२०८२ भदौ २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यघाइते कंगारुलाई बचाउनमा खोज्दा मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु

घाइते कंगारुलाई बचाउनमा खोज्दा मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु


मेलबर्न—अष्ट्रेलियाका मेलबर्नमा दुई जना नेपाली नर्सहरुको सडक दुर्घटना मृत्यु भएको छ । बिहीबार उत्तरी मेलबर्नको ह्युम फ्रीवेमा घाइते कंगारुलाई उद्धार गर्न खोज्दा कारको ठक्करबाट उनीहरुको मृत्यु भएको अष्ट्रेलियाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मेलबर्नको बेभेरिज र थोमास्टाउनमा बस्दैं आएका ३० वर्षका सरला खड्का र अरिजा सुवाल अल्फ्रेड अस्पतालका नर्सहरु हुन् । उनीहरु दुवै जना एकदमै मिल्ने साथीहरु थिए । बिहीबार राति उनीहरु ह्युम फ्रीवेमा सँगै यात्रा गरिरहेका थिए, जहाँ उनीहरु अरिजाको ३० औं जन्मदिन मनाउन जाँदैं थिए ।

तर, बाटोमा उनीहरुले घाइते कंगारुलाई देखे र मद्धत गर्न गाडी रोके । यही क्रममा अध्यारोमा नदेखिएको अर्को गाडीले उनीहरुलाई ठक्कर दियो ।

रिपोर्टअनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्कोको हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइए पनि पछि उनको मृत्यु भएको थियो ।

सरला र अरिजा दुवै नेपालबाट अष्ट्रेलिया गएका थिए । दुई जना होनहार नर्सको मृत्युको खबरले नेपाली समुदाय गहिरो शोकमा डुबेको छ ।

अल्फ्रेड अस्पतालले आफ्ना सहकर्मीहरुको मृत्युबाट अपुरणीय क्षति पुगेको जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ