२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यके तपाई अनुहारको चाउरीपनाबाट मुक्ति चाहानुहुन्छ ? यसो गर्नुहोस

के तपाई अनुहारको चाउरीपनाबाट मुक्ति चाहानुहुन्छ ? यसो गर्नुहोस


सुन्दरता कसको चाहाना नहोला र? अनुहारमा चमक बढाउन तथा चाउरीपना हटाउनको निमित्त धेरैले उपाय स्वरुप विभिन्न औषधि तथा कस्मेटिक सामाग्रीहरुको प्रयोग गर्ने गर्छन् । तर, रसायनयुक्त त्यस्ता सामाग्रीले छालालाई क्षणिक चमक मात्रै प्रदान गर्छ । कालान्तरमा गएर यसका विभिन्न नकरात्मक असरहरु देखा पर्न थाल्छ । यस अर्थमा भन्नुपर्दा, स्वस्थ्य एवम् चमकदार छाला हाम्रो दैनिक गतिविधि र परिणामहरुको उपज पनि हो ।

सुन्दरता हामीले खाने हाम्रो खानपिन र स्याहार सुसारमा पनि भर पर्दछ । यसरी छालालाई प्राकृतिक रुपमा स्वस्थ्य राखी पछि गएर कालान्तारमा केही नकरात्मक असर पनि देखा नपरोस् भन्नका निम्ति, हामीलाई घरेलु उपचार तथा हेरचाहको आवश्यकता पर्दछ । तसर्थ छालामा सदैव चमक कायम राखिरहनको निमित्त हामीले निम्न उपायहरु अपनाउन सकिन्छः

सुर्यको किरणबाट बच्ने

घामको किरण हामी मानव जीवनको निमित्त अति नै आवश्यक तत्वमध्ये एक हो । यसबाट भिटामिन ‘डि’ पनि पाइने भएकोले यो हाम्रो स्वास्थ्यसँग पनि सम्बन्धित रहन्छ । घामले हाम्रो शरीरमा चाहिने अन्य तत्वहरु पनि प्रदान गर्ने भएकोले यसलाई उपयोगी पनि मानिन्छ । तर, सहि तरिकाबाट घामको उचित उपभोग गर्न नजान्दा भने यसले हाम्रो शरीरमा नकरात्मक असर पु¥याउँछ । हामीले घाम ताप्दा सुर्यको किरणलाई सिधै हाम्रो छालामा पर्न दिनुहुदैन । यसको निम्ति हामीले घाममा निस्कदा घामलाई ढाक्ने कपडा तथा सलको प्रयोग गर्नुपर्छ भने घामबाट जोगाउने क्रिमको पनि प्रयोग गर्न सकिन्छ ।

पर्याप्त सुत्ने

कम निन्द्रा पनि छिट्टै छाला चाउरिनुको कारण मध्ये एक हो । यो पनि हाम्रो स्वास्थ्य तथा सौन्दर्य दुवै पक्षसंग जोडिएको हुन्छ । त्यसैले हामीले दैनिक ७ देखि ८ घन्टा पर्याप्त निदाउनु आवश्यक हुन्छ । यसले शरीरलाइ स्फुर्त राख्नुको साथै तपाइको मुहारको चमक पनि कायम राख्ने गर्छ।

सालमोनको अत्याधिक प्रयोग

चिसो पानीमा रहने माछाको प्रयोगले पनि हाम्रो छालामा चमक ल्याउन मद्दत पु¥याउँछ । प्रोटिनको उपयुक्त स्रोत मानिने यसले छालालाई सुन्दर तथा मुलायम बनाइ राख्छ । यसमा ‘ओमेगा फ्याट ३’ पनि पाइने भएकाले पनि यसले छाला चाउरीनबाट जोगाउँछ ।

चश्माको प्रयोग

यदि तपाइको आँखा कमजोर छ र पद्ने समयमा तपाई राम्ररी देख्नु हुन्न भने तपाइले यसबाट चाउरीपन नहोस् भन्नका लागि मात्रै भएपन चश्माको प्रयोग गर्नुपर्छ । यस्तै तपाइ कहिँ घाममा बाहिर निस्कदै हुनुहुन्छ भने पनि तपाइले चश्माको प्रयोग गर्नुपर्ने हुन्छ । पछिल्लो पटक गरिएको एक अध्ययनका अनुसार, हाम्रो आँखाले केही वस्तु राम्ररी देख्न नसक्दा हामी उक्त वस्तुलाई हेर्नको निम्ति आँखालाई जोड दिने गर्दछौ । जसकारण हामी हाम्रो निधार खुम्चाउँछौ । लगातार गरिने यस्तो बानीको कारण हाम्रो निधारमा चाउरीपनको रेखी नै बस्न जान्छ । जसकारण पनि ब्यक्तिको छालामा छिट्टै नै चाउरीपन देखा पर्दछ ।

‘अल्फा हाइड्रक्सी एसिड’को पयोग

अल्फा हाइड्रक्सी एसिडलाई पाकृतिक एसिडको रुपमा लिइन्छ । यसले छालामा रहेका मृत कोषहरुलाई छालाको सतहबाट हटाउन मद्दत गर्दछ । जसले विशेषगरि आँखाको वरिपरि देखा पर्ने चाउरीपनको उपचार गर्दछ । तर, यस एसिडको दैनिक प्रयोगको कारण यसले छालामा घामको संवेदनशीललाई बढाउने भएकोले यो प्रयोग गर्ने ब्यक्तिहरुले घाममा हिड्दा हाई एसपिएफ क्रिमको प्रयोग गर्नुपर्दछ ।

दैनिक २ पटक मात्रै मुख धुने

छालालाई धेरै पटक पखाल्दा यसको भएको प्राकृतिक चिल्लोपन पनि पखालिएर जाने हुन्छ । जसकारण छाला सुख्खा र खस्रो हुन पुग्छ । यसैगरि साबुन तथा विभिन्न रसायनयुक्त क्रिमहरुको प्रयोग गरी मुख धुदा पनि यसले छालाको प्राकृतिक चमकलाई मेटाउने गर्दछ यसको निमित्त हामीले कुने पनि रसायनयुक्त साबुन तथा क्रिमको प्रयोग नगरी सफा र सादा पानीले पानीले दिनमा २ पटक मात्रै मुख धुनु पर्दछ ।

भिटामिन ‘सी’को प्रयोग

केही अध्ययनहरुले बताए अनु्सार, भिटामिन सीले छालाको कोलजेनलाई बढाउन मद्दत गर्दछ । यसले छालालाई घाममा पाइने युभिए र युभिबि किरणबाट जोगाई छालामा भएका रातो पोतो, कालो रेखी (डार्क सर्कल) र नमिल्दो छालाको प्रकृतिलाइृ मिलाउन मद्दत गर्छ । जसकारण छालाको चाउरीपन पनि हटेर जान्छ ।

भटमासको प्रयोग

भटमासले पनि छालाको स्थितीलाई सुधार गरी यसलाई निरन्तर सुरक्षा प्रदान गरीराख्न मद्दत गर्दछ । यससम्बन्धि गरिएको एक अध्ययनले पनि यसलाई (भटमास) बाहिरी वातावरणीय प्रभावबाट बचाई त्यसबाट हुन सक्ने क्षतिबाट समेत बचाउँछ । यसले छालाको संरचना र टोन ब्यवस्थापनमा समेत मद्दत गर्दछ ।

एजेन्सीको सहयोगमा 


क्याटेगोरी : अन्य, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ