गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. सुर्य पराजुलीको सल्लाहः स्तन क्यान्सर कसरी पत्ता लगाउने ? जोखिमबाट कसरी बच्ने ? डा. सुर्य पराजुलीको सल्लाहः स्तन क्यान्सर कसरी पत्ता लगाउने ? जोखिमबाट कसरी बच्ने ? डा. सूर्य पराजुली असिसटेन्ट प्रोफेसर, कम्युनिटी मेडिसिन, विराट मेडिकल कलेज शिक्षण अस्पताल शुक्रबार, २०८१ फागुन २ गते, १०:२३ मा प्रकाशित स्तनमा रहेका कोषहरुबाट विकसित हुने यो क्यान्सर पुरुष, महिला दुवैमा हुन सक्छ । शरीरका अरु भागमा पनि फैलन सक्छ । यो क्यान्सर जुनसुकै भूगोल र जातजातिका महिलाहरुमा हुन सक्छ, महिलाको जीवनकालमा प्रत्येक ८ मा १ जनामा पाइएको छ । यो क्यान्सर प्रत्येक २ मिनेटमा १ जनामा पत्ता लाग्ने गरेको छ । यो क्यान्सर महिलामा बढी देखिने भएपनि पुरुषमा पनि हुनसक्छ । ४० वर्षभन्दा बढी उमेरका महिलामा म्यामोग्राफी भन्ने जाँच गर्ने हो भने यो क्यान्सरका कारण मृत्यु हुने जोखिमलाई ४० प्रतिशत घटाउन सक्छौं । यो क्यान्सरलाई समयमै पत्ता लगाउन सक्यौ भने यसबाट हुने मृत्युको जोखिमलाई ४० प्रतिशत घटाउन सक्छौं । यो क्यान्सर हुने ७५ प्रतिशतमा न त कुनै बंशानुगत गुण हुन्छ न त अन्य जोखिम नै हुन्छ । यो क्यान्सर छिटो पत्ता लगाउन सक्यो भने बाच्ने सम्भावना ९८ प्रतिशत सम्म हुन्छ तर ढिलो भएमा २७ प्रतिशततिर झरेर जान्छ । नेपालमा स्तन क्यान्सर ७० प्रतिशत स्तन क्यान्सर ढिलो गरी मात्र पहिचान हुन्छ । ६० प्रतिशत महिलाहरु डिप्रेसनको शिकार भएको पाइन्छ । करिब ६७ प्रतिशत उपचारमा स्तन र काखीमा रहेका लसीका ग्रन्थीलाई निकालेर फालिन्छ । प्यालिएटीभ हेरचाह गर्ने संस्था र प्रबिधि कम छ । ४०—४९ वर्षको उमेर समुहमा यो बढी देखिएको छ । फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि स्तन क्यान्सर प्रमुख क्यान्सरको रुपमा देखिन्छ । प्रति वर्ष करिब २०० जना स्तन क्यान्सरको पहिचान हुने गर्छ । यो प्रत्येक वर्ष ५ प्रतिशतले बढी रहेको छ । तर, समुदायमा कैयौं बिरामीहरु पहिचान नभई बसेका छन् । स्तन क्यान्सरको लक्षण र चिन्हहरु के—के हुन सक्छन् ? स्तन वा काखीमा दुखाइ दीर्घ रुपमा भइरहेमा स्तनको छालामा परिवर्तन देखिएमा स्तनको आकार र बनावटमा परिवर्तन आएमा स्तनको मुन्टोबाट ननिचोरी तरल पदार्थ आएमा स्तनको मुन्टो भित्रतर्फ गडेमा, यसको आकार र स्थानमा परिवर्तन भएमा स्तनमा गाँठो अनुभव भएमा स्तनको मुन्टो वरिपरीको छाला रातो देखिएमा काखीमा वा घाँटीको छेउछाउ लासिका ग्रन्थी बढेमा स्तन क्यान्सरको जोखिम कसलाई बढी छ? ढिलो सन्तान जन्माउनेहरु कम उमेरमै महिनावारी सुरु हुने (१२ वर्ष पहिले) र ढिलो उमेरमा महिनावारी सुक्ने (५५ वर्षपछि) पहिले सन्तान ढिलो जन्माउने (३० वर्षपछि) स्तनपान कम गराउने बढी चिल्लो बोसोयुक्त खाना खाने चुरोट र अत्याधिक रक्सीको सेवन गर्ने विकिरणको नजिक रहने स्तन क्यान्सर सुरुमै पहिचान कसरी गर्ने? स्वयम् स्तन जाँच विधि क्लिनिकल जाँच विधि म्यामोग्राफी जाँच हाई रेजोलुशन भिडियो एक्स रे अटोमेटेड होल ब्रेस्ट भिडियो एक्स रे एमआरआई स्तन क्यान्सरको उपचार कस्तो छ? नेपालमा प्राय सबै उपचार बिधि सुरु भइसकेका छन् । तर, महंगीका कारण धेरै नेपालीको पहुँचबाट बाहिर छ । सर्जरी, रेडियोथेरापी, केमोथेरापी, हर्मोने थेरापी आदि प्रचलित उपचार विधिहरु हुन् । स्तन पूर्णनिर्माण सर्जरी गर्ने चलन धेरै कम छ । स्तन क्यान्सरमा के के चुनौतीहरु छन् ? नेपालमा स्तन क्यान्सरको अनिवार्य स्क्रिनिङ कार्यक्रम नहुनु स्तन क्यान्सरको उपचार महँगो हुनु जनचेतनाको कमी हुनु स्तन क्यान्सर रोकथामको लागि के गर्ने ? स्वास्थ्य चेतानामूलक कार्यक्रम स्तन क्यान्सर स्क्रीनिङ कार्यक्रम (विश्व स्वास्थ संगठनअनुसार) -२०—३९ वर्षः प्रत्येक महिना स्वयंम स्तन जाँच विधि र प्रत्येक ३ वर्षमा स्वास्थकर्मीबाट क्लिनिकल जाँच विधि -४०—४९ वर्षः प्रत्येक महिना स्वयंम स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थ्यकर्मीबाट क्लिनिकल जाँच विधि, ४० वर्षमा म्यामोग्राफी जाँच र त्यसपछि प्रत्येक २—२ वर्षमा म्यामोग्राफी जाँच -५० वर्ष र माथिको उमेरः प्रत्येक महिना स्वयंम स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थ्यकर्मीबाट क्लिनिकल जाँच विधि र प्रत्येक वर्ष म्यामोग्राफी जाँच त्यसो भए समयमै स्तन क्यान्सरको पत्ता लगाउन के गर्ने? सबैले स्तन क्यान्सरबारे चेतना बढाउने काम सुरु गरौ । सबैले आफ्नो स्तन आफै जाँच्ने विधि सुरु गरौं । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालको स्त्री विभागमा ल्याप्रोस्कोपी सर्जरी सुरू बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? मोटोपना किन हुन्छ ? कसरी घटाउने ? यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको… डा. प्रियंका त्रिपाठीः महिनावारी रोकिनुलाई किन संवेदनशील मानिन्छ ? धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ४ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ५ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह