२०८२ भदौ ७, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं गीत ‘सकिएन’ सार्वजनिक

ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं गीत ‘सकिएन’ सार्वजनिक


काठमाडौं-त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार डा. भण्डारीको युट्युब च्यानलमार्फत सकिएन’ बोलको गीत सार्वजनिक भएको हो ।

उक्त सुमधुर गीतमा प्रा. डा. भण्डारीले प्रभावशाली श्वर रहेको छ । गीतको रचना तथा कम्पोजिसन पनि गायक प्रा.डा. भण्डारीले नै गरेका हुन् ।

गीतको मिक्सिङ, माष्टरिङ तथा रेकर्डिङ देव लामाको रहेको छ । लिरिकल भिडियो शिलन लम्सालले तयार पारेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरुवात तथा नेतृत्व गरिरहेका प्रा.डा. भण्डारीका यसअघि १० वटा गीतहरु सार्वजनिक भइसकेका छन् । जसमा ‘निलो आकाश’, ‘तिम्रो नै माया लाग्छ’, ‘एउटा जीवन यस्तो थियो’, ‘कसरी भनुँ’, ‘मायालु भाका’, ‘तिमी नै तिमी’, ‘जीवन यो रहेसम्म’, ‘निलो आकाश’लगायत रहेका छन् ।

२९ वर्षअघि एमबीबीएस अध्ययन गर्दा नै संगीत कर्म लागेका प्रा.डा. भण्डारीले सन् १९९६ मै पहिलो गीत ‘चिसो चिसो हावा चल्छ‘ रेकर्ड गराएका थिए । त्यो गीत त्यहीबेला रेडियोमा पनि बजेको थियो । तर, बीचमा पढाइ, व्यस्तताजस्ता कारणले केही समय उनको संगीत यात्रा रोकिएको थियो ।

तर, पछिल्ला  केही वर्षयता प्रा.डा. भण्डारी गायनसँगै, गीत रचना र कम्पोजिसनमा पनि सक्रिय छन् ।




क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ