२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. किशोरराज प्रधानको सल्लाह : यसकारण झिम्किन्छ आवश्यकताभन्दा बढी आँखा

डा. किशोरराज प्रधानको सल्लाह : यसकारण झिम्किन्छ आवश्यकताभन्दा बढी आँखा


सामान्यतयाः आँखाको सुख्खापन, धेरै उज्यालो तथा आँखामा आएको कुनै अवरोध हटाउनको निम्ति आँखा झिम्किने गर्छ । आँखाको सतह सफा राख्नको लागि आँशु बगाउनको निम्ति पनि आँखा झिम्किने गर्छ । भर्खरै जन्मेको शिशुको सन्दर्भमा प्रतिमिनेट २ पटक मात्रै उनीहरुको आँखा झिम्किने गर्छ ।

तर, क्रमिक रुपमा यो प्रक्रिया बढी वयस्कमा प्रतिमिनेट १४ देखि १७ पटकसम्म झिम्किने गर्छ । यसले आँखाको पीडा, अधिकतम् उज्यालो तथा आद्रताको तापक्रम परिवर्तन गर्न तथा कुराकानीको प्रतिक्रिया जनाउनमा मद्धत गर्दछ ।

अझ भन्ने हो भन्ने महिलाको आँखा पुरुषको तुलनामा बढी झिम्किने गर्छ । ठूलो आँखा तथा इभ्यापोरेशन (आँखामा आँशु वा तरल पदार्थ ठोस वस्तुमा परिवर्तन हुने प्रक्रिया) को महिलाको आँखा धेरै झिम्किने गर्छ । यसबाहेक केही व्यक्तिहरुको आँखा सामान्य रुपमा भन्दा धेरै झिम्किने गर्छ । आखिर किन आवश्यकभन्दा धेरै झिम्किन्छन् त आँखा ? यस्ता छन् यसका कारणहरुः

  • आँखाको सुख्खापन
  • इरिटेशन (आँखा चिलाए र बिझेजस्तो हुने)
  • आँखामा मासु पलाएमा
  • बाहिरी वातावरण
  • इन्फेक्शन
  • तनाव/चिन्ता
  • थकान
  • अनिन्द्रा
  • अधिकतम उज्यालो
  • धुम्रपान, मद्यपान तथा मादक पदार्थको सेवन
  • क्याफिन ।

    रोकथाम तथा बच्ने उपाय

    व्यक्तिको आँखा आवश्यक भन्दा बढी झिम्किएमा त्यसले व्यक्तिमा दृष्टिमा मधुरता ल्याउँछ । यसका साथै यसै समस्याको कारण व्यक्ति उज्यालोमा धेरै समय बस्न नसक्ने हुन्छ । फलस्वरुपः फेसियल स्पाजम (अनुहारको एक भाग खुम्चिने) को समस्या देखा पर्दछ । तसर्थ यी सबै समस्या देखा नपरोस् भन्नका लागि सर्वप्रथम हामीले आँखा झिम्किने समस्या के कारणबाट हुन्छ भन्ने तथ्यबारे जानकारी हासिल गर्नुपर्छ । र, कुनै पनि रोग तथा समस्याबाट बच्ने भरपर्दाे उपाय भनेको नै त्यसका कारणबाट जोगिनु हो ।

    आँखा हाम्रो शरीरको संवेदनशील अंग हो । यसको तन्तु नरम हुने भएकोले यसलाई बाहिरी वातावरण तथा वस्तुले सजिलै प्रभाव पार्न सक्छ । त्यसैले पनि हामीले यस सम्बन्धि कुनै पनि समस्या देखा नपरोस् भन्नका लागि विविध पक्षमा ध्यान दिनुपर्छ । र, ती निम्न अनुसार रहेका छन्ः

  • क्याफिनको कम प्रयोग
  • अल्कोहल, धुम्रपान तथा अन्य मादक पदार्थको प्रयोग नगर्ने
  • पर्याप्त सुत्ने
  • आँखा सुख्खा हुन नदिन चिकित्सकको सल्लाहमा औषधि सेवन गर्ने
  • स्पाजम देखिएमा हातले विस्तारै आँखाको भाग वरपर मालिस गर्ने
  • घाम, धुलोधुँवा तथा धेरै उज्यालोबाट बच्न चश्माको प्रयोग गर्ने
  • आँखा सम्बन्धि केही समस्या परेमा चिकित्सकको सल्लाह लिने ।
    प्रस्तुतीः सृजना मगर ।

क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ