गृहपृष्ठ ∕ अन्य ∕ कोभिड जस्ता संक्रमणसँग लड्न प्रतिरोधात्मक क्षमता बढाउने यी योगासन कोभिड जस्ता संक्रमणसँग लड्न प्रतिरोधात्मक क्षमता बढाउने यी योगासन हेल्थ आवाज मंगलबार, २०७८ पुस ६ गते, ०५:३० मा प्रकाशित कोभिड-१९ महामारी सुरु भएयता विश्वभर करोडौं मानिस यस भाइरसबाट संक्रमित भएका छन् । यससँगै यसको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्टले पनि बिस्तारै जनमानसहरूलाई त्रसित बनाइरहेको छ। महामारीको सुरुवातदेखि नै हामीले सबैभन्दा धेरै सुनेको एउटा कुरा भनेको रोग प्रतिरोधात्मक क्षमता हो। रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको जोखिम बढ्न सक्छ। यस्तो अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बलियो राख्नु जरुरी छ । इम्युनिटी भनेको रोग प्रतिरोधात्मक क्षमता हो । जसलाई सुधार्नको लागि तपाईले आफ्नो जीवनशैलीमा सानातिना परिवर्तनहरू गर्नुपर्ने हुन्छ। कोभिड-१९ देखिएसँगै रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन सल्लाह दिइँदै आएको छ । यस्तो अवस्थामा यदि तपाइ यी रोगहरूबाट बच्न र संक्रमणको सामना गर्न आफ्नो शरीरलाई बलियो बनाउन चाहनुहुन्छ भने यी योगासनको मद्दत लिन सक्नुहुन्छ। हलासन यो आसन गर्नका लागि सबैभन्दा पहिले आफ्नो पिठ्युको बलमा सुत्नुहोस्। अब दुवै हत्केलालाई आफ्नो छेउको भुइँमा राख्नुहोस्। एकै साथ दुवै खुट्टा 90 डिग्री माथि उठाउनुहोस्। केही समय यस अवस्थामा बस्नुहोस्। यस बीचमा आफ्नो दुवै हत्केला भुइमा राख्नुहोस्। अब बिस्तारै आफ्नो खुट्टा टाउको पछाडि सार्नुहोस्। ३० सेकेन्डको लागि यो स्थितिमा रहन प्रयास गर्नुहोस्। भुजंगासन यो आसन गर्नको लागि सबैभन्दा पहिले पेटले टेकेर सुत्नुहोस् । अब आफ्नो दुवै हत्केलालाई काँधको चौडाइबाट टाढा भुइँमा राख्नुहोस्। अब शरीरको तल्लो भाग भुइँमा राख्नुहोस् र लामो श्वास लिनुहोस्। यसपछि शरीरको माथिल्लो भागलाई बिस्तारै जमिनभन्दा माथि उठाउनुहोस्। यस पोजिसनमा केही बेर बसेपछि श्वास छोड्ने क्रममा त्यही स्थितिमा भुइँमा फर्कनुहोस्। सुखासन यो आसन गर्नको लागि सबैभन्दा पहिले ध्यानको आसनमा बस्नुहोस्। अब दाहिने हातको मद्दतले आफ्नो बायाँ नाडीलाई पछाडिबाट समात्नुहोस्। यस बीच काँधहरू पछाडि तान्दै श्वास फेर्नुहोस्। अब श्वास छोड्दा अगाडि झुक्नुहोस्। यसपछि दाहिने घुँडाले टाउको छुनुहोस्। त्यसपछि बिस्तारै श्वास फेर्दै पहिलेको स्थितिमा फर्कनुहोस्। -एजेन्सी क्याटेगोरी : अन्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… धेरै पढिएका १ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर २० हजार मात्रै मासिक पारिश्रमिक चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर २० हजार मात्रै मासिक पारिश्रमिक चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने