गृहपृष्ठ ∕ योग ∕ स्मरण शक्ति बढाउन मद्दत गर्ने यी योग स्मरण शक्ति बढाउन मद्दत गर्ने यी योग हेल्थ आवाज शनिबार, २०७९ असार १८ गते, ०६:०१ मा प्रकाशित वृक्षको जस्तो माथि फैलिएर स्थिर रहने भएकाले यो आसनालाई वृक्षासन भनिन्छ । यो सन्तुलन कायम गर्ने आसनको वर्गमापर्छ । कुनै क्षेत्रमा सफलता प्राप्त गर्नको लागीलागि मन र तनलाई एकजुट र सन्तुलित हुन जरूरी छ। यस्तै, ताडासन एक योग अभ्यास हो जसले मांसपेशिहरुमा मात्र नभई सूक्ष्मातिसूक्ष्म मांसपेशीहरूमा पनि लचिलोपन निर्माण गर्दछ। र यस आसन ले शरीरलाई हल्का र आरामदायी बनाउन को साथ -साथ ढीला बनाउनमा ठूलो भूमिका खेल्दछ। वृक्षासन गर्ने विधि दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ बायाँ राखी उभिनुहोस् । अब उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पैतालालाई तिघ्राको भित्री भागमा अड्याएर राख्नुहोस् । दुवै हातलाई नमस्कार मुद्रामा ल्याई एकैछिन शरीरलाई सन्तुलनमा राखी अडिनुहोस् । श्वास लामो गर्दै अगाडिको कुनै बिन्दुमा ध्यान केन्द्रित गर्दै रहनुहोस् । बिस्तारै श्वास लिँदैहातलाई टाउको माथि नमस्कार मुद्रामा नै राखी तन्काउनुहोस् । यस अवस्थामा हलचल नगरी वृक्षजस्तै स्थिर रहनुहोस् । यो आँखा खोलेर र अभ्यस्त हुँदै गएपछि आँखा बन्द गरेर पनि अभ्यास गर्न सकिन्छ । केहीबेर बसेपछि खुट्टा खोल्नुहोस् र पुनः बायाँ खुट्टाले टेकेर र दायाँलाई खुम्चाएर पहिले जस्तै सिलसिलाबद्ध अभ्यास गर्नुहोस् । फाइदा वृक्षासनको नियमित अभ्यासले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र स्मरण शक्ति बढाउन मदत मिल्छ । तनाव, रिस, मानसिक चञ्चलता आदि घटाउन यो आसन सहयोगी छ । रक्त संचार प्रवाह गर्न मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने । यो आसनले खुट्टालाई बलियो र सबल बनाउँछ । ताड़ासन गर्ने सरल विधि यसको लागी सबैभन्दा पहिला सिधा भएर उभिनुहोस र आफ्नो ढाड, कमर एवं गर्दन सीधा राख्नुहोस । अब आफ्नो दुवै हातहरु फैलाएर माथि गर्दै टाउको माथि ल्याउनुहोस र दुबै हातका औलाहरु एक आपसमा जोड्दै सङ्लो बनाएर माथितिर फर्काउदै, सांस लिदै बिस्तारै बिस्तारै पुरै शरीरलाई तन्काउनुहोस् | खिंचाव (तन्काई) लाई खुट्टाको औलाहरुबाट लिएर हातको औलाहरुसम्म महसूस गर्नुहोस । केहिबेर यो अवस्थामा बस्नुहोस र लामो तथा गहिरो श्वास लिने र छोड्ने गर्दै अनुभव महसूस गर्नुहोस । अब फेरी श्वास छोड्दै आफ्नो हात र शरीरलाई पहिलाकै अवस्थामालिएर आउनुहोस। यसरी यो एक चक्र पूरा भयो । यसलाई ३-४ चोटी अभ्यास गर्नुहोस । ताडासनका फाइदा शरीरको उचाई बढ़ाउछ, शरीरको वजन कम गर्छ , पीठ्युको दुखाई कम गर्छ , स्नायु एवं मांसपेशीकोदुखाई कम गर्छ, ताड़ासनले खुट्टामा मजबूती प्रदान गर्दछ, र, सम्पूर्ण शरीरको दुखाई र पीडाको लागी खाई धेरै हदसम्म कम गर्न सकिन्छ । सावधानी बढी मोटोपना र घुँडा दुखेको अवस्थामा अभ्यास नगर्नुहोस् । -स्रोत : राष्ट्रिय योगाक्रम पुस्तकबाट क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ५ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ६ वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी डा. मधुकर : जसको कमाण्डमा फेरिदैंछ मेथिनकोट अस्पतालको काँचुली मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी डा. मधुकर : जसको कमाण्डमा फेरिदैंछ मेथिनकोट अस्पतालको काँचुली मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ