२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकसलाई हुन्छ डेंगुको बढी सम्भावना ?

कसलाई हुन्छ डेंगुको बढी सम्भावना ?


पछिल्लो क्रममा डेंगुको कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । इतिहासमा नै भयावहको रुपमा फैलिएको डेंगुबाट संक्रमित व्यक्तिहरुको संख्यामा पनि वृद्धि भएको छ । सरकारको अनेकौं प्रयासहरुको बाबजुद पनि डेंगु हालसम्म नियन्त्रणमा आउन सकेको छैन । डेंगुको कारण र यसबाट कसरी बच्न सकिन्छ?

कारण

‘एडिज एजेप्टी’ प्रजातिका लामखुट्टेको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय महामारी रुपमा फैलिएको छ । यी लामखुट्टेहरु विशेष गरेर दिनमा मात्रै सक्रिय हुने गर्दछ ।

लामखुट्टेले टोकाइको माध्यमबाट हाम्रो शरीरको रगतमा भएको प्लेटलेट्सको नाश गर्ने गर्दछ । हाम्रो शरीरको निम्ति १ लाख ५० हजारदेखि ४ लाखसम्मको प्लेटलेट्स आवश्यक पर्दछ । अर्थात्, रगतमायतिको मात्रामा प्लेटलेट्स भएको खण्डमा व्यक्तिलाई स्वस्थ्य मानिन्छ । तर, लामखुट्टेको टोकाइबाट उक्त प्लेटलेट्सको नाश भई १ लाखमा झर्दा यसले मानव शरीरमा विभिन्न समस्याहरु निम्त्याई ब्यक्तिलाई थकानको महसुस हुन थाल्छ । र, फस्वरुप विभिन्न किसिमका समस्याहरु देखा पर्न थाल्दछ ।

लक्षण

डेंगुको महामारी फैलियो भन्दैमाप्रत्येक ज्वरो डेंगुको भाइरल ज्वरो नहुनपनि सक्छ । तसर्थ, हामीले डेंगु हो वा होइन भनेर निम्न लक्षणहरुद्वारा यस रोगको पहिचान गर्न सकिन्छः

  • एक्कासी ज्वरो आउनु
  • टाउको दुख्नु
  • ढाडको पछाडि भाग र आँखामा पीडा हुनु
  • वाकवाकी लाग्नु
  • उल्टी हुनु
  • थकानको महसुस हुनु
  • ज्वरोको सुरुवातीको दिनमा शरीरमा खटिरा तथा बिमिरा देखा पर्नु

कुन समूह बढी प्रभावित हुन्छ डेंगु ?

लामखुट्टेको टोकाइबाट यो रोग सबैमा देख्ने भएतापनिविशेष गरेर यसले कमजोरी तथा रोगी व्यक्तिहरुमा यसको सम्भावना उच्च रहेको देखिन्छ । जस्तोः

  •  १ वर्षमुनीका शिशु तथा कम उमेर समूहका बालवालिका
  • मधुमेह र रक्तचापका बिरामीहरु
  •  गर्भवतीतथा सुत्केरी महिला
  •  र, वृद्ध उमेर समूहका व्यक्तिहरु

रोकथाम तथा बच्ने उपाय

डेंगु रोगको प्रमुख कारण नै लामखुट्टेको टोकाइ हो । तसर्थ, हामीले त्यस्ता लामखुट्टेको टोकाइबाट बच्नु पर्दछ । कतिपय व्यक्तिहरुले डेंगुको परिणामलाई नजरअन्दाज गर्ने हुँदा यसबाट कयौंको मृत्यु समेत हुन पुगेको छ ।

डेंगुको टोकाइबाट मृत्यु नभएता पनि यसले व्यक्तिको शरीरमा नकरात्मक असर पार्ने भएकोले हामी यसबाट जोगिन अत्यन्त आवश्यक हुन्छ । डेंगुबाट बच्न निम्न उपाय अपनाउनुपर्छ ।

  •  यस रोगबाट बच्ने उपाय भनेकै सर्वप्रथम हामी लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका निमित्त हामीले आफू बस्ने ठाउँ तथा घर वरपरका पानी जम्ने खाल्डाहरु पुर्नुपर्छ । यसका साथै फोहोर पानी जम्मा पारी राखी रहनु हुँदैन । त्यसबाट लामखुट्टे बढी आउने सम्भावना रहन्छ ।
  • ‘एडिज एजेप्टी’ लामखुट्टेहरु दिनमा सक्रिय रहने हुँदा हामी विशेष गरेर राती टोक्ने लामखुट्टेबाट भन्दा पनि बढी दिउँसो टोक्ने लामखुट्टेबाट जोगिनु पर्दछ ।
  • घरमाहामीले प्रयोगगर्ने पानीका भाडाहरु सदैव छोपेर राख्नु पर्दछ ।
  • शरीर ढाक्ने कपडाको प्रयोग गर्ने ।
  • राती सुत्दाझुलको प्रयोग अनिवार्य रुपमा गर्ने ।
  • सरसफाइमा विशेष ध्यान दिने ।
  • झोलिलो खानाहरु प्रशस्त मात्रामा खाने ।
  •  बत्ती वरपर बढी लामखुट्टे आउने सम्भावना हुँदा त्यस्तो ठाउँमा सकभर नबस्ने ।
  • डेंगुको आशंका लागेमा तुरुन्त डाक्टरको परामर्श लिने ।

क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ