ललितपुर—नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर लिमिटेडले ‘आस्क फर एक्स्पर्ट’ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार सर्भाइकल क्यान्सर अवारनेस मन्थको अवसर पारेर अस्पतालमा आयोजना गरिएको ५५ औं क्यान्सर सर्भाइभर मिट उक्त कार्यक्रममा क्यान्सर विशेषज्ञहरुले सहभागिता क्यान्सर सर्भाइभर र उपचाररत बिरामीहरुको जिज्ञाशाको उत्तर दिएका थिए ।
‘आस्क फर एक्स्पर्ट’ सत्रकै सुरुमा एक सहभागीले सोधिन, ‘डा.साब क्यान्सर भएका मानिसले मेकअप गर्न सक्छ कि सक्दैन् ?’ विशेषज्ञ अनु बज्राचायले त्यसको उत्तर फर्काइन्, ‘केमिकलहरु नभएको मेकअप गर्न सकिन्छ । ग्रुमिङ गर्न मिल्छ तर केमिकलहरु प्रयोग गर्नु हुँदैन् ।’
नेपाल क्यान्सर अस्पताल कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले थप प्रष्टयाए, ‘मेकअप गर्न नमिल्ने नै होइन् तर उपचारका बेलामा अलि नेचुरल रहन हाम्रो सुझाव हुन्छ ।’
क्यान्सरका बिरामीहरुलाई दिइने भ्याक्सिन कहिले कसरी लगाउने भन्ने सहभागीको जिज्ञाशालाई डा. मुरारीमान श्रेष्ठले प्रष्ट पारे । उनले क्यान्सर सर्भाभर र क्यान्सरको उपचार गराइरहेको बिरामीलाई दिइने भ्याक्सिनबारेका जानकारी दिए ।
डा. कपिन्द्रशेखर अमात्यले रोबटिक सर्जरी र सामान्य सर्जरीका बारेमा बिरामीमा रहेका कौतुहलता मेटाउने प्रयास गरेका थिए । ‘आस्क फर एक्स्पर्ट’ कार्यक्रममा क्यान्सर सर्भाइभर र उपचाररत बिरामीहरुले थुप्रै जिज्ञाशाहरु विशेषज्ञ चिकित्सकहरु समक्ष राखेका थिए ।
जसमा डा. सुदीप, डा. अनु, डा. मुरारीमान श्रेष्ठ, डा. गिसुप निख प्रसिको, डा. कपिन्द्रशेखर अमात्य, डा. सरोज चटौत, डा. प्रभातचन्द्र ठाकुर, डा. हरिप्रसाद दाहालगायतका चिकित्सकहरुले उत्तर दिएका थिए ।
कार्यक्रमको अध्यक्षता समेत गरेकी क्यान्सर सपोर्ट समूहकी उपाध्यक्ष तथा नेपाल क्यान्सर अस्पतालकी बोर्ड सदस्य स्वरुपा श्रेष्ठले ‘आस्क फर एक्स्पर्ट’ कार्यक्रम क्यान्सर सर्भाइभर र बिरामीहरुको मनको कुरा चिकित्सकसँग राख्न र कन्फिडेन्ट विकास गर्नका लागि गरिएको बताइन् ।
नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीपले क्यान्सर सर्भाइभर, बिरामी र बिरामीका आफन्तहरुसँग ओपीडीमा सल्लाह दिने गरेको बताए । ‘तर, क्यान्सर सर्भाइभरको मनमा घरमा थुप्रै किसिमका प्रश्नहरु आइरहने भएकाले मासमा रहेर मनमा लागेका कुराहरुबारेको जानकारी बटुल्नका लागि कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे ।
