१९ देखिएसँगै रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन सल्लाह दिइँदै आएको छ । यस्तो अवस्थामा यदि तपाइ यी रोगहरूबाट बच्न र संक्रमणको सामना गर्न आफ्नो शरीरलाई बलियो बनाउन चाहनुहुन्छ भने यी योगासनको मद्दत लिन सक्नुहुन्छ। हलासन यो आसन गर्नका लागि सबैभन्दा पहिले आफ्नो पिठ्युको बलमा सुत्नुहोस्। अब दुवै हत्केलालाई आफ्नो छेउको भुइँमा राख्नुहोस्। एकै साथ दुवै खुट्टा 90 डिग्री माथि उठाउनुहोस्। केही समय यस अवस्थामा बस्नुहोस्। यस बीचमा आफ्नो दुवै हत्केला भुइमा राख्नुहोस्। अब बिस्तारै आफ्नो खुट्टा टाउको पछाडि सार्नुहोस्। ३० सेकेन्डको लागि यो स्थितिमा रहन प्रयास गर्नुहोस्। भुजंगासन यो आसन गर्नको लागि सबैभन्दा पहिले पेटले टेकेर सुत्नुहोस् । अब आफ्नो दुवै हत्केलालाई काँधको चौडाइबाट टाढा भुइँमा राख्नुहोस्। अब शरीरको तल्लो भाग भुइँमा राख्नुहोस् र लामो श्वास लिनुहोस्। यसपछि शरीरको माथिल्लो भागलाई बिस्तारै जमिनभन्दा माथि उठाउनुहोस्। यस पोजिसनमा केही बेर बसेपछि श्वास छोड्ने क्रममा त्यही स्थितिमा भुइँमा फर्कनुहोस्। सुखासन यो आसन गर्नको लागि सबैभन्दा पहिले ध्यानको आसनमा बस्नुहोस्। अब दाहिने हातको मद्दतले आफ्नो बायाँ नाडीलाई पछाडिबाट समात्नुहोस्। यस बीच काँधहरू पछाडि तान्दै श्वास फेर्नुहोस्। अब श्वास छोड्दा अगाडि झुक्नुहोस्। यसपछि दाहिने घुँडाले टाउको छुनुहोस्। त्यसपछि बिस्तारै श्वास फेर्दै पहिलेको स्थितिमा फर्कनुहोस्। -एजेन्सी क्याटेगोरी : अन्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ४ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख ७ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल TFN ट्रेण्डिङ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? सधै स्वस्थ रहन गर्नुहोस् ताडासन अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त राष्ट्रका लागि युवा र सेभ द हार्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न मित्थ्या आरोपका विरुद्ध अदालत जान्छु : उपाध्यक्ष डा. गिरी प्रगतिपथमा जुम्ला अस्पताल देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? सधै स्वस्थ रहन गर्नुहोस् ताडासन अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त राष्ट्रका लागि युवा र सेभ द हार्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न मित्थ्या आरोपका विरुद्ध अदालत जान्छु : उपाध्यक्ष डा. गिरी प्रगतिपथमा जुम्ला अस्पताल देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने