काठमाडौं—नेपाली औषधि बजारको प्रमुखमध्येको एक डिष्ट्रीब्युटर्स यति फर्माक्यामको कारोबार निरन्तर उकालोमा रहेको पाइएको छ । कम्पनीले सन् २०२५ मा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत) कारोबार गरेको छ ।
पाँच वर्षको फाइनान्सियल तथ्यांकअनुसार यति फर्मा क्यामको वार्षिक कारोबार निरन्तर बढिरहेको देखिन्छ । यति फर्माक्यामले सन् २०२४ मा ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार गरेको थियो।
सन् २०२३ मा उसले ३ अर्ब २६ करोड १० ला रुपैयाँ, सन् २०२२ मा २ अर्ब ८६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।
यस्तै, सन् २०२१ मा २ अर्ब ६१ करोड रुपैयाँको कारोबार फाइनान्सियल तथ्यांकमा छ ।
सन् २००१ मा फर्मास्युटिकल्स प्रडक्ट डिस्ट्रीब्युटर्सका रुपमा यति फर्मा क्याम स्थापना भएको थियो । यसले क्रोनिक तथा दीर्घ रोगका औषधिहरु वितरण गर्दै आएको छ । जसमा डाइबटिज, क्यान्सर, टिबीलगायतका रोगहरु छन् ।
यति फर्मा क्यामको स्वामित्वमा प्रभुराज वैद्य र पृथ्वीराज वैद्यको समान ५०/५० प्रतिशत साझेदारी छ ।