गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ के हो ‘भेरिकोज भेन’ ? यसबाट कसरी बच्ने ? के हो ‘भेरिकोज भेन’ ? यसबाट कसरी बच्ने ? डा. सुनिलराम कोइराला कन्सल्टेन्ट न्युरोलाजिस्ट, प्रमुख न्युरोलोजी विभाग, वीर अस्पताल सोमबार, २०७७ पुस ६ गते, ११:४३ मा प्रकाशित शरीरको बाहिरी छालाबाटै गाढा निलो हरियो रंगको टेडोमेडो आकारमा फुल्लिएको नशा देखिने समस्यालाई चिकित्सा क्षेत्रअन्तर्गत ‘भेरिकोज भेन’ भनिन्छ । यो शरीरको हात, खुट्टा तथा अण्डाशय जुनसुकै भागमा पनि देखिन सक्छ । यद्यपि यो समस्या प्रायजसोः लामो समयसम्म उभिएर काम गर्ने मानिसहरुमा देखिन्छ । शरीरको अन्य भागबाट मुटुतर्फ रक्त प्रवाह गर्ने ट्युबलाई रक्तवाहिनी (भेन) भनिन्छ । कहिलेकाहिँ विभिन्न कारण सो भेन ब्लक भएमा वा भल्भमा खराबी देखिएमा शरीरमा रक्तप्रवाहको प्रकृया उल्टो हुन गई सो रगत पुनः तल नै फर्केर आउँछ । जसबाट खुट्टामा प्रेसर बढ्न गई नशा खुकुलो हुन पुग्छ र, परिणाम स्वरुपः व्यक्तिमा ‘भेन भेरिकोज’ को समस्या देखा पर्दछ । भेरिकोज भेनका लक्षण बस्दा वा रात पर्दै जाँदा खुट्टा भारी हुनु वा हल्का सुन्निनु पिँडौला फर्किनु खुट्टा सुन्निनु खुट्टामा दुखाई महशुस हुनु चिलाउनु कालान्तरमा शरीरमा कालोपन देखिनु । जोखिम समूह लामो समयसम्म उभिने वा बसिरहने समूह उच्च तौल वा मोटोपन भएका व्यक्तिहरु आणुवांशिक गर्भवती महिला उपचार तथा समाधानको उपाय भेरिकोजको समस्या आएको व्यक्तिमा यस्ता समस्या ब्यान्डेज वा स्टकिङको प्रयोग वा केहि औषधिको सेवनबाटै पनि निको पार्न सकिन्छ । तर, समस्या देखिएको लामो समय भएमा वा भेरिकोज भेनले मुख्य रक्तनलीमा असर गरी एडभान्स स्टेज देखिएका व्यक्तिमा भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । यसरी गरिने शल्यक्रियालाई ‘भास्कुलर सर्जरी’ पनि भनिन्छ । यसबाट बच्नका लागि निम्न उपाय अपनाउन सकिन्छ ः लामो समयसम्म उभिएर वा बसेर काम नगर्ने तौल नियन्त्रणमा राख्ने माथि उल्लेखित कुनै पनि समस्या देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिने नियमित व्यायाम गर्ने गर्भवती महिलाले गर्भधारणको चौथो वा पाचौं महिनाबाट चिकित्सकको सल्लाहमा कम्प्रेशन गार्मेन्ट(खुट्टादेखि जाङसम्म पुग्ने एक किसिमको मोजा)को प्रयोग गर्ने । प्रस्तुतिः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ६ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो'