२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी सरकारको बजेटमा स्वास्थ्यः ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’

लुम्बिनी सरकारको बजेटमा स्वास्थ्यः ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’


देउखुरी—लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यका विभिन्न सुनौला नाराहरु अगाडि सार्दैं आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याएको छ । शनिबार लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले नसर्ने रोगको प्रकोपलाई कम गर्न ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ कार्यक्रमसहितका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

आर्थिक वर्ष २०८१/८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको लुम्बिनी सरकारले ४० वर्षमाथिका नागरिकको निःशुल्क कडा रोगको परीक्षण गर्ने, पूर्ण सुरक्षित मातृत्व सेवासहितका कार्यक्रमका लागि बजेट छुट्याएको छ ।

भौतिक पूर्वाधारअन्तर्गत प्रदेश गौरवका आयोजनाका रुपमा रहेको लुम्बिनी प्रदेश अस्पतालको भौतिक संरचना निर्माणका लगि १ अर्ब ८० करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

लुम्बिनीमा स्वास्थ्यको बजेटमा के छ ?


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ