गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ के हो ‘भेरिकोज भेन’ ? यसबाट कसरी बच्ने ? के हो ‘भेरिकोज भेन’ ? यसबाट कसरी बच्ने ? डा. सुनिलराम कोइराला कन्सल्टेन्ट न्युरोलाजिस्ट, प्रमुख न्युरोलोजी विभाग, वीर अस्पताल सोमबार, २०७७ पुस ६ गते, ११:४३ मा प्रकाशित शरीरको बाहिरी छालाबाटै गाढा निलो हरियो रंगको टेडोमेडो आकारमा फुल्लिएको नशा देखिने समस्यालाई चिकित्सा क्षेत्रअन्तर्गत ‘भेरिकोज भेन’ भनिन्छ । यो शरीरको हात, खुट्टा तथा अण्डाशय जुनसुकै भागमा पनि देखिन सक्छ । यद्यपि यो समस्या प्रायजसोः लामो समयसम्म उभिएर काम गर्ने मानिसहरुमा देखिन्छ । शरीरको अन्य भागबाट मुटुतर्फ रक्त प्रवाह गर्ने ट्युबलाई रक्तवाहिनी (भेन) भनिन्छ । कहिलेकाहिँ विभिन्न कारण सो भेन ब्लक भएमा वा भल्भमा खराबी देखिएमा शरीरमा रक्तप्रवाहको प्रकृया उल्टो हुन गई सो रगत पुनः तल नै फर्केर आउँछ । जसबाट खुट्टामा प्रेसर बढ्न गई नशा खुकुलो हुन पुग्छ र, परिणाम स्वरुपः व्यक्तिमा ‘भेन भेरिकोज’ को समस्या देखा पर्दछ । भेरिकोज भेनका लक्षण बस्दा वा रात पर्दै जाँदा खुट्टा भारी हुनु वा हल्का सुन्निनु पिँडौला फर्किनु खुट्टा सुन्निनु खुट्टामा दुखाई महशुस हुनु चिलाउनु कालान्तरमा शरीरमा कालोपन देखिनु । जोखिम समूह लामो समयसम्म उभिने वा बसिरहने समूह उच्च तौल वा मोटोपन भएका व्यक्तिहरु आणुवांशिक गर्भवती महिला उपचार तथा समाधानको उपाय भेरिकोजको समस्या आएको व्यक्तिमा यस्ता समस्या ब्यान्डेज वा स्टकिङको प्रयोग वा केहि औषधिको सेवनबाटै पनि निको पार्न सकिन्छ । तर, समस्या देखिएको लामो समय भएमा वा भेरिकोज भेनले मुख्य रक्तनलीमा असर गरी एडभान्स स्टेज देखिएका व्यक्तिमा भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । यसरी गरिने शल्यक्रियालाई ‘भास्कुलर सर्जरी’ पनि भनिन्छ । यसबाट बच्नका लागि निम्न उपाय अपनाउन सकिन्छ ः लामो समयसम्म उभिएर वा बसेर काम नगर्ने तौल नियन्त्रणमा राख्ने माथि उल्लेखित कुनै पनि समस्या देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिने नियमित व्यायाम गर्ने गर्भवती महिलाले गर्भधारणको चौथो वा पाचौं महिनाबाट चिकित्सकको सल्लाहमा कम्प्रेशन गार्मेन्ट(खुट्टादेखि जाङसम्म पुग्ने एक किसिमको मोजा)को प्रयोग गर्ने । प्रस्तुतिः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाडोमा सलगम खानुका अचम्मका फाइदाहरू छाती पोल्ने समस्या समाधान गर्ने उपाय जाडोमा बदाम खानुका यस्ता छन् फाइदाहरु जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक चिन्ता र डिप्रेसन बिचको भिन्नता कसरी थाहा पाउने ? शरीरमा यी ४ भिटामिनको कमीका कारण आउन सक्छ छालामा समस्या धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ७ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ट्रेण्डिङ गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर काठमाडौंका औषधी पसल व्यवस्थित गर्दै महानगर गृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा स्वास्थ्य बिमा बाेर्डकाे निमित्त कार्यकारी निर्देशकमा डा. मदन नियुक्त सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड अपडेटः उदयपुरमा एकै दिन ११ जनामा कोभिड-१९ पोजेटिभ, संक्रमितको संख्या ४२ पुग्यो गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर काठमाडौंका औषधी पसल व्यवस्थित गर्दै महानगर गृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा स्वास्थ्य बिमा बाेर्डकाे निमित्त कार्यकारी निर्देशकमा डा. मदन नियुक्त सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड अपडेटः उदयपुरमा एकै दिन ११ जनामा कोभिड-१९ पोजेटिभ, संक्रमितको संख्या ४२ पुग्यो