२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकुन उमेरको व्यक्तिले कत्ति मासु खान सकिन्छ ?

कुन उमेरको व्यक्तिले कत्ति मासु खान सकिन्छ ?


हाम्रो शरीरको स्वास्थ्य अवस्था कस्तो, उचाइ कत्तिको छ, तौल कत्ति छ जस्ता सबै कुराहरु हेरेर त्यहीअनुसारको खानपान गर्नुपर्छ । दशैंमा माछामासुको परिकार धेरै खाइन्छ । नेपालीहरुले चाडपर्वमा माछा, मासुको परिकारसँगै मादक पदार्थ पनि लिने गर्छन् ।

धेरै घरपरिवारको यो चाडपर्व मनाउने तरिका पनि हो । यसले सामान्य खाएकोभन्दा पनि धेरै खाइन्छ । जसले अवश्य नै शरीरलाई असर गर्छ ।

मासुमा फाइबर पाइदैन् । फाइबर नभएको खानेकुराले स्वास्थ्य समस्याहरु देखिन सक्छ । कब्जियत हुन सक्छ । मासु मात्र धेरै खाँदा समस्या हुने त्यसमा पनि अल्कोहल मिसाएर खाँदा अरु पनि स्वास्थ्य समस्याहरु थपिन सक्छन् ।

दशैंमा हामी कुनै काममा सक्रिय हुँदैनौं । धेरै मान्छेहरु जम्मा भएर यसलाई एउटा छुट्टीको रुपमा पनि रमाइलो गरिरहेका हुन्छन् । आरामपूर्ण जीवन पनि बिताइरहेका हुन्छन् । शरीरलाई उर्जा दिने खानेकुराहरु खाइरहेका हुन्छन् । तर, शरीर निस्क्रिय छ । कुनै काम गरिरहेको छैन भने त्यही समयमा नै यसले पेट गडबड हुने, कब्जियत हुनेजस्ता समस्या देखिन थाल्छन् । त्यस कारण केही दिनको लागि भएपनि खानाहरु मिलाएर खानु र धेरै न खानु नै स्वास्थ्यको लागि राम्रो हुन्छ ।

बालबालिकाको लागि

बालबालिकाले ब्वाइलर मासु धेरै मन पराउने, फल मासु धेरै मन पराउने हुन्छन् । यस्ता मासुहरु उनीहरुको पाचनको लागि पनि राम्रो हुने हुँदा यस्ता मासुहरु दिन सकिन्छ । बालबालिकालाई खसीको मासु दिँदा सिमित मात्रामा दिनु राम्रो हुन्छ ।

युवाहरुको लागि

दशैंको समयमा युवाहरु एकदमै धेरै खाने, रमाइलोको लागि तास खेल्ने र अल्कोहल पनि धेरै मात्रामा लिने गर्छन् । निस्क्रिय जीवन, धेरै खाने त्यसमा पनि अल्कोहलसँगै खानाले स्वास्थ्यलाई धेरै असर गर्न सक्छ । पहिलादेखि नै पायल्स छ, कब्जियत छ भने यस्ता खानेकुराहरु एकदमै कम गर्नुपर्छ । कुखुराको मासु खान सक्नुहुन्छ । तर, खसीको मासु एकदमै कम गर्नुपर्छ ।

वृद्धवृद्धाको लागि

धेरैजसो वृद्धवृद्धालाई सुगर र प्रेसर भएको हुन्छ । उनीहरुले आफ्नो रोगलाई नियन्त्रण पनि राख्नुपर्ने हुन्छ । उमेर भइसकेको वृद्धवृद्धाले मासु निकै रुचाउनुहुन्छ । यसले उहाँहरुलाई असर गर्न सक्छ ।

यो अवस्थामा युवावस्थाको पाचन प्रणाली धेरै कमजोर भएको हुन्छ । त्यस कारण पनि वृद्धवृद्धाहरुले पचाउन सक्ने खानाहरु खाँदा राम्रो हुन्छ । खाँदै नखाने भन्ने हुँदैन तर यसलाई मिलाएर खानुपर्छ । उहाँहरुले खाना सँगसँगै योगाभ्यासहरु गर्दा राम्रो हुन्छ । पानीको मात्रा बढाउने गर्नुपर्छ ।

मासु धेरै दिन राखेर खाँदा कसरी खाने ?

खानेकुरा यत्तिकै नराम्रो कहिले पनि हुँदैन् । तर, त्यसलाई ब्यालेन्स मिलाएर खानुपर्छ । फाइबर नभएको कुरा खाइरहनु भएको छ भने त्यसमा फाइबर भएको खानेकुरा मिसाएर खानुपर्छ ।

तरकारीमा साग, सब्जी खाने र फलफूल खाने गर्नुभयो भने त्यसले शरीरमा फाइबरको मात्रा पनि पूर्ति हुन्छ । यसले कब्जियतको समस्या पनि कम गर्छ । पानी पनि पर्याप्त मात्रामा पिउनुपर्छ ।

फाइबर नभएको खानेकुरामा फाइबर भएको खानेकुरा मिसाएर खानुपर्छ ।

एक पटक पाकिसकेको मासु जति खाने हो त्यति मात्र राम्रो सँग तताएर खाने ।

एकपटक पाकिसकेको बाँकी भएको मासुलाई बारम्बार नतताउने ।

मासु धेरै राखेर बिग्रिएको छ भने त्यस्तो मासु खानु हुँदैन ।

कुनै पनि रोग लागेर मासु खान नहुने सल्लाह दिएको छ भने त्यस्ता व्यक्तिहरुले रातो मासु नखानुहोस् । खाएपनि फल मासु र चिकेन मासु थोरैथोरै खानुहोस् ।

प्रेसर र सुगरको बिरामीले रातो मासु कम खानुहोस् । यस्ता बिरामीले मासु खाँदा फाइबरयुक्त सागसब्जीसँग मिलाएर खानुहोस् ।
शारीरिक गतिविधीमा सक्रिय हुनुहोस् ।

पानी धेरै पिउनुहोस् ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ