२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदोलखाका अधिकांंशमा मोतिविन्दुको समस्या

दोलखाका अधिकांंशमा मोतिविन्दुको समस्या


दोलखा –   दोलखाको स्थानीयतहले विभिन्न स्थानमा आँखा शिविर संचालन गरेको छ  । तिलगंगा आँखा प्रतिष्ठान, नेपाल आँखा कार्यक्रम, दोलखा आँखा लायन्स आँखा केन्द्र र लायन्स क्लव अफ दोलखाको आयोजनामा एक हप्तासम्म सञ्चालन भएको आँखा शिविरबाट ९ सय ११ जनाले आँखा परीक्षण गरेर लाभ उठाएका छन् ।

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ३ छौडेमा २ सय ४ जनाले आँखा परीक्षण गराएकामा ९ जनामा मोतिविन्दु देखा परेको छ । त्यस्तै वैतेश्वर गाउँपालि वडा नम्बर ५ मैनापोखरीमा भएको शिविरमा २ सय ६२ जनाले आँखा परीक्षण गराएकामा २९ जनामा मोतिविन्दु देखा परेको छ ।

त्यस्तै, कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेमा १ सय ५७ जनाले आँखा परीक्षण गराएकामा १० जनामा मोतिविन्दु र १ जनाको मासु पलाएको पाइएको छ ।

शैलुङ गाउँपालिका वडा नम्बर ८ भैसेमा सञ्चालन भएको शिविरमा १ सय २४ जनाले आँखा जाँच गराएकामा ५ जनामा मोतिविन्दु र विगु गाउँपालिका वडा नम्बर ४ सिंगटीमा १ सय ७३ जनाले आँखा परीक्षण गराएकामा १५ जनामा मोतिविन्दुको समस्या देखिएको छ । शिविरमा आँखा जाँच गराउन आएकामध्ये ६८ जनामा मोतिविन्दुको समस्या देखा परेको थियो ।

शिविरबाट छनोट भएका मोतिविन्दुका बिरामी तथा आँखा अप्रेशन गर्नुपर्ने बिरामीहरुलाई दोलखा लायन्स आँखा केन्द्र, दोलखामा अप्रेशन सुरु गरेको छ । फागुन १९ गतेसम्म शल्यक्रिया सेवा उपलब्ध हुने दोलखा लायन्स आँखा केन्द्र दोलखाका प्रमुख विप्लव खड्काले जानकारी दिनुभयो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ