२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यमानव मस्तिष्कको आकार बिस्तारै बढिरहेको जामा न्यूरोलोजीको अनुसन्धान रिपोर्ट

मानव मस्तिष्कको आकार बिस्तारै बढिरहेको जामा न्यूरोलोजीको अनुसन्धान रिपोर्ट

यसले डिमेन्सियाको खतरा कम हुन सक्छ


समयसँगै मानव मस्तिष्कको आकार बिस्तारै—बिस्तारै बढिहेको छ । जसका कारण युवा पिढीमा डिमेन्सियाको खतरा कम हुन सक्छ ।

जामा न्यूरोलोजीमा प्रकाशित एक अनुसन्धान रिपोर्टमा यो कुरा उल्लेख गरिएको छ । अनुसन्धानमा ५५ देखि ६५ वर्ष उमेरबीचका ३ हजार अमेरिकीहरुको मस्तिष्कको तस्विर लिइएको थियो । जसमा १९७० को दशकमा जन्मिएका मानिसहरुको ब्रेन भोल्युम १९३० को दशकमा जन्मिएका मानिसहरुको तुलनामा ६.६ प्रतिशत ठूलो पाइएको छ ।

रिपोर्टमा यो पनि पाइएको छ कि वाइट म्याटरको मात्रा ८ प्रतिशत बढी र ग्रे म्याटर सरफेस एरियाको मात्रा १५ प्रतिशत अधिक थियो ।

हिप्पोक्याम्पस भोल्युममा पनि ५.७ प्रतिशतको बढोत्तरी पाइएको थियो । हिप्पोक्याम्पस मेमोरी र लर्निङमा प्रमुख भूमिका निभाउँछ ।

न्यूरोलोजिष्ट चार्ल्स डेकार्ली मस्तिष्कको आकार निर्धारित गर्न जेनिटिक्स प्रमुख भूमिका निभाउने बताउँछन् । तर, यो अनुसन्धानबाट थाहा भयो कि बाहिरी प्रभाव जस्तोः हेल्थ, सामाजिक, सांस्कृृतिक र शैक्षिक फ्याक्टर पनि यसमा भूमिका निभाउन सक्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)काअनुसार संसारभर ५.५ करोड मानिस डिमेन्सियाबाट पीडित छन् । जसमध्ये ६० प्रतिशत मानिसहरु मध्यम आय भएका देशमा रहन्छन् । बिर्सने बिमारी धेरैजसो वृद्धहरुमा हुने गर्छ ।

मस्तिष्कको आकार उसको स्वास्थ्यका बारेमा धेरै कुराहरु बताउँछ । यदि मस्तिष्कको आकार घटिरहेको छ भने यो डिमेन्सियाको सुरुवाती लक्षण हुन सक्छ । मस्तिष्कको आकार मेन्टेन रहनु वा यो बढ्नु न्यूरोप्रोटेक्टीभ प्रभाव हो । यो राम्रो स्वास्थ्यको संकेत मानिन्छ ।

दैनिक आधा घण्टा हिड्डुल गरेर आफ्नो दिमागको स्वास्थ्यलाई राम्रो राख्न सकिन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ