२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यखाना र कोरोनाभाइरस बीचका केही जान्नैपर्ने तथ्य

खाना र कोरोनाभाइरस बीचका केही जान्नैपर्ने तथ्य


संसारभर महामारीका रुपमा फैलिरहेको कोभिड—१९ का कारण लाग्ने एक नयाँ संक्रामक रोग हो । हालसम्म यो रोगविरुद्ध आवश्यकीय उचित जानकारी पर्याप्त गर्न नसकेको हुँदा यसबीच र खानाका विषयमा अधिकांश व्यक्तिमा धेरै नै गलत जानकारीहरु एवं जिज्ञासाहरु रहेको पाइएको छ । जसमध्ये अधिकांशका जिज्ञासा र प्रश्नलाई आज यहाँ हामीले सम्बोधन गर्ने कोशिस गरेका छौं । जुन यसप्रकार रहेको छ ।

प्रतिरक्षा प्रणालीलाई बढावा दिदैं कोभिड—१९ विरुद्ध लड्ने केही खानाहहरु हालसम्म कुनै पनि खाना वा आहारले हाम्रो प्रतिरक्षा प्रणालीलाई बढावा दिदै कोभिड—१९ को संक्रमणलाई रोक्छ भन्ने कुनै पक्का प्रमाण रहेको छैन । तर, आइरन, फोलेट, कपर, जिंक, भिटामिन ए, बी, बी१२, सी र डीजस्ता पोषक तत्वले हाम्रो प्रतिरक्षा प्राणालीमा महत्वपूर्ण भूमिका खेल्दछ । सामान्यतयाः यी तत्वहरु फलफूल र तरकारीमा प्रशस्त मात्रामा पाइने भएकाले यस्ता खानालाई आफ्नो आहारमा समावेश गर्न सल्लाह दिइन्छ ।

स्वस्थ खानाका अतिरिक्त शारीरिक रुपमा सक्रिय रहने, तनाव कम गर्ने पर्याप्त निदाउनेजस्ता गतिविधिले पनि सामान्य प्रतिरक्षा कार्यमा सघाउ पु¥याउन मद्धत गर्दछ । यसबाहेक उचित आहारको अभ्यास, सामाजिक दूरी र संक्रमितको घेराबाट आफूलाई अलग राख्नु नै संक्रमणबाट बच्ने भरपर्दाे माध्यम हो ।

प्रतिरक्षा प्रणाली बलियो बनाउने सप्लिमेन्ट्सहरु

हालसम्म यस विषयमा पनि कुनै ठोस प्रमाण पत्ता लाग्न नसकेकोले व्यक्तिगत आँकलनलाई सत्य मान्नु गलत रहन्छ ।

यद्यपि, हामीले सेवन गर्ने खाना र आहारहरु भिटामिनयुक्त हुन भने जरुरी छ । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नमा मद्दत गर्दछ ।

खानाको माध्यमबाट पनि संक्रमण सर्ने सम्भावना

खानाबाट संक्रमण प्रसारित भएको केसहरु अहिलेसम्म अगाडि आएका छैनन् । तर, यसो भन्दैमा वासी तथा दूषित खानाको प्रयोग गर्ने गल्ती भने गर्नु हुँदैन । स्वच्छ, ताजा एवं स्वस्थ्यवद्र्धक खानाले सदैव खाद्यजन्य रोगहरुको जोखिमलाई घटाउँछ । उचित आहारको तयारी गर्दा व्यक्तिले निम्न पक्षहरुमा विशेष ध्यान दिनुपर्दछ ।

  • खाना खानुअघि कम्तिमा २० सेकेन्डसम्म साबुन पानीले राम्ररी हात धुने ।
  • खोक्दा वा हाछ्युँ गर्दा हत्केलाले नभएर कुनै टिस्यु वा हातका पाखुराले नाक र मुख राम्ररी छोप्ने । र, त्यसपछि अनिवार्य रुपमा हात धुने ।
  • तरकारी वा फलफूल खानुअघि राम्ररी सफा गर्ने ।
  • कुनैपनि सामाग्री प्रयोगपूर्व त्यसको सतह राम्ररी सफा गर्ने ।
  • काँचो खानामा जीवाणुहरु हुन सक्ने भएकोले पकाएको तयारी खाना काँचो खाना तथा काट्ने वोर्डबाट अलग राख्ने ।
  • पर्याप्त तापक्रममा खाना पकाउने र पुनः तताउनका लागि ७२ सेल्सियस डिग्रीमा २ मिनेटसम्म तताउने ।

खानाको प्याकेटबाट संक्रमण हुनसक्ने भय कत्ति

भाइरस प्रसारणको प्रमुख माध्यम व्यक्तिबीचको प्रत्यक्ष सम्पर्क वा संक्रमितले खोक्दा वा हाँछ्यु गर्दा निस्कने ड्रपलेस नै हो । प्याक गरिएका खानाको प्याकेटमा भाइरस १ दिनसम्म जीवित रहन्छ । प्लास्टिक छोइएका हात नाक, मुख र आँखा छुनाले पनि व्यक्तिमा संक्रमणको जोखिम बढ्दछ । यद्यपि प्लास्टिकको माध्यमबाट व्यक्ति संक्रमित भएका केसहरु भने कमैमात्र सुनिएको छ । यसप्रकारको संक्रमणलाई रिपोर्टमा समावेस पनि गरिएको छैन ।

प्रसारणको उच्च जोखिम प्रायजसोः धेरै व्यक्तिको पहुँच रहने सार्वजनिकस्थल जस्तोः सपिङ मल, लिफ्टका स्वीच, एटीएम र पसलजस्ता स्टोरहरुमा रहन्छ । त्यसैले यस्ता प्याकिङ गरिएका खानाको प्याकेट छुदा वा सार्वजनिकस्थलबाट फर्किएपछि उचित सुरक्षाका मापदण्ड अनुशरण गरेपछि ती खानाहरुलाई सफा गर्न आवश्यक पर्दैन । संक्रमणको जोखिमलाई कम गर्न हामीले सामान्य रुपमा सामाग्री किन्दा वा सामान खरिद्को तयारी गर्दा निम्न पक्षहरुमा ध्यान दिनुपर्दछ ।

  • किराना पसलमा जानुअघि र फर्किएपछि तथा प्याक नगरिएका खाना लिदैं गर्दा वा सामाग्री लिएपछि २० सेकेन्डसम्म राम्ररी साबुन पानीले हात धुने ।
  • किनमेल गर्दा सामाजिक दूरी कायम राख्ने (विज्ञका सुझावअनुसार कम्तिमा पनि १–२ मिटरसम्म) ।
  • बिरामी व्यक्ति बाहिर ननिस्कने । त्यस्ता व्यक्तिले सम्भव भएसम्म आवश्यकीय सामाग्री अनलाइनमार्फत वा आफ्ना परिवार तथा साथीभाइ ल्याइदिन भन्ने ।
  • आवश्यक नपर्ने खरिद नगर्ने सामाग्री नछुने ।
  • आफूलाई आवश्यक सामाग्री के–के हुन्? त्यसको लिस्ट बनाएर मात्रै किनमेलका लागि सपिङ मल जाने बानी बसाल्ने र सम्भव रहेसम्म इलेक्ट्रिक वा कार्डको माध्यमबाट भुक्तानी गर्ने ।
  • खोक्दा वा हाँछ्यु गर्दा हत्केलाले नभएर कुनै टिस्यु वा हातका पाखुराले नाक र मुख राम्ररी छोप्ने र त्यसपछि अनिवार्य रुपमा हात धुने ।
  • हात नधोएर आफ्ना हातले नाक, मुख तथा आँखा नछुने ।

पानी माध्यमबाट संक्रमण सर्ने सम्भावना कत्ति ?

हालसम्म कोरोना भाइरस पानीमा पत्ता लागेको छैन । केही समयका लागि भाइरस पानीमा जीवित रहन सक्ने भएतापनि पानी पिउनका लागि भने सुरक्षित नै मानिन्छ ।

यस्तै, सिधै आउने धाराको पानीलाई फिल्टर वा किटनाशकको प्रयोग गरी विभिन्न माध्यमबाट प्रशोधित गर्न सकिन्छ । जसले पानीमा भएको भाइरसलाई निस्क्रिय पार्दछ । बोतलमा उपलब्ध पानी पनि प्रशोधित भएको कारण यसलाई पिउनका लागि उचित मानिन्छ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ