२०८२ पुस ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशनेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो

नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय ९६ मत खस्यो


धनगढी— नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा मतदान सम्पन्न भएको छ । आइतबार प्रदेशको सेती प्रादेशिक अस्पतालमा भएको मतदानमा २ सय ९६ मत खसेको निर्वाचन अधिकृत डा. हेमराज पाण्डेयले बताए ।

एक जना उपाध्यक्षका लागि तीन जना उम्मेदवार चुनावी मैदानमा छन् । यसैगरी, ८ जना सदस्यका लागि ३३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

सेतीबाहेक उपत्यका बाहिरका मतदान केन्द्रहरुमा करिब ६ हजार ८०० मत खसेको बताइएको छ । उपत्यकाभित्र भने ११ र १२ पुसमा निर्वाचन हुनेछ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ