२०८२ साउन २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने

बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने


काठमाडौं—बागमती प्रदेशको स्वास्थ्यमन्त्री एमाले सांसद किरण थापामगर दोहोरिने भएका छन् । नेकपा एमालेले इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्न लागेको बागमतीको नयाँ मन्त्रिमण्डललाई थापामगरलाई सोही जिम्मेवारीमा पठाउने निर्णय गरेको हो ।

यसअघि बहादुरसिंह लामाको क्याबिनेटमा पनि उनी स्वास्थ्यमन्त्री थिए । एमालेमा थापामगरबाहेक पूर्ववर्ती सरकारका अन्य मन्त्रीहरु भने नदोहोरिने भएका छन् ।

एमालेको तर्फबाट थापामगरसँगै भौतिक पूर्वाधार विकासमन्त्रीमा डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायात मन्त्रीमा जयराम थापा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा विन्दु श्रेष्ठ, वन तथा वातावरणमन्त्रीमा भरतबहादुर केसी र कृषि तथा पशुपन्छी विकासमन्त्रीमा मधुसुधन पौडेललाई पठाउने भएको हो ।

नेपाली कांग्रेस संसदीय दलमा देखिएको किचलोपछि लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो भने नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा इन्द्र बाँनियाँसँग लामा पराजित भएका थिए । त्यसपछि बानियाँको नेतृत्वमा नयाँ सरकार बन्न लागेको हो ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ