गृहपृष्ठ ∕ विश्व ∕ दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स हेल्थ आवाज आईतबार, २०७८ मंसीर १९ गते, १३:१७ मा प्रकाशित भारतको राजधानी नयाँ दिल्लीमा ओमिक्रोन पुष्टि भएको छ । अफ्रिकी मुलुक ताञ्जानियाबाट आएका फर्किएका एक व्यक्तिमा ओमिक्रोनको संक्रमण पुष्टि भएको दिल्लीका स्वास्थ्य मन्त्री सत्येंद्र जेनले जनाएका हुन् । यससँगै भारतमा अहिलेसम्म ५ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण फेला परेको हो । हालसम्म गुजरातको जामनगर, मुम्बई र कर्नाटकमा ओमिक्रोनको केस पाइएको छ । हालसम्म विश्वका ३८ देशमा ओमिक्रोन संक्रमित फेला परे। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई लिएर बढ्दो चिन्ताका बीच आइतबारदेखि अन्तर्राष्ट्रिय यात्रुका लागि भारतले नयाँ निर्देशिका लागू गरेको छ । जोखिममा रहेका देशबाट आउने यात्रुले आरटी–पिसिआर परीक्षण गराउनुपर्ने बताइएको छ । नतिजा नआएसम्म यात्रुले विमानस्थलमै कुर्नुपर्नेछ । सबै विमानस्थलमा थप RT-PCR सुविधाको व्यवस्था गरिनेछ। ‘जोखिममा रहेका’ देश बाहेक अन्य देशका यात्रुलाई विमानस्थलबाट बाहिर निस्कन दिइनेछ। उनीहरुले १४ दिनसम्म सेल्फ मोनिटरिङ गर्नुपर्नेछ । ओमिक्रोनको खतराको श्रेणीबाट बाहिरिएका देशहरूबाट आउने यात्रुमध्ये ५ प्रतिशतको अवश्य परीक्षण गरिनेछ। यसअनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुहरूले हवाई सुविधा पोर्टलमा उपलब्ध स्व-घोषणा फारममा उडानमा चढ्नुअघि १४ दिनको आफ्नो ट्राभल हिस्ट्री दिनुपर्नेछ । -एजेन्सी क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री