२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यसुस्त महामारीको रुपमा देखिदैं एन्टीबायोटिक : विज्ञ

सुस्त महामारीको रुपमा देखिदैं एन्टीबायोटिक : विज्ञ


दाङ—अधिकांश एन्टीबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । यसले आगामी केही समयमा विश्वभर ठूलो महामारीको रुप लिने अधिकारीहरुले औल्याएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा युएसएआर्इडी मेडिसिन टेक्नोलोजिष्ट तथा फर्मास्युटिकल्स सर्भिस कार्यक्रमको सहयोगमा लुम्बिनी प्रदेशमा भएको संचारकर्मी सचेतना कार्यक्रममा विज्ञहरुले एन्टीबायोटिकको अवस्था राम्रो नभएको औल्याएका छन् ।

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा. जनार्दन पन्थीले विश्वका प्रमुख १० विश्वव्यापी जनस्वास्थ्य खतराहरूमध्ये एक एन्टीबायोटिक भएको बताए । डा. पन्थीले एन्टीबायोटिक रेजिस्टेन्सको विषयमा सबै एक भएर लड्नुपर्ने बताए ।

युएसएआईडी एमट्याप्स परियोजनाका सिसियर टेक्निकल एड्भाइजर डा. सन्तोष दुलालले सन् २०१९ को एक अध्ययनले विश्वमा अनुमानित १२ लाख ७० हजार मानिसको मृत्युमा एएमआर जिम्मेवार भएको बताए । ‘यो सन् २०१९ को तथ्यांक हो । एचआईभी एड्स र मलेरियाबाटभन्दा बढी एएमआर र सोसँग सम्बन्धित रोगका कारण मानिसहरको मृत्यु भइरहेको स्पष्ट पारे । तर, नेपालमा अहिलेसम्म कुनै अनुसन्धानको रिपोर्ट बाहिर आएको छैन,’ उनले भने ।

हाल विश्वका गरिब देशहरूमा एन्टीबायोटिकले काम गर्ने क्षमतामा ह्रास आउँदै गएको पाइएको छ । नेपालमा नेशनल एक्सन प्लान (एएमआर २०२१) २०२६ लागु हुन नसक्दा पनि समस्या देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्याप एएमआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाएको छ ।

युएसएआईडी एमट्याप्सका एएमआर क्लिनिकल कन्सल्ट्यान्ट डा. विवेका श्रेष्ठले शरीरको बनावट भिन्न भएका कारण पुरूष र महिलामा फरक—फरक तवरले एन्टीबायोटिक औषधिले काम गर्ने बताईन् । उनकाअनुसार एन्टीबायोटिक गर्भावस्थामा सबैभन्दा बढी दिइने औषधि हो । डा. श्रेष्ठले पेटभित्रको बच्चालाई जोखिम हुने भएकाले गर्भावस्थामा एन्टीबायोटिकको प्रयोग अन्यको तुलनामा सिमित हुने स्पष्ट पारिन् । ‘विकाशोन्मुख देशहरूमा गर्भवतीआमाको शल्यक्रिया गर्नु अगाडि र पछाडि एन्टीबायोटिक प्रयोग गरिने हुँदा एएमआरको जोखिम बढी हुन्छ,’ उनले भनिन् ।

युएसएआईडी एमट्याप्सका एएमआर मिडिया कन्सल्ट्यान्ट अर्जुन अधिकारीले एएमआरमा खोज पत्रकारिता गर्न आवश्यक भएको बताए । एन्टीबायोटिकले काम नगरेर मृत्युको शैय्यामा पुगेकादेखि औषधिले काम गर्ने क्षमतामा गिरावट आएका धेरै घटनाहरु भएपनि त्यसको समाचार मिडियाले उल्लखे नगरेको भन्दै शक्तिशाली ब्याक्टेरियाका विरुद्धमा एक भएर कलम चलाउन आवश्यक भएको बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रतिनिधि जनस्वास्थ्य अधिकृत सुस्मिता न्यौपानेको सहभागीता रहेको थियो ।

सरकारले एन्टीबायोटिकले काम गर्न छाडेपछि देशका २५ वटा प्रयोगशालाबाट ब्याक्टेरिया र तीनको प्रतिजैविक प्रतिरोध सम्बन्धी तथ्यांक संकलनको कार्य सुरु गरेको छ । जनावरमा ७ वटा प्रयोगशालाबाट ब्याक्टेरिया र तीनको प्रतिजैविक प्रतिरोध सम्बन्धी तथ्यांक संकलन थालिएको छ । २५ ल्याबबाट १० वटा ब्याक्टेरियाको सर्वेक्षण केन्द्रीय प्रयोगशालाले गर्नेछ । पशु प्रयोगशालाले ४ वटा ब्याक्टेरियाको सर्वेक्षण गर्नेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ