२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअनमीवमा विश्वस्तरीय फिजियोथेरापी सेवा, डा. पाण्डे भन्छन्, ‘ प्रिभेन्टीभ हेल्थकेयरको जग नै फिजियोथेरापी हो’

अनमीवमा विश्वस्तरीय फिजियोथेरापी सेवा, डा. पाण्डे भन्छन्, ‘ प्रिभेन्टीभ हेल्थकेयरको जग नै फिजियोथेरापी हो’


काठमाडौं—गणेश माझी रोमानियामै छँदा दायाँ खुट्टामा समस्या देखियो । उनले एमआरआई गरे । खुट्टाको ‘एसियल (मेनिस्कस)को शल्यक्रिया गर्नुपर्ने देखियो । त्यसपछि उनी नेपाल आएर लाजिम्पाटस्थित वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेको अनमीव हेल्थमा गए । ‘यहाँको बारेमा आफन्तबाट जानकारी पाएपछि सिधैं अनमीव आए,’ उनले भने, ‘दुई महिनाअघि एसियल (मेनिस्कस)को शल्यक्रिया गरेपछि अहिले फिजियो गर्दैछु ।’

उनी दुई  महिनादेखि फिजियोथेरापी गराइरहेका छन् । ‘यहाँको टिट्रमेन्ट राम्रो छ,’ गणेश अनुभव सुनाए, ‘सबै फ्यासिलिटी छ । म चाडैं फिट भएर काममा फर्कन्छु ।’ शल्यक्रियाको आधा महिनामै अनमीवको फिजियोथेरापीले कमाल देखाइसकेको छ । उनी काम फर्कन लगभग तयार भइसकेका छन् ।

अनमीव फिजियोथेरापीमा शल्यक्रियापछि रिह्याबिलिटेसनमा आएका बिरामीलाई आवश्यकताअनुसार काममा फर्कने गरी तयार पारिन्छ । फिजियोथेरापिष्ट अजर भट्टराईकाअनुसार ‘नी रिप्लेसमेन्ट’ गरिएका बिरामी नियमित काममा फर्कन सामान्यतयाः ९ देखि १२ महिनासम्म लाग्छ तर अनमीवमा उनीहरु ६ हप्तामै हिडिसकेका हुन्छ । ‘आवश्यक समय दिएर बिरामीको लक्ष्यअनुसार जस्तोः युवालाई खेल्नुपर्ला, बुढाबुढीलाई हिड्न वा ट्वाइलेट जान सके पुग्ला,’ साढे तीन वर्षदेखि डा. पाण्डेको फिजियोथेरापी टिममा सक्रिय भट्टराई थप्छन्, ‘बिरामीको जे गोल छ, त्यहीअनुसारको ट्रिटमेन्टलाई प्लान गर्छौ ।’

अनमीव फिजियोथेरापीमा सामान्य समस्या भएका, नसा च्याप्पिएका बिरामीलाई परामर्श दिएर लाइफस्टाइल परिवर्तन गर्ने र आवश्यक व्यायाम सिकाएर पठाउने गरिन्छ । मेसिन लगाउने, तातोले सेक्नेभन्दा पर अनमीवले उत्कृष्ट फिजियोथेरापी सेवा दिने प्रयास गरिरहेको छ । ‘घुँडा दुखेको बिरामीलाई मेसिन लगाएर, तातोले सेकेर केही समय ठिक हुन्छ तर दीर्घकालसम्म हुँदैन्,’ भट्टराईले थपे, ‘घुँडा दुखेको मान्छेलाई हिड्न सकौं, खुडकिलो चढ्न र झर्न सकौं भन्ने हुन्छ ।’ त्यसका लागि अनमीवले ‘फङ्सनल एक्ससाइज’हरु गराउने गर्छ ।

रिह्याबिलिटेसन सेन्टरका रुपमा अगाडि बढाइएको फिजियोथेरापी सेन्टरको खास उद्देश्य शल्यक्रियापछि बिरामीहरुलाई चाँडै निको बनाएर घर पठाउनु हो । ‘सर्जन र फिजियोथेरापिष्ट सँगसँगै बसेर रिकभरीको गोल बनाउँछौं,’ भट्टराईले अगाडि थपे, ‘कति समयमा गोडा मोड्ने, कति समय हिड्नेलगायतका सबै कुरा योजना बनाउँछौं र काम गर्छौ ।’ हिड्ने, दौड्ने, खेलमा फर्किनुपर्ने आवश्यकताअनुसार ट्रिटमेन्ट प्लान बनाएर काम हुन्छ । लिगामेन्ट इन्जुरीहरुमा त दुई हप्तामै हिडाउन सकिएको अनुभव फिजियोथेरापिष्ट भट्टराई बाँड्छन्, हाडजोर्नीको भने छ हप्तामा हिडाउने सक्ने गरी तयार पारिन्छ । फिजियोथेरापी, रिह्याबिलिटेसनमा २५ मिनेटदेखि २ घण्टासम्म सेसनहरु आवश्यकताअनुसार तय गरिन्छ ।

अनमीव फिजियोथेरापीमा अत्याधुनिक उपकरण र उत्कृष्ट भौतिक पूर्वाधारको संयोजन छ । मल्टी जिम सेट, ट्रेड मिल, साइक्लिङ, एक्ससाइज बल, टेन्स मेसिन, कम्बो मेसिन, फोम रोलर, क्युज, इएसडब्लूटी (सक वेव ट्रिटमेन्ट गर्ने मेसिन जुन स्पोर्ट इन्जुरीमा बढी प्रयोग हुन्छ) जस्ता उपकरण छन् भने त्यसबाहेक थेरापिष्टले हातले दिने (मोबिलाइजेसन, माया फेसियल रिलिज)जस्ता सेवा त छदैंछन् । ‘फिजियोथेरापी सेटिङमा अन्तर्राष्ट्रिय मार्केटमा चाहिने जति सबै प्रविधी र उपकरण हामीसँग छन्,’ भट्टराईले थपे, ‘हाम्रो फिजियो अन्तर्राष्ट्रिय स्ट्याण्डर्डको छ ।’

विगत दुई वर्षदेखि अनमीव हेल्थमा सक्रिय अर्की फिजियोथेरापिष्ट अलिना महर्जन पछिल्लो समय धेरैजसो मानिसहरुलाई विलासी जीवनशैलीका कारण पनि फिजियोथेरापी आवश्यक पर्ने गरेको बताउँछिन् । ‘बच्चादेखि वृद्धसम्म फोन चलाउने गरेका कारण ब्याकपेन र अपरपेनको समस्या लिएर थुप्रै मानिसहरु आउने गर्नुहुन्छ,’ उनले भनिन्, ‘अन्य ट्रमाटिक केसहरु हुन्छन् ।’ उनकाअनुसार अन्य अस्पतालमा सर्जरी गर्न सुझाइएका कतिपय केसहरु पनि अनमीव फिजियोमा फिजियोथेरापीबाट ठीक गरिएको छ ।

महर्जनकाअनुसार नेपालमा नसा च्यापिने र डिकको समस्या हुने बितिकै सर्जरीमा गइहाल्नुपर्छ भन्ने गलत मान्यता छ । ‘तर, तीमध्ये धेरै केसहरु सर्जरी नगरीकन पनि ठीक पार्न सकिने खालका हुन्छन् । डिकका ९० प्रतिशत समस्या फिजियोथेरापीबाट समाधान गर्न सकिन्छ,’ उनले भनिन्, ‘१० प्रतिशतका लागि शल्यक्रिया आवश्यक हुन्छ । तर, शल्यक्रिया गर्नुअघि पनि सबै प्रकारका प्रिभेन्टीभ विधीहरु हेर्नुपर्छ ।’ सर्जरी नगर्दा खर्च कम हुने, शारीरिक हिसाबले पनि राम्रो हुने उनले बताइन् । अलिना ‘अपरपेन’ र ‘ब्याकपेन’जस्ता समस्याहरुबाट बच्न मानिसहरुले काम गर्ने वातावरण राम्रो बनाउन सुझाव दिन्छिन् । उनकाअनुसार ‘अर्गनोमिक्स’बारे नेपालीहरुमा ज्ञान नभएकाले कार्यक्षेत्रमा लामो समय एकै ठाउँमा बसेर काम गर्दा समस्या आउँछ । एउटै पोजिसनमा २० मिनेटभन्दा लामो समय नबस्ने, हरेर २० मिनेटमा पोजिसन परिवर्तन गर्न उनको सुझाव छ ।

अनमीव हेल्थको फिजियोथेरापी सेन्टरमा दैनिक ५० भन्दा बढीले फिजियोथेरापी गराउँछन् । जसमा स्वदेशी तथा विदेशी दुवै बिरामीहरु हुने गरेको फिजियोथेराष्टि अंकिता श्रेष्ठले जानकारी दिइन् । ‘पोखरा, धनगढीलगायत देशका सबै ठाउँबाट बिरामीहरु आउँछन् । त्यसबाहेक पर्यटक, कुटनीतिक नियोगका अधिकारीहरु, सेलिब्रेटी, राजनीतिक दलका नेताहरुसमेत आउँछन्,’ उनले भनिन्, ‘वातावरण र हाम्रो फिजियोको सेटअप नै उत्कृष्ट छ, त्यसैले धेरैको रोजाइमा पर्छ । अनमीव हेल्थको फिजियोथेरापी ओपन डोर भएका कारण पनि यो आकर्षक छ ।

अनमीवको अर्थ नै ‘स्वस्ति चास्माम अनमीवं च धेही’ अर्थात ‘सबैको कल्याण होस् र सबै स्वस्थ रहुन’ भन्ने हुन्छ । त्यही कारण अस्पतालले प्रिभेन्टीभ हेल्थकेयरलाई बढी जोड दिएको छ । ‘अनमीव हेल्थको मुख्य उद्देश्य प्रिभेन्टीभ मेडिसिन हो अथवा प्रिभेन्टीभ अर्थोपेडिक्स केयर हो,’ अस्पतालका सह–संस्थापक तथा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेले भन्छन्, ‘मानिसहरुलाई स्वस्थ बनाएर सकेसम्म रोग नै नलागोस्, सकेसम्म औषधी खानै नपरोस्, सकेसम्म शल्यक्रिया गर्नै नपरोस् भन्ने हाम्रो प्रिन्सिपल हो ।’ त्यही प्रिन्सिपलअनुुसार अनमीव हेल्थको कन्सेप्ट रोकथाम गर्ने भनेर आएको उनले बताए ।

रोकथाम स्वस्थ हुनका लागि सर्वोत्तम उपाय हो भन्ने विचारबाट अनमी हेल्थकेयर सुरु भएकाले एकदमै बलियो फिजियोथेरापी कन्सेप्ट बनाएको उनले जानकारी दिए । उनकाअनुसार अनमीव फिजियोमा प्राकृतिक वातावरण, पर्खिन र आराम गर्नका लागि उत्कृष्ट बगैचा, शरीरको मांशपेशी बलियो बनाउन र कुप्रोपन हटाउनका लागि र आफ्नै खुट्टामा उभिन सक्ने बनाउन ओपन स्पेशमा फिजियोथेरापीसँगै रिह्याबिलेटसनको सेवा पनि उपलब्ध छ ।

यसबाहेक हड्डी खिइन ढिलो गराउने र छालाहरु चाडो चाउरी नपरोस् भनेर ‘प्लाजा रिच फ्याक्टर’ सुरु पनि अनमीव हेल्थकेयरले सुरु गरेको छ । यसैगरी, अनमीवमा स्वीस की बुन सुज एयर टेक्नोलोजीले जोर्नीमा हुने इम्प्याक्ट रोकेलर दीघार्यु बढाउँदैं जान्छ । ‘आधुनिक संसारमा लामो मानिसहरु लामो समयसम्म बाँच्नका लागि जोर्नीहरुको सुरक्षा चाहिन्छ,’ उनले भने, ‘त्यही कारण कलेक्टीभ रुपमै प्रिभेन्टीभ अर्थोपेडिक्स र प्रिभेन्टी हेल्थकेयर सिष्टमको जग नै यहाँको फिजियोथेरापी हो ।’

डा. पाण्डेकाअनुसार अर्थोपेडिक्सको एउटा कन्सेप्ट फिजियोथेरापीबाट बिरामीलाई निको पार्ने र आफ्नो काम आफै गर्न सक्ने बनाउने हो । त्यसका लागि मानिसलाई सक्रिय रहन दिनुपर्ने उनको धारणा छ । तर, गह्रौ भारी नबोक्ने, धेरै निहुरिएर काम गर्न नहुने सुझाव डा. पाण्डेले दिए । ‘तर, चलिराखौं यो शरीर पनि पानीजस्तै हो,’ उनले भने, ‘पानी पनि एक ठाउँमा जम्यो भने इन्फेक्सन हुन्छ, बिग्रिन्छ, त्यस्तो नहोस् । शरीरको बहन खोलाको बहनजस्तै हुनुपर्छ, चलिरहनुपर्छ ।’

उनकाअनुसार धेरै अभिभावकहरु आफ्नो हेरचाह गर्न बिर्सेर कडा मेहनत गर्छन् भने आमाहरु धेरै सन्तानलाई जन्म दिएर आफ्नो स्वास्थ्यलाई बिर्सिरहेका हुन्छन् । ‘तर, हामी उहाँहरुको स्वास्थ्य राम्रो बनाउन सम्झाउन चाहन्छौं,’ उनले कुराको बिट मार्नुपूर्व भने, ‘ताकि उहाँहरुले लामो समयसम्म आफ्नो जीवनको उज्यालोको आनन्द लिन सकून ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ