गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ गाउँपालिकाको नमुना काम, घरदैलोमा सुत्केरी सेवा गाउँपालिकाको नमुना काम, घरदैलोमा सुत्केरी सेवा हेल्थ आवाज मंगलबार, २०७६ कात्तिक २६ गते, १०:०३ मा प्रकाशित बुटवल—प्रदेश नं ५ मै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरेर पूर्वखोला खाउँपालिका पाल्पाले नयाँ अभियनको सुरुवात गरेको छ । गाउँपालिकाले ग्रामीण क्षेत्रका गर्भवती महिलाहरुले घरमै सुत्केरी गराउँदा हुने स्वास्थ्य जोखिम न्यूनीकरणका लागि काम गर्दै आएको छ । घरमा सुत्केरी गराउने संख्या शुन्य भएपछि पूर्ण संस्थागत सुत्केरी गराउने गाउँपालिका घोषणा भैसकेको गाउँपालिकाले यसलाई दिगो बनाउन घरदैलो सुत्केरी सवाको सुरुवात गरेको जनाएको छ । पूर्ण संस्थागत सुत्केरी कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी भएका बखत हुन सक्ने विविध समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । ‘घोषणा गरेर मात्र हुँदैन् त्यसलाई टिकाइ राख्नु महत्वपूर्ण पक्ष हो । त्यसैले हामी यो कार्यक्रम संचालन गरेका हौं,’ उनले भने । सुत्केरी भएको तीन तथा सात दिनको समयमा घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने गरी कार्यक्रम सुरु गरिएको उनले बताए । आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले घरदैलोमा सुत्केरी सेवा कार्यक्रम सञ्चालनका लागि दुई लाख विनियोजन गरेको छ । दूरीको हिसाबले दुई सयदेखि पाँच सयसम्म यातायात खर्च नर्सलाई दिने र सुुत्केरी अवलोकन गरी फाराम भरेर रिपोर्ट गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयमा बुझाउनुपर्ने गरी कार्यविधि समेत निमार्ण गरिएको छ । ‘सुत्केरीका लागि सेवा दिन जाने नर्सहरु तथा कर्मचारीहरुको लागि निदेर्शिका निमार्ण गरी काम गर्ने योजना बनाएका छौं,’ गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक मोहन ढकालले भने, ‘यसले सकारात्मक सन्देश दिनेछ ।’ सुत्केरीले स्वास्थ्य संस्थामा पुगेर नियमित परीक्षण गरेमा एक क्यारेट अण्डा उपलब्ध गाराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई कात्तिक ७ गते प्रदेश नं ५ मै ‘पूर्ण संस्थागत सुत्केरी गाउँपालिका’ घोषणा गरिएको थियो । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना