२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अख्तियारको ३४ स्टिङ अप्रेसनः धरान प्रतिष्ठानका उपकुलपतिसहित ४४ भ्रष्टाचारको आरोपमा पक्राउ

अख्तियारको ३४ स्टिङ अप्रेसनः धरान प्रतिष्ठानका उपकुलपतिसहित ४४ भ्रष्टाचारको आरोपमा पक्राउ


विराटनगर—गत असार २७ गते धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपपि प्रा.डा. राजकुमार रौनियार र उनका भतिजा डा. रामहरि रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात पक्राउ ग¥यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएका एसपी हेम थापाको नेतृत्वको अनुसन्धान टोलीले उपकुलपति राजकुमार र भतिजा रामहरिलाई पक्राउ गरेको थियो ।

उनीहरुमाथि अख्तियारले विशेष अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइरहेको छ । प्रतिष्ठानको भवन निर्माणको ठेक्का पाएका ठेकेदारसँग ठेक्का लिए वापतको ८ लाख रुपैयाँ नगद घुससहित रौनियार प्रतिष्ठानस्थित निवासबाट रंगेहात पक्राउ परेका थिए । रौनियारलाई कार्यकक्षमा रकम लिएर निवासमा राख्न जाने बित्तिकै पक्राउ गरिएको थियो ।

अख्तियारले प्रदेशमा १ मा घुससहित पक्राउ गरेको उल्लेखित घटना प्रतिनिधिमूलक हो । अख्तियारले प्रदेश १ बाट घुस रकमसहित दुई वर्षमा डाक्टर र सरकारी कार्यालयका कर्मचारीहरूलाई पक्राउ गर्न ३४ वटा स्टिङ अप्रेसन गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले प्रदेश १ बाट दुई वर्षमा घुसखोरीलाई पक्राउ गर्न ३४ वटा स्टिङ अप्रेसन गरेर ४४ जनालाई पक्राउ गरेको हो ।

१४ जिल्ला प्रदेश १ को विभिन्न जिल्लाहरूबाट अख्तियारले स्टिङ अप्रेसन गरेर घुसखोरी कर्मचारीहरूलाई रंगेहात पक्राउ गरेको आयोगको अभिलेखमा उल्लेख छ । आर्थिक वर्ष २०७५÷०७६ मा घुस रकमसहित रंगेहात पक्राउ गर्न अख्तियारले १८ वटा स्टिङ अप्रेसन गरेमा २४ जना रंगेहात पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए । घुससहित रंगेहात पक्राउ पर्ने सरकारी कर्मचारी र चिकित्सकहरू समेत छन् ।

अख्तियारको अभिलेखअनुसार घुस रकमसहित रंगेहात पक्राउ पर्नेको संख्यामा वृद्धि छ । आयोगअनुसार अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा १६ वटा स्टिङ अप्रेसन गरेकोमा २० जनालाई घुस रकमसहित रंगेहात अख्तियारको टोलीले पक्राउ गरेको अभिलेखमा देखिन्छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा यो आर्थिक वर्षमा ४ जना बढी घुससहित रंगेहात अख्तियारको विशेष टोलीले पक्राउ गरेको हो ।

इटहरीस्थित आयोगमा विभिन्न माध्यमबाट आर्थिक वर्षमा १ हजार ७ सय ८६ वटा प्राप्त कुल उजुरीहरूमध्ये प्रारम्भिक छानविनबाट ९ सय २१ वटा फछ्र्यौट भएको छ । जसमा ८ सय ६५ वटा जिम्मेवारी सरेर चालु आर्थिक वर्षमा आएको आयोगले जनाएको छ । प्रराम्भिक उजुरीमा अघिल्लो आर्थिक वर्षबाट ५ सय ६० वटा जिम्मेवारी सरेर र आर्थिक वर्षमा १ हजार २ सय २६ वटा उजुरी आयोगमा आएको थियो ।

आर्थिक वर्षमा विशेष अदालतमा ९ मुद्दा दायर

विस्तृततर्फ अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको ६३ र आर्थिक वर्षमा ४७ वटा नयाँ गरि ०७५/०७६ मा १ सय १० वटा उजुरी इटहरिस्थित आयोगको कार्यालयमा दर्ता भएको अभिलेखमा देखिन्छ । जसमध्ये ३९ वटा अनुसन्धान पूरा गरी अख्तियारको केन्द्रीय कार्यालय काठमाडाैं पठाएकोमा आर्थिक वर्षमा ९ वटा अख्तियारले  विशेष अदालतमा मुद्दा दायर गरेको अख्यितारको अभिलेखमा उल्लेख छ ।

इटहरीस्थित आयोगले घुससहित पक्राउ गरेको र उजुरी परेकोमा माथि अनुसन्धान पुरा गरि केन्द्रीय कार्यालयमा पठाउने गरेको छ । अख्तियारको केन्द्रीय कार्यालयले विशेष आदलतमा मुद्दा दायर गर्ने गरेको छ । अख्तियारले घुसखोरीलाई रंगेहात पक्राउ गर्न सेवाग्राहीको भेषमा स्टिम अप्रेसन गर्दै आएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ