गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ गाउँपालिकाको नमुना काम, घरदैलोमा सुत्केरी सेवा गाउँपालिकाको नमुना काम, घरदैलोमा सुत्केरी सेवा हेल्थ आवाज मंगलबार, २०७६ कात्तिक २६ गते, १०:०३ मा प्रकाशित बुटवल—प्रदेश नं ५ मै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरेर पूर्वखोला खाउँपालिका पाल्पाले नयाँ अभियनको सुरुवात गरेको छ । गाउँपालिकाले ग्रामीण क्षेत्रका गर्भवती महिलाहरुले घरमै सुत्केरी गराउँदा हुने स्वास्थ्य जोखिम न्यूनीकरणका लागि काम गर्दै आएको छ । घरमा सुत्केरी गराउने संख्या शुन्य भएपछि पूर्ण संस्थागत सुत्केरी गराउने गाउँपालिका घोषणा भैसकेको गाउँपालिकाले यसलाई दिगो बनाउन घरदैलो सुत्केरी सवाको सुरुवात गरेको जनाएको छ । पूर्ण संस्थागत सुत्केरी कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी भएका बखत हुन सक्ने विविध समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । ‘घोषणा गरेर मात्र हुँदैन् त्यसलाई टिकाइ राख्नु महत्वपूर्ण पक्ष हो । त्यसैले हामी यो कार्यक्रम संचालन गरेका हौं,’ उनले भने । सुत्केरी भएको तीन तथा सात दिनको समयमा घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने गरी कार्यक्रम सुरु गरिएको उनले बताए । आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले घरदैलोमा सुत्केरी सेवा कार्यक्रम सञ्चालनका लागि दुई लाख विनियोजन गरेको छ । दूरीको हिसाबले दुई सयदेखि पाँच सयसम्म यातायात खर्च नर्सलाई दिने र सुुत्केरी अवलोकन गरी फाराम भरेर रिपोर्ट गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयमा बुझाउनुपर्ने गरी कार्यविधि समेत निमार्ण गरिएको छ । ‘सुत्केरीका लागि सेवा दिन जाने नर्सहरु तथा कर्मचारीहरुको लागि निदेर्शिका निमार्ण गरी काम गर्ने योजना बनाएका छौं,’ गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक मोहन ढकालले भने, ‘यसले सकारात्मक सन्देश दिनेछ ।’ सुत्केरीले स्वास्थ्य संस्थामा पुगेर नियमित परीक्षण गरेमा एक क्यारेट अण्डा उपलब्ध गाराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई कात्तिक ७ गते प्रदेश नं ५ मै ‘पूर्ण संस्थागत सुत्केरी गाउँपालिका’ घोषणा गरिएको थियो । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा ४ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल ५ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ६ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ७ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ TFN ट्रेण्डिङ कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम नेपाल मेडिकल काउन्सिल निर्वाचनः सदस्य पदका उम्मेदवारका डा. सम्राटका ४ एजेण्डा मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको आदेश बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार जाडोमा कपालको सुरक्षा : प्रा.डा. सविना भट्टराईको सल्लाह कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम नेपाल मेडिकल काउन्सिल निर्वाचनः सदस्य पदका उम्मेदवारका डा. सम्राटका ४ एजेण्डा मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको आदेश बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार जाडोमा कपालको सुरक्षा : प्रा.डा. सविना भट्टराईको सल्लाह