२०८२ पुस १६, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. अनिल झाको सल्लाहः टन्सिलबाट कसरी जोगिने ?

डा. अनिल झाको सल्लाहः टन्सिलबाट कसरी जोगिने ?


घाँटीको भित्री तथा पछाडि भागमा भएको नरम तन्तुलाई टन्सिल भनिन्छ । यो प्राय सबै मानिसको घाँटीमा हुन्छ । तर, आममानिसले विभिन्न संक्रमणहरुबाट घाँटी दुखेको अवस्थालाई मात्रै ‘टन्सिल’ भनेको पाइन्छ । तसर्थ, सामान्य बोलिचालीको भाषामा ‘टन्सिल’ भन्नाले घाँटीको भित्र तथा पछाडि रहेको भाग दुख्नु हो ।

कतिपय मानिसमा ‘टन्सिल’ गर्मीमा भन्दा जाडोमा बढी हुने गलत मान्यता पाइन्छ । विभिन्न कारणवश हुने टन्सिल जाडोमा मात्र नभई गर्मीयाममा पनि उत्तिकै देखा पर्दछ । तर, यसको अर्थ चिसोले टन्सिललाई प्रभाव पार्दैन भन्ने होइन ।

सामान्य ब्यक्तिभन्दा बढी संवेदनशील र कमजोर शरीर भएका ब्यक्तिहरुलाई भने चिसोको कारणले जाडोयाममा बढी टन्सिल हुने हुन्छ । यसबाहेक हामीलाई अत्याधिक चिसो वा तातो खानाले, धुलोधुवाँ, तथा ब्याक्टेरियाको संक्रमणका कारण पनि टन्सिल हुने हुन्छ ।

रोकथाम तथा उपचार

टन्सिलमा हुने संक्रमणबाट जोगिन हामीले निम्न उपाय अपनाउन सक्छौः

– चिसो तथा एकदमै तातो खाना नखाने
– मनतातो पानी पिउने
– चिसो मौसमबाट जोगिने
– धुलो धुवाँबाट बच्ने
– बाहिर निस्कदा मास्कको प्रयोग गर्ने
– गार्गल गर्ने
– टन्सिलको समस्या देखा परेमा सम्बन्धित चिकित्सकको परामर्श लिने ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ