२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. पुष्पमणि खरालको सल्लाहः किन गन्हाउँछ श्वास, कसरी बच्ने यसबाट

डा. पुष्पमणि खरालको सल्लाहः किन गन्हाउँछ श्वास, कसरी बच्ने यसबाट


मान्छेको व्यक्तित्वको उसको बाहिरी लवाई खवाईले मात्र नभई उसको स्वस्थ्य जीवनशैलीबाट पनि झल्किने गर्छ । हामीमध्ये धेरैले याद गरेका हुनुपर्छ, कुनै व्यक्ति हेर्दा जति स्मार्ट देखिन्छ, यदि उसको स्वास्थ्य स्थिति स्वस्थ्य नभएको खण्डमा उसको व्यक्तित्व असहज र असामान्य नै देखिन्छ ।

अझ कुनै पनि व्यक्ति नजिक आउँदा यदि उसको श्वास गन्हाएको छ भने हामी त्यो व्यक्तिको सकेसम्म हाम्रो नजिक नपरोस भन्ने चाहन्छौं । त्यस्ता ब्यक्तिहरुबाट सकेसम्म टाढा नै बस्न रुचाउँछाैं । व्यक्तिको व्यक्तिगत जीवनमा नै आँच ल्याउने श्वास गन्हाउने समस्याका कारण के हो ? यसका निर्मूलनका उपायहरु के हुन सक्छन् ?

श्वास गन्हाउनुका कारणहरु

  • दाँत किराले खाएमा
  • गिजाको इन्फेक्शन
  • मुखमा घाउ आएमा
  • मुखमा रहेका विभिन्न भागहरु इन्फेक्शन भएमा
  • टन्सिलका कारण
  • पिनासका कारण
  • ग्यास्ट्रिकका कारण
  • धुम्रपान तथा अन्य लागू औषधहरुको प्रयोग ।

उपचार

सबै व्यक्तिको श्वास गन्हाउनुको पछाडि एकै किसिमको ठोस कारण हुन सक्दैन् । अर्थात, व्यक्तिको श्वास गन्हाउनुमा व्यक्ति पिच्छे यसका धेरै कारणहरु हुन सक्दछन् ।

तसर्थ के कारणले गर्दा श्वास गन्हाएको हो भनी पत्ता लगाई उक्त समस्याको उपचार गरेको खण्डमा नै यो समस्याको निर्मूलन गर्न सकिन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ