गृहपृष्ठ ∕ अन्य ∕ आँखा स्वस्थ छ कि छैन कसरी थाहा पाउने ? यसरी गर्नुहोस् आँखाको हेरचाह आँखा स्वस्थ छ कि छैन कसरी थाहा पाउने ? यसरी गर्नुहोस् आँखाको हेरचाह हेल्थ आवाज बिहीबार, २०७९ असोज २७ गते, १२:४४ मा प्रकाशित हाम्रो आँखा हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। तर, यदि हाम्रो आँखा एक क्षणको लागि पनि हामीबाट अलग भयो भने, हाम्रो जीवन अँध्यारो हुनेछ। लगातार मोबाइल, टिभी र ल्यापटपमा व्यस्त रहँदा हाम्रो आँखा कमजोर हुन थाल्छ । आँखा स्वस्थ छ वा छैन कसरी पहिचान गर्ने त ? स्वस्थ आँखाको पहिचान आँखाको सेतो भाग सेतो र कालो भाग कालो हुनुपर्छ । माथिल्लो ढकानीले अलिकति कालो भाग ढाकेको हुनुपर्छ र तलको ढकनीले कालो भागलाई छोएको हुनुपर्छ । आँखाको झिम्काई सामान्य दरमा (१५ देखि १८ पटक प्रति मिनेट) हुनुपर्छ । सिधा हेर्दा दुवै आँखा सोझो देखिनुपर्छ । आँखा ठिक्क ओसिलो हुनुपर्छ, न त ज्यादा सुख्खा न त धेरै आँसुले भरिएको । सामान्य प्रकाश भएको ठाउँमा आँखा पूरा खोल्न सक्नुपर्छ । कम प्रकाश भएको ठाउँमा पनि सामान्य व्यक्तिसरह हिडडुल गर्न सक्नुपर्छ । असामान्य दृष्टि कसरी छुट्याउने ? निम्न लक्षणहरु देखिएमा आँखाको दृष्टि असामान्य भएको बुझनु पर्छ र तुरुन्त आँखा अस्पताल पठाउनु पर्छ । नयाँ ठाउँमा हिड्न कठिन हुनु वा हिड्दा यत्र तत्र ठोकिदै हिड्नु । वस्तु छोएर वा छामेर पहिचान गर्न खोज्नु । वस्तुको चाल तथा आवाज सुनेर प्रतिक्रिया गर्नु । हिड्डुल गर्न कुनै साहारा वा कसैको सहायताको खोजि गर्नु । आँखा चिम्सो पारेर हेर्न खोज्नु र चर्को घाममा हेर्न मन नपराउनु । पढ्दा लेख्दा किताब कापी धेरै नजिक लिनु र मसिना अक्षर पढ्न कठिन हुनु । लेखपढ गर्दा वा केहि बस्तुहरु हेर्दा आँखा बारम्बार मिच्नु वा आँखा बन्द गर्न खोज्नु । चलिरहेको गुडिरहेको बस्तुहरुलाई हेरेर आँखाले पछ्याउन नसक्नु । आँखाको गेडी लगातार हल्लिरहनु। कसरी गर्ने हेरचाह ? सफा पानीले दिनहुँ आँखा धुने। आफु वरिपरीको वातावरण सफा राख्ने। कुनै समस्या देखिएमा नजिकको स्वास्थ्य चौकी, आँखा उपचार केन्द्र जाने। समय समयमा आँखाको परीक्षण गराउने। जथाभावी औषधी वा अन्य चीज आँखामा नराख्ने। बालबालिकालाई आँखामा चोटपटक लाग्न सक्ने सामान चलाउन नदिन। हरियो साग, पहेँला फलफूल, अण्डा, कलेजो जस्ता भिटामिन ‘ए’ यूक्त चिज प्रशस्त खाने । -आँखा, नाक, कान, घाटी तथा मुख स्वास्थ्य सम्बन्धी स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा विभागले तयार पारेको पुस्तकबाट क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र… नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल… एचआईभी एड्सको परीक्षण, उपचार र निदान आवश्यक छ : निर्देशक… मुटु रोग विशेषज्ञ डा. शेखरद्वारा बागलुङमा आश्रम निर्माणमा १० लाख… सामाजिक सञ्जालका कारण बालबालिकामा मानसिक दबाब सिर्जना भएको सरोकारवालाको भनाइ सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत भेटिए धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ३ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि ४ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ५ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ६ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ७ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी TFN ट्रेण्डिङ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि