गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ पटका पड्काउनु स्वास्थ्यका लागि हानिकारक पटका पड्काउनु स्वास्थ्यका लागि हानिकारक हेल्थ आवाज आईतबार, २०७६ कात्तिक १० गते, ११:२३ मा प्रकाशित डा. अरुण कुँवर बाल मनोरोग विशेषज्ञ, कान्ति बाल अस्पताल तिहारसँग जोडिएर आउने एउटा पक्ष पटका हो । तिहार लाग्नुभन्दा अघिदेखि नै पटका पड्काएको सुनिन्छ । पटका पड्काउन कानुनले त रोक लगाएको छ नै स्वास्थ्यका दृष्टिकोणले पनि यसले कुनै फाइदा गर्दैन । अस्वस्थ मानिस मात्र होइन स्वस्थ मानिसका लागि पनि पटका हानिकारक छ । पटकाले छालाको माथिल्लो र कहिलेकाहीं भित्री भाग पोल्नुका साथै अंगभंग समेत हुन सक्छ । तीब्र आवाजमा अचानक आउने पटकाको आवाजले तर्सेर बालवालिकाको सातो जान सक्छ । पछि गएर यसले गर्दा नै उनीहरुमा मनोरोग देखिन सक्छ । पटकाले आँखामा लाग्दा आँखामा रगत जम्ने, आँखाको लेन्सले स्थान छोड्ने, रेटिनामा रगत आउने जस्ता समस्या आउन सक्छ । यसले गर्दा आँखाको दृष्टि नै गुम्छ । पटकाबाट निस्किने सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइडजस्ता रसायनले दम र मुटु रोगको समस्या बढ्छ । पटकाबाट अचानक निस्किने तीव्र आवाजले मुटु र रक्तचापका बिरामीमा अचानक मुटुको समस्या बल्झिन सक्छ । पटकाको तीव्र आवाजले कान दुख्ने, रिंगटा लाग्ने, कानबाट रगत आउने जस्ता समस्या देखिनुका साथै श्रवणशक्ति नै गुम्न सक्छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फरक क्षमता भएका बालवालिका र मुख स्वास्थ्य गर्मीमा बालबालिकालाई देखिने समस्या र समाधान किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट… किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन्… धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ३ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ४ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ५ शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते Kalpana Craft ट्रेण्डिङ नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको छु– राष्ट्रपति पौडेल सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै स्मरण शक्ति बढाउने १० उपाय प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर फरक क्षमता भएका बालवालिका र मुख स्वास्थ्य बाँझोपन र वशांणुगत गुणको सम्बन्धः कस्ता व्यक्तिले गराउने डिएनए परीक्षण ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको छु– राष्ट्रपति पौडेल सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै स्मरण शक्ति बढाउने १० उपाय प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर फरक क्षमता भएका बालवालिका र मुख स्वास्थ्य बाँझोपन र वशांणुगत गुणको सम्बन्धः कस्ता व्यक्तिले गराउने डिएनए परीक्षण ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र