२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यमहिनावारीमा ‘मुड स्वीङ’ हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा

महिनावारीमा ‘मुड स्वीङ’ हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा


महिलामा हुने ‘मासिक चक्र’ प्रकृयालाई एक सामान्य प्राकृतिक नियमको रुपमा लिइन्छ । सक्षम प्रजननको एक आधार समेत रहेको यस प्रकृया महिलामा सामान्यतयाः प्रत्येक २८–३० दिनमा दोहोरिन्छ । महिनावारी प्रकृया सामान्य भएता पनि यस समयमा देखिने शारीरिक एवम् मानसिक समस्याका कारण अधिकांशको निम्ति भने यो एकदमै असहज र असह्य प्रकृया पनि हो ।

महिनावारीको दौरानमा महिलामा देखिने शारीरिक एवम् मानसिक समस्या व्यक्तिपिच्छे फरक–फरक हुने गर्छ । कोहिमा यो पेट दुख्ने, पेटमा ग्याँस भरिने, भोकमा गडबढि हुने, थकानको महशुस हुने, टाउको दुख्ने र निन्द्रा नलाग्नेजस्ता शारीरिक समस्यामा रुपमा देखिन्छ । यस्तै कतिपयमा भने, महिनावारी अथवा यो हुनुपूर्व ‘मुड स्वीङ’ हुने तथा अन्य किसिमका मानसिक लक्षणहरु देखापर्ने हुन्छ । प्रायजसोः यस्ता समस्या महिलामा मध्यम रुपमा देखिन्छ । तर, यहि समस्याले गम्भीर रुप लिएको खण्डमा भने यसले व्यक्तिको दैनिकी एवम् उनको सम्बन्धमा नकरात्मक असर पार्ने सम्भावना उच्च रहन्छ । यसरी दैनिकी तथा भावनात्मक सम्बन्धमा नै असर पु¥याउने मुड स्विङको समस्या

महिनावारीमा किन देखिन्छ त?

कारणः

महिनावारी एवम् यसपूर्व देखिने मुड स्वीङको समस्या सबै महिलामा समान रुपमा देखिदैन । ‘एमजिएच सेन्टर फर वुमेन्स मेन्टल हेल्थ’ का अनुसार, मासिक चक्रमा हुने हार्मोन परिवर्तनका कारण यस समयमा महिलाहरु अति संवेदनशिल(हाई–सेन्सेटिभ) हुन्छन् । यसै कारण महिलामा मुड स्विङको समस्या देखिन्छ । यद्यपि गम्भीर मुड स्विङ प्रकृयाले भने व्यक्तिको अन्य स्वास्थ्य स्थिति तर्फ समेत संकेत गरेको हुन्छ ।

यो कत्तिसम्म सामान्य हो त?

महिनावारी हुनुपूर्व महिलामा देखिने मुड स्विङ एवम् अन्य लक्षणलाई एकदमै सामान्य एवम् साझा लक्षणको रुपमा लिइन्छ । महिनावारी हुनुपूर्व कम्तिमा ९० प्रतिशत युवतीमा यसका शारीरिक एवम् मानसिक लक्षण देखिने कुरा यससम्बन्धि गरिएको तथ्यांकमा उल्लेख गरिएको छ । तर, मुड स्वीङकै कारण यदि महिलामा अनावश्यक रुपमा चिन्ता वा तनाव बढ्न थालेमा भने त्यस्ता व्यक्तिले तुरुन्त सम्बन्धित चिकित्सकको परामर्श लिनु उचित रहन्छ । यद्यपि शिशुलाई जन्म दिइसकेका महिलामा भने यो गम्भीर लक्षणको रुपमा रुपमा देखिदैन ।

समाधानका उपायहरु :

महिलामा देखिने यस्ता मानसिक परिवर्तनका समस्याबाट छुटकारा पाउने थुप्रै सम्भावित विकल्पहरु रहेका छन् । जुन निम्नानुसार, रहेका छन्ः

  • सन्तुलित आहारको सेवन,
  • नियमित व्यायाम गर्ने,
  •  तनावलाई कम गर्ने,
  • आयुर्वेद पूरकको पनि सेवन गर्ने,
  •  क्याल्सियमयुक्त खानाको सेवन गर्ने,

-एजेन्सी ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ