चरिकोट—दोलखाका ८ वटा पालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएका छन् । जिल्लाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाले पूर्ण खोप घोषणा गरेसँगै अन्य पालिकाहरुले पनि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएका छन् ।
जिल्लाका विगु गाउँपालिकाबाहेक भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, वैतेश्वर, मेलुुङ, तामाकोशी, शैलुुङ, कालिञ्चोक र गौरीशंकर गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको जनस्वास्थ्य कार्यालय दोलखाका कोल्डचेन्ज अधिकृत भुवनराज केसीले बताए । वैतेश्वर गाउँपालिकाको पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सम्बोधन गर्दै अधिकृत केसीले विगु गाउँपालिका बाहेकका अन्य पालिका पूर्ण खोप सुनिश्चितता भएको बताए ।
वैतेश्वरको पूर्ण खोप घोषणा कार्यक्रम गाउँपालिका अध्यक्ष एवं खोप समन्वय समितिका अध्यक्ष छवि लामाले वैतेश्वरका सबै वडाका बालबालिका पूर्ण खोपको पहुँचमा रहेको बताए । अध्यक्ष लामाले पूूर्ण खोप कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका भित्रका सबै स्वास्थ्य चौकीले बालबालिकालाई पूर्ण खोप सुनिश्चितता प्रदान गरेको भन्दै वडामा रहेका स्वास्थ्य चौकीलाई सम्मान गरेका थिए ।
कार्यक्रममा वैतेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बमबहादुर तामाङले वडा तथा पालिकागतको वार्षिक खोप प्रगतिको विवरण प्रस्तुत गरेका थिए । स्वास्थ्य शाखामार्फत सञ्चालन गरिएको यो अभियानअन्तर्गत गाउँपालिका भित्रका ५ सय ८५ जना बालबालिकालाई नियमित खोप लगाएर पूर्ण खोप सुनिश्चितता हासिल गरिएको बताए ।