२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यहृदयघात हुनुअघि व्यक्तिमा देखिन्छन् यस्ता संकेतहरु

हृदयघात हुनुअघि व्यक्तिमा देखिन्छन् यस्ता संकेतहरु


मुटुसम्बन्धि विभिन्न रोग तथा समस्याहरुमध्ये हृदयघातलाई पनि एक गम्भीर समस्याको रुपमा लिइन्छ । यो रोग प्रायजसोः मोटोपन, मधुमेह, डाइटको कमी, शारीरिक रुपमा निष्क्रिय रहने तथा अल्कोहोल प्रयोग गर्ने व्यक्तिहरुमा देखा पर्दछ ।

अन्तर्राष्ट्रिय रोग रोकथाम तथा नियन्त्रण विभाग (सिडिसी)ले  प्रत्येक वर्ष मुटुसम्बन्धि विभिन्न रोगहरु लागेर करिब ४७ प्रतिशत व्यक्तिहरु अस्पताल नपुग्दैं मृत्युको मुखमा पुग्ने गरेका छन् ।

तर, यस रोगको एक सकारात्मक पक्ष के छ भने कैयौं व्यक्तिको ज्यान लिइसकेका यो रोग देखिनुपूर्व भने यसका केही लक्षणहरु हामीलाई यो रोगको संकेत दिन्छ ।

यसका लक्षणहरु

१) अनियमित मुटुको चाल

व्यक्तिमा हृदयघात हुनुपूर्व देखिने एक साझा लक्षणमध्ये मुटुको अनियमित चाल पनि एक हो । हृदयघात हुनुपूर्व व्यक्तिलाई अकस्मात् रिंगटा लाग्ने र मुटुको चाल विस्तारै कम हुँदै जान्छ । यसका साथै महिलाहरुमा भने कतिपयमा अकस्मात चिन्ता बढ्ने हुन्छ ।

२) अत्याधिक पसिना आउनु

हृदयघात हुन लागेका व्यक्तिमा बिहान र बेलुकाको समयमा सामान्यतयाः भन्दा बढी पसिना आउने हुन्छ । विशेषगरी महिलाहरुमा देखा पर्ने यस लक्षण उनीहरुमा उचित तापक्रमको बाबजुद पनि फ्लू अर्थात् संक्रमणको रुपमा देखा पर्दछ ।

३) पेट दुख्नु

कुल व्यक्तिहरुमध्ये करिब ५० प्रतिशतलाई हृद्धयघात हुनु अगाडि बेस्सरी पेट दुख्ने गरेको पाइएको छ । महिला र पुरुष दुवैमा देखा पर्न सक्ने यस लक्षणमा उनीहरुलाई वाकवाकी लाग्ने, पेट ग्याँसले भरिने तथा पेटमा असामान्य महसुस हुने गर्दछ ।

४) थकानको महसुस हुनु

केही शारीरिक कामबिना नै तपाईंलाई गहिरो थकानको महसुस हुन्छ भने त्यो पनि हृदयघातको सम्भावना हुन सक्छ । ७० प्रतिशत महिलाहरुमा देखिएको यस समस्यामा उनीहरुलाई दिनको अन्त्यतिर शरीरको ऊर्जा तथा हौसला स्वात्तै घटी थकानको महसुस हुने गर्छ ।

५) श्वासप्रश्वासमा समस्या देखिनु

डिस्निया भनिने यस लक्षण अनुसार व्यक्तिको फोक्सोमा आवश्यक हावाको प्रवाह नहुने भएकोले बिरामीलाई सास फेर्न असहज महसुस हुन्छ । यो कुल बिरामीमध्ये ४० प्रतिशत व्यक्तिहरुमा देखा पर्ने गरेको छ । माइलन्डनका अनुसार व्यक्तिमा यस्ता समस्या हृदयघात हुनुभन्दा ६ महिनाअघि नै देखा पर्दछ ।

६) निन्द्रा नलाग्नु

अधिकांश व्यक्तिले हृदयघातको पुर्वाग्रहमा इन्सोम्निया समस्याबाट ग्रसित भएको महशुस गरेका छन् । यसका साथै ध्यान एकत्रित हुन नसक्ने र एक्कासी चिन्ताको मात्रा बढ्ने उनीहरुको अनुभव रहेको छ । इन्सोम्निया अन्र्तगत व्यक्तिलाई निन्द्रा नलाग्ने, लागे पनि ढिलो लाग्ने र छिट्टै ब्युझँने हुन्छ ।

७) कपाल झर्दै जानु

उमेर बढ्दै जादा कपाल झर्दै जाने प्रक्रियालाई सामान्य मानिन्छ । तर, याद गर्नुहोस्, कतै यो हृदयघातको लक्षण त होइन? हृदयघात हुने केही व्यक्तिहरुमा अत्याधिक चिन्ताको हार्माेन एक्कासी बढ्ने भएकोले उनीहरुको कपाल झर्ने गर्छ ।

८) छाती दुख्नु

हृदयघात हुनु अगाडि ब्यक्तिमा देब्रे कुम, पाखुरा, चिउँडो तथा गालाको बिचको भाग तथा पेटमा लगातार सामान्य दुखाइ हुने गर्छ । छातीको दुखाइ हुँदा शरीरको यी भागहरुमा पनि दुखाइ भएको अवस्थामा व्यक्तिले हृदयघातको आशंका गर्न सकिन्छ ।

रोकथाम तथा उपचार

सर्वप्रथम व्यक्तिले मुटुरोग तथा हृदयघातबाट बच्नको निम्ति स्वस्थ्यकर जीवनशैली अपनाउनु पर्दछ । अधिकांशमा यो विशेषगरी ब्यक्तिमा अस्वस्थ्यकर जीवनशैलीकै कारण देखा पर्ने गरेको पाइएको छ । यसको निमित्त व्यक्तिले निम्न कुराहरुमा ध्यान दिनु पर्दछः

  • धुम्रपान तथा मद्यपानबाट टाढा रहने
  • धुलो, धुवाँबाट जोगिने
  • बढी चिल्लो र मसालेदार खानाको प्रयोग नगर्ने
  • रक्तचाप र मधुमेह नियमित रुपमा चेक जाँच गराइ रहने
  • नियमित शारीरिक ब्यायाम गर्ने
  • प्रशस्त पानी पिउने
  • समय—समयमा शरीरको चेकजाँच गराइरहने ।हृदयघात भएका व्यक्तिलाई उसको रगत राम्ररी बहन सकोस् भन्नका निमित्त रगत पातलो बनाउनको निमित्त एस्प्रिनको प्रयोग गराइन्छ । तर, कतिपय व्यक्तिहरुमा यसको प्रयोगका कारण एलर्जीसमेत देखा पर्ने भएकोले चिकित्सकको सल्लाहबिना भने हामीले यसको प्रयोग गर्नु हुँदैन । र, हृदयघातको आशंका लाग्ने बित्तिकै तुरुन्त सम्बन्धित चिकित्सकको परामर्श लिनु पर्दछ ।यसका साथै कतिपय अवस्थामा व्यक्ति घरमा एक्लै भएको अवस्थामा पनि यसले आक्रमण गर्न सक्छ । त्यसबेला भने व्यक्तिले आफूलाई हृदयघात हुन लागेको शंका लाग्ने बित्तिकै मुखबाट छिटो—छिटो श्वास फेर्नुपर्दछ । यसका साथै ब्यक्ति हल्का दौडने र उफ्रने गर्नुपर्छ । यस्ता गतिविधिले मुटुको चाललाई तीव्र गराउन मद्धत गर्दछ । र, त्यस समयमा बिरामीले अन्य सम्बिन्धत व्यक्ति तथा चिकित्सकलाई आफूलाई गाह्रो भएको सूचना समेत दिन सक्छन् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : जनस्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ