धनगढी—कैलालीस्थित गेटा अस्पतालमा सेवाग्राहीको संख्या बढ्दै गएको छ । न्यूनतम सेवासहित सुरुवात भएको अस्पतालले विभिन्न विशेषज्ञ सेवाहरु प्रदान गरिरहेको छ ।
गेटा अस्पतालले हाल जनरल मेडिसिन, स्त्री तथा प्रसूति, मुटु रोग, छाला तथा यौन रोग, कान, नाक तथा घाँटी रोग, अर्थोपेडिक, युरोलोजी, जनरल सर्जरी, बाल रोग र डेन्टल सम्बन्धी सेवाहरु प्रदान गर्दै आएको छ ।
गेटा अस्पतालका सुचना अधिकारी नैनसिह कार्कीले विशेषज्ञ सेवा विस्तारसँगै सेवाग्राहीको संख्या पनि बढिरहेको बताए । ‘दैनिक रुपमा १ सय ५० भन्दा बढी संख्या सेवाग्राही आउने गर्दछन्,’ उनले भने ।
