२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने

कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने


विराटनगर-कोशी प्रदेश सरकारले उदयपुरको १५ शैय्या क्षमताको कटारी अस्पताललाई स्तरोन्नती गर्दै ५० शैय्या क्षमताको बनाउने निर्णय गरेको छ । शक्रबार बसेको कोशी प्रदेशको मन्त्रिपरिषद् प्रदेश बैठकले यस्तो निर्णय गरेको हो ।

मदन भण्डारी राजमार्ग र सिद्धिचरण राजमार्गमा पर्ने उक्त अस्पतालको स्तरवृद्धि गर्न स्थानीयले माग गर्दै आएका थिए । उक्त अस्पतालमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, सप्तरी र सिरहाका आधा जसो मानिसले सेवा लिन आउने गरेको कृषि मन्त्री रामकुमार खत्रीले जानकारी दिए ।

यस्तै, मन्त्रिपरिषद बैठकले इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बुमा भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ । ‘पशुपालन व्यवसायलाई निर्वाहमुखीबाट व्यवसायिकीकरण गरी दूध, अण्डा, मासु, उनलगायतका पशुजन्य पदार्थको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन एवं निर्यात गर्न सक्ने चरणमा पु¥याउने उद्देश्यका विज्ञ केन्द्र तथा अस्पताल निर्माण गर्ने निर्णय गरिएको हो,’ मन्त्री खत्रीले भने, ‘खोरेत, पिपिआर, स्वाइन फिभर, रानीखेत, एचएसबिक्यूलगायतका रोगबाट मुक्त कोशी प्रदेश बनाउने महत्वकांक्षी योजना हामीले बनाएका हौं ।’

उद्योग कृषि तथा सहकारी मन्त्रालयले स्थानीय सरकारसँग हातेमालो गर्दै संघीय सरकारसमेतको सहकार्यमा कोशी प्रदेशमा गाई, भैंसी, भेडा, बाख्रा, बंगुर, कुखुरा, याक, नाक, चौरीलगायतका पशुपंक्षीको उत्पादन र उत्पादकत्व बढाउने, स्वरोजगार बढाउने, आयात प्रतिस्थापन गर्ने, निर्यात बढाउन पशु सेवा, पशु स्वास्थ्य, नश्ल सुधार, घाँस उत्पादन क्षेत्र किसानलाई विज्ञ केन्द्र र अस्पतालले सहयोग गर्ने जनाएको छ ।

‘नयाँ प्रविधि किसानको गोठमा पु¥याउन, किसानका समस्या अनुसन्धान केन्द्र र सरकारसम्म पु¥याउन सहज होस् भनेर कोशी प्रदेशका १४ जिल्लामै कार्यालय स्थापना गरिने भएको हो’, मन्त्री खत्रीले भने ।

यसअघि कोशीका इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्ला भेटेरिनरी अस्पतालबिहीन थिए । प्रदेश स्थापनाको ६ वर्षको अवधिमा भेटेरिनरी सेवालाई पूर्णता दिन आफूहरु सफल भएको मन्त्री खत्रीले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ