२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकहिलेकाहीँ एक्कासी करेन्ट लागेको जस्तो महशुस हुन्छ, किन ?

कहिलेकाहीँ एक्कासी करेन्ट लागेको जस्तो महशुस हुन्छ, किन ?


तपाईलाई कहिलेकाहीँ विद्युत् अप्रसारित वस्तुबाट पनि करेन्ट लागेको महशुस भएको छ ? नआत्तिनुस् यो शरीरको एक सामान्य प्रकृयामध्येकै एक हो । हो, करेन्ट विद्युतीय यन्त्रमा मात्रै नभई जतासुकै उपलब्ध हुन्छ । यसैगरी यो हाम्रो शरीरमा पनि रहेको हुन्छ । यसले व्यक्तिलाई चल्न, सोच्न तथा महसुस गराउनका लागि सम्पुर्ण शरीर तथा मस्तिष्कलाई संकेत पठाउने कार्य गर्दछ ।

उसो भए शरीरका कोषिका(सेल)ले विद्युतीय करेन्टलाई कसरी नियन्त्रण गर्छ त?

हाम्रो शरीरमा पाइने सोडियम, पोटाशियम, क्याल्सियम, तथा म्याग्नेशियमजस्ता तत्वमा एक विशिष्ट करेन्टको चार्ज रहेको हुन्छ । ‘आयन’ भनिने यी तत्व लगभग शरीरमा रहेका सम्पूर्ण कोषिकाहरुले करेन्ट प्रसारणको लागि उपयोग गर्न सक्छन् ।

कोषिका अन्र्तनिहित तत्वलाई यसको झिल्लीले बाहिरी वातावरणबाट सुरक्षित राखेको हुन्छ । लिपिडद्वारा निर्मित ती झिल्लीहरुले अवरोध खडा गर्ने भएकाले केहि पदार्थहरु मात्रै कोषिकाको आन्तरिक भागमा पुग्न सक्छन् । कोष झिल्लीको कार्य अणुहरुमा अवरोध सिर्जना गर्ने मात्रै नभई यसले कोषमा करेन्ट प्रसारणमा समेत भुमिका निर्वाह गरेको हुन्छ ।

र, बाँकी रहेका अन्य कोषहरु भने भित्र नै नेगेटिभ चार्ज भएर बसिरहेका हुन्छन्, जबकी बाह्य वातावरण भने पोजिटिभ चार्ज भएका हुन्छन् । यसरी केहि कोषभित्र र बाहिर रहेका पोजेटिभ तथा नेगेटिभ आयनको असन्तुलनको कारण हुने गर्छ । झिल्लीभित्र बाहिर नै आयन प्रसारित भएको खण्डमा कोषिकाले यस्तो ऊर्जा प्राप्त गर्छ । जसबाट करेन्ट उत्पन्न हुन्छ ।

कोषिकाले झिल्लीमा प्रसारित उक्त चार्ज उपकरणलाई कोषको सतहमा रहने र केहि विशिष्ट आइअन्स प्रवाहका लागि बन्ने प्रोटिनको मद्दतले नियन्त्रण गर्छ । जुन प्रोटिनलाई ‘आयन च्यानल’ पनि भनिन्छ । जब उक्त सेल उत्तेजित हुन्छ तब यसले पोजेटिभ आइअन्स च्यानलको माध्यमबाट चार्जलाई प्रवशको अनुमति दिन्छ । यसपश्चात् सेलको भित्र फेरि सकरात्मक चार्ज अधिक मात्रामा हुन्छ जसले विद्युतीय करेन्टलाई ‘एक्शन पोटेन्सियल’ भनिने पल्समा परिणतको लागि संकेत दिन्छ ।

शरीरमा यसको महत्व

हाम्रो शरीरले उचित गति, विचार तथा व्यवहारको लागि ‘एक्शन पोटेन्सियल’ को प्रयोग गर्दछ । यस्तै, शरीरमा प्रसारित हुने विद्युत् प्रवाहमा अवरोध देखिएको खण्डमा यसले व्यक्तिलाई बिरामी समेत पार्न सक्छ ।

जस्तोः उदाहरणको लागि भन्नुपर्दा, मुटु धड्कनको लागि कोषिकाले विद्युतीय करेन्टहरु प्रसारण गर्नुपर्छ । जसकारण उचित समयमै मुटुका मांसपेशी खुम्चिने हुन्छ ।

चिकित्सकहरुले यी विद्युतीय पल्स(धड्कन)लाई ‘इलेक्ट्रोकार्डियोग्राम’ या ‘इसीजी’ मेसिनको सहायताले जाँच गर्छन् । यस्तै, अनियमित विद्युतीय करेन्ट प्रवाहले मुटुको मांसपेशीलाई सहि ढंगबाट खुम्चिनमा रोकावट समेत ल्याउँछ ।

परिणामः स्वरुप व्यक्तिमा हृदयघात हुने जोखिम रहन्छ । जसबाट पनि हाम्रो शरीरभित्र प्रसारण हुने करेन्ट हाम्रो निम्ति आवश्यक छ भन्ने तथ्य बुझ्न सकिन्छ ।

एजेन्सी 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)