गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ के हो ‘भेरिकोज भेन’ ? यसबाट कसरी बच्ने ? के हो ‘भेरिकोज भेन’ ? यसबाट कसरी बच्ने ? डा. सुनिलराम कोइराला कन्सल्टेन्ट न्युरोलाजिस्ट, प्रमुख न्युरोलोजी विभाग, वीर अस्पताल सोमबार, २०७७ पुस ६ गते, ११:४३ मा प्रकाशित शरीरको बाहिरी छालाबाटै गाढा निलो हरियो रंगको टेडोमेडो आकारमा फुल्लिएको नशा देखिने समस्यालाई चिकित्सा क्षेत्रअन्तर्गत ‘भेरिकोज भेन’ भनिन्छ । यो शरीरको हात, खुट्टा तथा अण्डाशय जुनसुकै भागमा पनि देखिन सक्छ । यद्यपि यो समस्या प्रायजसोः लामो समयसम्म उभिएर काम गर्ने मानिसहरुमा देखिन्छ । शरीरको अन्य भागबाट मुटुतर्फ रक्त प्रवाह गर्ने ट्युबलाई रक्तवाहिनी (भेन) भनिन्छ । कहिलेकाहिँ विभिन्न कारण सो भेन ब्लक भएमा वा भल्भमा खराबी देखिएमा शरीरमा रक्तप्रवाहको प्रकृया उल्टो हुन गई सो रगत पुनः तल नै फर्केर आउँछ । जसबाट खुट्टामा प्रेसर बढ्न गई नशा खुकुलो हुन पुग्छ र, परिणाम स्वरुपः व्यक्तिमा ‘भेन भेरिकोज’ को समस्या देखा पर्दछ । भेरिकोज भेनका लक्षण बस्दा वा रात पर्दै जाँदा खुट्टा भारी हुनु वा हल्का सुन्निनु पिँडौला फर्किनु खुट्टा सुन्निनु खुट्टामा दुखाई महशुस हुनु चिलाउनु कालान्तरमा शरीरमा कालोपन देखिनु । जोखिम समूह लामो समयसम्म उभिने वा बसिरहने समूह उच्च तौल वा मोटोपन भएका व्यक्तिहरु आणुवांशिक गर्भवती महिला उपचार तथा समाधानको उपाय भेरिकोजको समस्या आएको व्यक्तिमा यस्ता समस्या ब्यान्डेज वा स्टकिङको प्रयोग वा केहि औषधिको सेवनबाटै पनि निको पार्न सकिन्छ । तर, समस्या देखिएको लामो समय भएमा वा भेरिकोज भेनले मुख्य रक्तनलीमा असर गरी एडभान्स स्टेज देखिएका व्यक्तिमा भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । यसरी गरिने शल्यक्रियालाई ‘भास्कुलर सर्जरी’ पनि भनिन्छ । यसबाट बच्नका लागि निम्न उपाय अपनाउन सकिन्छ ः लामो समयसम्म उभिएर वा बसेर काम नगर्ने तौल नियन्त्रणमा राख्ने माथि उल्लेखित कुनै पनि समस्या देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिने नियमित व्यायाम गर्ने गर्भवती महिलाले गर्भधारणको चौथो वा पाचौं महिनाबाट चिकित्सकको सल्लाहमा कम्प्रेशन गार्मेन्ट(खुट्टादेखि जाङसम्म पुग्ने एक किसिमको मोजा)को प्रयोग गर्ने । प्रस्तुतिः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड