गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. किशोरराज प्रधानको सल्लाह : यसकारण झिम्किन्छ आवश्यकताभन्दा बढी आँखा डा. किशोरराज प्रधानको सल्लाह : यसकारण झिम्किन्छ आवश्यकताभन्दा बढी आँखा डा. किशोरराज प्रधान रिफ्रयाक्टीभ सर्जन | मातृका आइज सेन्टर, काठमाडौं मंगलबार, २०७६ फागुन २० गते, १०:५६ मा प्रकाशित सामान्यतयाः आँखाको सुख्खापन, धेरै उज्यालो तथा आँखामा आएको कुनै अवरोध हटाउनको निम्ति आँखा झिम्किने गर्छ । आँखाको सतह सफा राख्नको लागि आँशु बगाउनको निम्ति पनि आँखा झिम्किने गर्छ । भर्खरै जन्मेको शिशुको सन्दर्भमा प्रतिमिनेट २ पटक मात्रै उनीहरुको आँखा झिम्किने गर्छ । तर, क्रमिक रुपमा यो प्रक्रिया बढी वयस्कमा प्रतिमिनेट १४ देखि १७ पटकसम्म झिम्किने गर्छ । यसले आँखाको पीडा, अधिकतम् उज्यालो तथा आद्रताको तापक्रम परिवर्तन गर्न तथा कुराकानीको प्रतिक्रिया जनाउनमा मद्धत गर्दछ । अझ भन्ने हो भन्ने महिलाको आँखा पुरुषको तुलनामा बढी झिम्किने गर्छ । ठूलो आँखा तथा इभ्यापोरेशन (आँखामा आँशु वा तरल पदार्थ ठोस वस्तुमा परिवर्तन हुने प्रक्रिया) को महिलाको आँखा धेरै झिम्किने गर्छ । यसबाहेक केही व्यक्तिहरुको आँखा सामान्य रुपमा भन्दा धेरै झिम्किने गर्छ । आखिर किन आवश्यकभन्दा धेरै झिम्किन्छन् त आँखा ? यस्ता छन् यसका कारणहरुः आँखाको सुख्खापन इरिटेशन (आँखा चिलाए र बिझेजस्तो हुने) आँखामा मासु पलाएमा बाहिरी वातावरण इन्फेक्शन तनाव/चिन्ता थकान अनिन्द्रा अधिकतम उज्यालो धुम्रपान, मद्यपान तथा मादक पदार्थको सेवन क्याफिन । रोकथाम तथा बच्ने उपाय व्यक्तिको आँखा आवश्यक भन्दा बढी झिम्किएमा त्यसले व्यक्तिमा दृष्टिमा मधुरता ल्याउँछ । यसका साथै यसै समस्याको कारण व्यक्ति उज्यालोमा धेरै समय बस्न नसक्ने हुन्छ । फलस्वरुपः फेसियल स्पाजम (अनुहारको एक भाग खुम्चिने) को समस्या देखा पर्दछ । तसर्थ यी सबै समस्या देखा नपरोस् भन्नका लागि सर्वप्रथम हामीले आँखा झिम्किने समस्या के कारणबाट हुन्छ भन्ने तथ्यबारे जानकारी हासिल गर्नुपर्छ । र, कुनै पनि रोग तथा समस्याबाट बच्ने भरपर्दाे उपाय भनेको नै त्यसका कारणबाट जोगिनु हो । आँखा हाम्रो शरीरको संवेदनशील अंग हो । यसको तन्तु नरम हुने भएकोले यसलाई बाहिरी वातावरण तथा वस्तुले सजिलै प्रभाव पार्न सक्छ । त्यसैले पनि हामीले यस सम्बन्धि कुनै पनि समस्या देखा नपरोस् भन्नका लागि विविध पक्षमा ध्यान दिनुपर्छ । र, ती निम्न अनुसार रहेका छन्ः क्याफिनको कम प्रयोग अल्कोहल, धुम्रपान तथा अन्य मादक पदार्थको प्रयोग नगर्ने पर्याप्त सुत्ने आँखा सुख्खा हुन नदिन चिकित्सकको सल्लाहमा औषधि सेवन गर्ने स्पाजम देखिएमा हातले विस्तारै आँखाको भाग वरपर मालिस गर्ने घाम, धुलोधुँवा तथा धेरै उज्यालोबाट बच्न चश्माको प्रयोग गर्ने आँखा सम्बन्धि केही समस्या परेमा चिकित्सकको सल्लाह लिने । प्रस्तुतीः सृजना मगर । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के… डा. सन्तोष पोखरेलको सल्लाहः किन हुन्छ निमोनिया, कसरी बच्न सकिन्छ… डा. आशिका साहको सल्लाह : किन फरफराउँछन् शरीरका अंगहरु ? वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमका गर्भवती महिलालाई २२ सुझाव जाडो याममा यसरी जोगाऔं बालबालिका मधुमेह कसरी थाहा पाउने, यसबाट कसरी बच्न सकिन्छ ? धेरै पढिएका १ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा २ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ३ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ७ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक TFN ट्रेण्डिङ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र अंग प्रत्यारोपणको उपचार सहज हुने