२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ कोरोनाबाट हालसम्म ९३ गैरआवासीय नेपाली नागरिकले ज्यान गुमाए

कोरोनाबाट हालसम्म ९३ गैरआवासीय नेपाली नागरिकले ज्यान गुमाए


काठमाडौँ – कोरोना भाइरसबाट ९६ गैरआवासीय नेपाली नागरिकको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अनुसार विश्वका विभिन्न मुलुक गरेर शनिबारसम्ममा ९६ जना गैरआवासीय नेपाली नागरिकको मृत्यु भएको हो।

बेलायतमा मात्रै ६३ नेपाली नागरिकले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन्।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको तथ्यांक अनुसार  ११ देशमा गैरआवासीय नेपालीको ज्यान गएको हो भने अन्य १९ देशमा रहेका नेपाली कोभिड-१९ बाट संक्रमित छन् ।  विश्वभर गरेर हाल ६ हजार ७८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ