२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमुटु रोग विशेषज्ञ डा. सुरक्षा जोशीको सल्लाह: एरिदमिया के हो ? कसरी बच्न सकिन्छ ?

मुटु रोग विशेषज्ञ डा. सुरक्षा जोशीको सल्लाह: एरिदमिया के हो ? कसरी बच्न सकिन्छ ?


एरिदमिया मुटुको चालमा गडबडी, कमी हुनु वा रिदम नहुनु हो । एरिदमिया दुई प्रकारका हुन्छन् । एउटा मुटुको चाल बढी भएर हुने ‘एरिदमिया’ जस्तै ट्याकी एरिदमिया हो । ट्याकी अवस्थामा मुटुको चाल १०० भन्दा माथि हुन्छ ।

अर्को ब्राडी एरिदमिया जुन मुटुको चाल कम भएर हुन्छ । धेरै कारणहरुले मुटुको चाल कम भएको हुन सक्छ । जस्तैः थाइराइड वा कुनै सामान्य औषधि खाँदा पनि हुन्छ । जंगली मह खाँदा पनि मानिसमा मुटुको चालमा कमी भएर वेहोस हुन सक्छ । ब्राडी एरिदमियाको अवस्थामा मुटुको चाल ६० भन्दा तल हुन्छ ।

एरिदमिया हुनुको कारणहरु

ट्याकी एरिदमियाको कारणहरु
जन्मजात हुने मुटुको रोग
हृदयघात
मार्कटाइटिस्
वंशाणुगत
बढ्दो उमेर

ब्राडी एरिदमियाको कारणहरु
-जंगली महको सेवन
-भाइरल इन्फेक्सन
-जन्मजात
-मुटु रोगको कारण

एरिदमियाको लक्षणहरु

ट्याकी एरिदमियाको लक्षणहरु
मुटुको धडकन सामान्यभन्दा बढी हुने
केही समयको लागि बढी हुने फेरि पहिलाकै अवस्थामा आउने

ब्राडी एरिदमियाको लक्षणहरु
-मुटुको चाल सामान्यभन्दा कम हुने
-रिङगटा लाग्ने
-बेहोस हुने
-कमजोरी महसुस हुने
-थाकेको महसुस हुने

कस्ता व्यक्तिलाई एरिदमियाको जोखिम हुन्छ ?

कुनै बच्चाहरुलाई एरिदमिया जन्मदेखि नै हुन्छ । उनीहरुमा वंशाणुगत आएको हुन्छ । उनीहरुलाई समयमै उपचार भएन भने पछि खतरा बन्न सक्छ । कतिपय व्यक्तिहरुलाई उमेर बढ्दै जाँदा एरिदमियाको समस्या देखिन्छ । जस्तैः वृद्धा अवस्थामा उमेर बढ्दै जाँदा उनीहरुको मुटुले राम्रोसँग काम नगर्ने, मुटु कमजोर हुने र मुटुको भल्वहरु खुम्चिदैं जान्छ, जसले गर्दा एरिदमियाको जोखिम बढी हुन्छ ।

एरिदमियाको रोकथामका उपायहरु

एरिदमियाको रोकथाम यही हो भन्ने छैन । तर, केही कुराहरुमा हामीले ध्यान दियौं भने हामी एरिदमियाको शिकार कम मात्रामा हुन सक्छौं ।

  • समयमै औषधि उपचार
  • चिया, कफी नखाने
  • धुम्रपान नगर्ने
  • अल्कोहल सेवन नगर्ने
  • सन्तुलित भोजनको सेवन

प्रस्तुतिः श्रृजना थापा


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ