२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशयस्तो छ सुदूरपश्चिम प्रदेशमा कोभिड संक्रमणको अवस्था र पूर्वतयारी

यस्तो छ सुदूरपश्चिम प्रदेशमा कोभिड संक्रमणको अवस्था र पूर्वतयारी


विश्वभरी नै फैलिएको तेस्रो लहरको कोभिड-१९को महामारी सुदूरपश्चिम प्रदेशमा पनि तिव्र रुपमा फैलिएको छ । सुदूरपश्चिम प्रदेशमा संक्रमणको अवस्था, स्वास्थ्य उपकरण तथा जनशक्ति, अक्सिजन आपूर्तिबारेमा सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक तथा वरिष्ठ कन्सलट्यान्ट मेडिकल जनरलिष्ट डा. जगदिश जोशीसँग हेल्थ आवाजका लागि पदम राजभट्टले गरेको कुराकानी:

– देश भरनै कोभिड-१९ संक्रमणको दर वृद्धि भइरहेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा कोभिड संक्रमणको अवस्था, रोकथाम तथा नियन्त्रणमा पूर्वतयारी के-कस्तो छ ?

विश्वभरी नै महामारीरुपमा फैलएिको कोरोना महामारी विभिन्न चरणहरु पार गर्दे आइरहेको अबस्थामा अहिले तेस्रो लहर ओमिक्रोन भेरियन्टले सबैलाई संक्रमण गरेको छ । नेपालमा ओमिक्रोन भेरियन्टको जाँच गर्ने प्रविधि महँगो भएका कारणले परीक्षण गर्न त्यति सहज छैन । सुदूरपश्चिममा संक्रमण पुष्टि भएका केहि नमुनाहरु भेरियन्ट पत्ता लगाउन काठमाडौं पठाएको र नतिजा आउन बाँकी छ । भेरियन्ट जुन भएपनि बिगत १० –१५ दिन देखि केरोना संक्रमणको दर बढ्दो अवस्था छ । अहिलेको अवस्थामा परीक्षण भएको नमुना मध्ये २५ देखि ४० प्रतिशतमा संक्रमण देखिरहेको छ ।

तेस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि हामिले पहिलेदेखि नै भन्दै आएका छौं, जनस्वास्थ्य मापदण्डको पालना । यस संक्रमणबाट जोगिन मास्कको प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने र सबैले कोरोना विरुद्धको खोप लगाउनुपर्दछ ।

सुदूरपश्चिममा संक्रमण रोक्न भारतसँग जोडिएका सिमानाकाको व्यवस्थापन हो । यस प्रदेशमा रहेका गड्डाचौकी नाका कंचनपुर, गौरीफन्टा नाका कैलाली, झुलाघाट नाका बैतडी, पुलघाट नाका दार्चुलाबाट नेपाल फर्किनेहरुका एन्टिजेन परीक्षणका साथै क्षयरोग, मलेरिया समेत परीक्षण भइरहको छ । एन्टिजेन परीक्षणको क्रममा संक्रमण भएको पाइएमा नजिकैको आईसोलेसनमा राख्ने वा सम्बन्धित स्थानिय तहसँग समन्वय गरी पठाउने कार्य भइरहेको छ ।

अहिलेको कोरोना संक्रमणमा गम्भीर प्रकारका लक्षणहरु कम देखिएका छन् । त्यसकारण हामिले आइसोलेसन मात्र राखेर घर पठाउने गरेका छौं । कैलाली र कंचनपुरमा निर्माणाधिन अबस्थामा रहेको होल्डिङ सेन्टरको निर्माण कार्य सकिएको छैन । होल्डिङ सेन्टरको अनुगमनको क्रममा २ सयदेखि ३ सय बिरामीहरु राख्न सकिने गरी तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ । त्यसैगरी, राजपुरमा रहेको प्रादेशिक आर्युर्वेद चिकित्सालयमा पनि आईसोलेसन चलाउन सकिने योजना छ । प्रदेशमा ५९ प्रतिशत जनसंख्याले कोभिड विरुद्धको खोप लगाइसकेका छन् । प्रदेशमा ६४ प्रतिशतले जनसंख्याले खोपको पहिलो पहिलो मात्रा खोप लगाएका छन् ।

– कोभिड संक्रमितको उपचारको लागि आवश्यक पर्ने अस्पतालमा शैय्याको व्यवस्थापन, आईसीयू र भेन्टिलेटरको अवस्था तथा क्रिटीकल केयर युनिटमा कार्यरत जनशक्तिको अवस्था के छ ?

सुदूरुपश्चिम प्रदेशकाको अस्पतालहरुकमा एचडियु बेड, कोभिड बेड, कोभिड आइसीयू, कोभिड भेन्टिलेटर बेडहरु तयारी अवस्थामा छन् । प्रदेशमा कोभिड भेन्टिलेटर ४६, कोभिड आईसीयू ३७,कोभिड–एचडियु बेड ७१ र आइसोलेसन बेडहरु ४ सय ६१ रहेका छन् ।

प्रदेशमा एम.डी. डिएम गरेका जनशक्ति एकदमै कम छन् । प्रदेशमा क्रिटिकल केयर जनशक्ति व्यवस्थापनको लागि जिल्ला अस्पतालमा कार्यरत एक मेडिकल अफिसर र एक नर्सिङ कर्मचारीलाई ३ महिने आईसीयू भेन्टिलेटरको तालिम दिइएको छ ।

प्रदेशका सेती प्रादेशिक अस्पताल , महाकालि अस्पताल र टीकापुर अस्पतालबाट डाईलाइसिस सेवा पनि उपलब्ध गराइने छ । प्रदेशका सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भइसकेका छन् ।

त्यस्तै, जिल्ला अस्पतालहरुमा पनि अक्सिजन प्लान्ट पठाइसकेको छ भने बझाङ जिल्ला अस्पतालमा संचालनमा आइसकेको छ । अरु जिल्ला अस्पतालमा केहि प्राविधिक कारणहरु संचालनमा आउन नसकेको र यथासिघ्र संचालनमा ल्याउन निर्देशन दिइएको छ । अब दोस्रो लहरको जस्तो अक्सिजन अभाव हुने अवस्था छैन । महामारी हो, पहिलेकोभन्दा अहिले स्वास्थ्य पुर्वाधारमा सुधार भएको छ । हामीले सम्भावित अक्सिजन आपूर्ति व्यवस्थापन गर्न अक्सिजन सिलिण्डर, कन्सन्टेटरहरु राखिएका छन् । प्रदेशमा आवश्यकताका आधारमा वितरण गरिने छ ।

–महामारीमा पहिलो लहरमा तपाई आफै अग्रपंक्तिमा खटिएर संक्रमितको उपचारमा लाग्नुभयो ? तर, महामारीमा खटिएका स्वास्थ्यकर्मीले अझै बुस्टर डोज खोप जोखिम भत्ता पाउन सकेका छैनन् ? निर्देशनालयले के पहल गर्छ ?

कोभिड महामारीको पहिलो चरणमा म आफै फ्रन्टलाइनमा खटिएर काम गरेको हो । दोस्रो लहरको कोभिड महामारीमा सामाजिक विकास मन्त्रालयमा अस्पताल विकास महाशाखामा रहेर कोभिड महामारीसँगै अस्पतालहरुको व्यवस्थापकिय जिम्मेवारी सम्हालेर अहिले तेस्रो लहरको महामारीमा स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकको जिम्मेवारीमा छु । म पनि आफै स्वास्थ्यकर्मी-चिकित्सक भएको कारणले पहिलो प्राथमिकता स्वास्थ्यकर्मी नै हुन्छ ।

स्वास्थ्यकर्मी जोखिम तथा संक्रमित भयो भने भोलिका दिनमा स्वास्थ्यकर्मीको उपलब्धता भएन भने जनताले दुःख पाउँछन् । अरु फ्रन्टलाइनरको लागि ९१ हजार डोज भेरोसेल र कोभिशिल्ड १ लाख ५ हजार डोज आएको र सोहिअनुसार बुस्टर डोज लगाइरहेका छौं । खोपको उपलब्धता र प्राथमिकताको आधारमा ज्येष्ठ नागरिक तथा अन्य नागरीकहरुलाई बुस्टर डोज लगाइनेछ ।

स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको विषयमा सामाजिक विकास मन्त्रालय वा स्वास्थ्य निर्देशनालयले एकल निर्णय गरेर हुने कुरा होइन । मैले मन्त्रालयमा पनि बस्दा पहल गरेको हो । सामाजिक विकास मन्त्रालयको प्रस्तावलाई आर्थिक मन्त्रालयले स्वीकार नगरेको हुदाँ यस्तो समस्या आएको हो । हामीले केन्द्रसम्म कुरा पु¥याएको अहिले केन्द्रले माघ फागुन र चैतमा ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिसकेको छ। र, प्रदेशबाट पनि स्वास्थ्यकर्मीको प्रोत्साहनको कार्यविधि अन्तिम चरणमा रहेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ