२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअध्ययन भन्छ—डाक्टरहरु उच्च जोखिमपूर्ण रहेका केश हेर्दैनन्

अध्ययन भन्छ—डाक्टरहरु उच्च जोखिमपूर्ण रहेका केश हेर्दैनन्


चिकित्सकहरुले उच्च जोखिम र खतरामा रहेका बिरामीको उपचारलाई नहेर्र्नेे गरेको तथ्य एक अनुसन्धानले पत्ता लाएको छ । उच्च जोखिमपूर्ण अवस्थामा रहेका बिरामीले उपचार पश्चात् नयाँ जीवन नै पाउने भएतापनि जोखिम मोल्नुपर्ने डरका कारण उनीहरुले उक्त उपचारको बेवास्ता गर्ने गरेको तथ्य अनुसन्धानले पत्ता लगाएको हो ।

युकेका डाक्टर र म्यान्सल्हटरबीच तीन वर्षअघि गरिएको एक सर्वेक्षणअनुसार यस विषयप्रति प्रतिक्रिया जनाएकामध्ये ८६ प्रतिशत चिकित्सकले आफ्नो जीवन प्रतिरक्षाको निमित्त पनि त्यस्ता केशहरु नहेर्ने बताएका थिए । डिफेन्सिभ मेडिसिनअन्र्तगत चिकित्सकहरुले बिरामीको रुचीअनुसार उपचार र परीक्षणभन्दा पनि त्यस्ता मुद्दाहरुलाई बेवास्ता गर्छन् । बिरामीको बाँच्ने आशाबाहेक सफलताको कम अपेक्षाकृत दर र उपचार प्रक्रिया पूरा गर्न नसकिने मुद्धाहरुलाई चिकित्सकले समेत नहेर्ने पाइएको हो ।

५ सय ५० जना जनरल सर्जन र विशेषज्ञहरुले आफ्नो प्रतिक्रिया दिएको उक्त सर्वेक्षणमा लगभग आधा (४८ प्रतिशत) चिकित्सकहरुले त्यस्ता अभियोगको मतलब नगरी उपचार गरेको खण्डमा यसले बिरामीको ज्यान जोगिन सक्ने अभिब्यक्ति प्रस्तुत गरेका थिए । यस्तै, अर्कातर्फ अन्य ७० प्रतिशतले भने यस्ता उपचारले अझ गल्तीहरु दोहोरिन सक्ने र त्यसले झन् उच्च जोखिम निम्त्याउन सक्ने राय ब्यक्त गरे ।

सन् २०१२ मा एनेस्थेसियाको आपतकालीन उपचारमा शल्यक्रिया गर्ने क्रममा ३० वर्षीया क्यापुचिनीको मृत्यु भएपछि उनका अभिभावकले उक्त एनेस्थेसिस्ट विशेषज्ञ एरिक कार्नीश विरुद्ध मृत्युको अभियोग सम्बन्धि मुद्दा दायर गरेका थिए । तर, यस विषयको जवाफदेही नभएको भन्दै त्यहाँका न्यायधीशले पनि उक्त मुद्दालाई टुंग्याएका थिए ।

चिकित्सक र म्यान्सल्हटरहरुले बताएअनुसार यस्ता मुद्दा स्वास्थ्य सेवा क्षेत्रको अपराधिकरण प्रवृत्तिको हिस्सामध्ये एक हो । जसकारण ९ जना स्वास्थ्यकर्मीहरुलाई एक वर्ष गम्भीर नरसंहारको लागि अभियोग लगाई उनीहरुलाई दोषी ठहर गर्दै उनीहरु विरुद्ध मुद्दा समेत चलाइएको थियो ।

यस विषयमा बोल्दै लन्डनका प्रोटेस्ट सेन्टरका निर्देशक रोगर क्रिबी भने, ‘टनब्रिजमा मृत्यु भएकी महिलाको घटना आफैमा दुखनीय घटना हो । तर, एक म्यान्सल्हटरको निम्ति यो उचित सम्बोधन भने पक्कै होइन ।’ असमझदारी बढ्न समय नलाग्ने बताउदै उनले भने, ‘कुनै पनि बिरामी आफुलाई हानि होस् भन्ने उद्देश्यले अस्पताल गएका हुँदैनन् ।’ उनकाअनुसार यस्ता जोखिम विशेषगरि औषधिको उच्च जोखिमयुक्त क्षेत्र प्रोस्टेट क्यान्सर र प्रसुती रोगहरुमा देखा पर्दछ ।

सन् २०१३ मा नियमित घुँडा प्रतिस्थापन गर्ने शल्यक्रियाको क्रममा ६६ वर्षीय जेम्स ह्युजेसको मृत्यु भएपश्चात्, लापरवाहीका कारण हत्या गरेको आरोपमा कोलोरेक्टल सर्जन डेभिड सेललाई साढे २ वर्ष सजाय दिइएको थियो ।

प्रत्येक दशमध्ये ९ जना चिकित्सकहरुले त्यस्ता जोखिमपूर्ण उपचारका कारण चिकित्सक आफै पनि मारमा पर्ने बताएका थिए । त्यसमध्ये एक चिकित्सकले भने आफ्नो लेखाइको माध्यमबाट, ‘उपयुक्त तालिम प्राप्त ब्यक्तिले कारागार जानु नपर्ने यसबाहेकका अन्य उत्कृष्ट कामहरु पनि छन् । यसबाट आफू किन जोखिम मोल्ने?’ भन्ने विषयमा सोच्छन्, भन्ने भाव प्रस्तुत गरेका थिए ।

यसै विषयमा बोल्दै अर्का चिकित्सकले पनि, उपचारको खण्डमा आइपरेको आपत वा त्यसले निकालेको निस्कर्षको भागेदारी आफै मात्र हुनुपर्ने र यसमा कसैले पनि साथ नदिने हुँदा यो वास्तवमा नै जोखिमपूर्ण रहेको भनाइ ब्यक्त गरे ।

उपचारको क्रममा कतिपय चिकित्सकहरुले विभिन्न अवरोधहरु सिर्जना गरेतापनि प्रत्येक चिकित्सकले स्वतन्त्र र बिना प्रे्रेसरको वातावरणमा आफ्नो काम गर्न पाउनुपर्ने धारणा राख्दैं बिरामी संघका प्रमुख कार्यकारी क्याथरिन मर्फीले कुनै पनि चिकित्सकले आफ्नो गल्तीहरु लुकाउने डर वा रक्षात्मक औषधी अभ्यास गर्ने उद्देश्यले कुनै पनि खालका उपचारहरु गर्नु हुँदैन भन्ने भाव ब्यक्त गरेकी छिन् ।

‘तर, यदि कुनै एक चिकित्सकले बिरामीको गुणस्तरीय स्वास्थ्यको कायम राख्नको निम्ति उपचार गर्छ, उसले पूर्ण रुपमा तनावरहित वातावरणमा काम गर्न पाउनुपर्छ,’ उनले भनिन्, ‘कुनै पनि चिकित्सकले गल्ती हुने भय वा आक्षेपको भयका साथ उपचारमा संलग्न भएमा पूर्ण रुपमा बिरामीको उपचारमा आफ्नो ध्यान केन्द्रित गर्न सक्दैन । र, अवश्य पनि त्यो उपचार विफल नै रहन्छ ।’

(गार्डियनमा सन् २०१६ मा प्रकाशित यो समाचार नेपालमा अहिलेको अवस्थामा सान्दर्भिक हुने देखिएकाले हेल्थआवाजले भावानुवाद गरेको हो ।)


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ