२०८२ फागुन २५, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यमेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा

मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा


नेपालगन्ज—बाँकेको नेपालगन्जस्थित मेडिसिटी क्लिनिकले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा ६८ जना महिलाले सेवा लिएका छन् । क्लिनिकले २३ र २४ फागुनमा दुई दिने निःशुल्क महिला स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको हो ।

महिलाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने तथा आवश्यक स्वास्थ्य जाँच सेवामा सहज पहुँच प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा विभिन्न उमेर समूहका ६८ जना महिलाहरूले स्वास्थ्य सेवा प्राप्त गरेको क्लिनिकले जनाएको छ । शिविरमा स्तन अल्ट्रासाउन्ड, पेटको अल्ट्रासाउन्ड र गर्भावस्थामा भ्रूण वृद्धि (Fetal Growth) जाँच गरिएको थियो ।

शिविरमा फिटल मेडिसिन विशेषज्ञ डा. ट्विंकल धानुका कानोडिया तथा इन्टरभेन्शनल रेडियोलोजिस्ट डा. रितेशकुमार कनोडियाले विशेष परामर्श तथा सेवा प्रदान गरेका थिए । चिकित्सकहरुको विशेषज्ञता र अनुभवबाट धेरै महिलाहरूले समयमै स्वास्थ्य जाँच तथा आवश्यक स्वास्थ्य परामर्श प्राप्त गरेका थिए।

मेडिसिटी क्लिनिकले समुदायमा गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा पनि यस्ता जनस्वास्थ्य उन्मुख कार्यक्रमहरू निरन्तर आयोजना गर्ने जनाएको छ।


क्याटेगोरी : अन्य, लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ