गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ गाउँपालिकाको नमुना काम, घरदैलोमा सुत्केरी सेवा गाउँपालिकाको नमुना काम, घरदैलोमा सुत्केरी सेवा हेल्थ आवाज मंगलबार, २०७६ कात्तिक २६ गते, १०:०३ मा प्रकाशित बुटवल—प्रदेश नं ५ मै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरेर पूर्वखोला खाउँपालिका पाल्पाले नयाँ अभियनको सुरुवात गरेको छ । गाउँपालिकाले ग्रामीण क्षेत्रका गर्भवती महिलाहरुले घरमै सुत्केरी गराउँदा हुने स्वास्थ्य जोखिम न्यूनीकरणका लागि काम गर्दै आएको छ । घरमा सुत्केरी गराउने संख्या शुन्य भएपछि पूर्ण संस्थागत सुत्केरी गराउने गाउँपालिका घोषणा भैसकेको गाउँपालिकाले यसलाई दिगो बनाउन घरदैलो सुत्केरी सवाको सुरुवात गरेको जनाएको छ । पूर्ण संस्थागत सुत्केरी कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी भएका बखत हुन सक्ने विविध समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । ‘घोषणा गरेर मात्र हुँदैन् त्यसलाई टिकाइ राख्नु महत्वपूर्ण पक्ष हो । त्यसैले हामी यो कार्यक्रम संचालन गरेका हौं,’ उनले भने । सुत्केरी भएको तीन तथा सात दिनको समयमा घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने गरी कार्यक्रम सुरु गरिएको उनले बताए । आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले घरदैलोमा सुत्केरी सेवा कार्यक्रम सञ्चालनका लागि दुई लाख विनियोजन गरेको छ । दूरीको हिसाबले दुई सयदेखि पाँच सयसम्म यातायात खर्च नर्सलाई दिने र सुुत्केरी अवलोकन गरी फाराम भरेर रिपोर्ट गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयमा बुझाउनुपर्ने गरी कार्यविधि समेत निमार्ण गरिएको छ । ‘सुत्केरीका लागि सेवा दिन जाने नर्सहरु तथा कर्मचारीहरुको लागि निदेर्शिका निमार्ण गरी काम गर्ने योजना बनाएका छौं,’ गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक मोहन ढकालले भने, ‘यसले सकारात्मक सन्देश दिनेछ ।’ सुत्केरीले स्वास्थ्य संस्थामा पुगेर नियमित परीक्षण गरेमा एक क्यारेट अण्डा उपलब्ध गाराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई कात्तिक ७ गते प्रदेश नं ५ मै ‘पूर्ण संस्थागत सुत्केरी गाउँपालिका’ घोषणा गरिएको थियो । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?