२०८२ चैत्र २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगन्जमा पहिलो पटक मनाइयो अटिजम दिवस

नेपालगन्जमा पहिलो पटक मनाइयो अटिजम दिवस


नेपालगन्ज—नेपालगन्ज पहिलो पटक अटिजम दिवस मनाइएको छ । उज्यालो फाउण्डेशनले १९औं विश्व अटिजम सचेतना दिवसका अबसरमा नेपालगन्ज सचेतना र्‍याली र द्वीप प्रज्जवलन गरेको छ ।

सचेतना र्‍यालीमा अटिजम भएका व्यक्ति, तिनका अभिभावक र अटिजमका क्षेत्रमा कार्यरत सामाजिक अगुवाहरु सहभागी थिए ।

र्‍यालीपछि नेपालगन्जको कारकादो चोकमा पुगेर द्वीप प्रज्जवलन गरिएको थियो । सो अवसरमा फाउण्डेशनका अध्यक्ष सूर्यमणि अधिकारी, वौद्धिक अपाङ्गता अभिभावक संघका केन्द्रीय सचिव गोकर्ण आचार्यले पश्चिम नेपालमा अटिजमको अवस्थाबारे जानकारी गराएका थिए ।

आकार फाउण्डेशनको प्राविधिक सहयोगमा नया वर्षसँगै २०८३ मै पश्चिम नेपालमा पहिलो पटक नेपालगन्जमा अटिजम भएका बालबालिकाहरुलाई थेरापी र डे केयर सेन्टर सञ्चालन हुन लागेको छ । अटिजम भएका बालकालिकाहरुलाई थेरापी र पढ्न पाठन सहज उपलब्ध गराउने उद्देश्यले ५० जना क्षमता रहेको थेरापी र डे केयर सेन्टर सञ्चालन गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सुर्यमणि अधिकारीले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ