गृहपृष्ठ ∕ समाचार ∕ महामारी आए निजी अस्पताल पनि सरकारले संचालन गर्ने महामारी आए निजी अस्पताल पनि सरकारले संचालन गर्ने हेल्थ आवाज शुक्रबार, २०७७ जेठ १६ गते, ११:२४ मा प्रकाशित काठमाडौं—महामारीको समयमा सरकारले निजी क्षेत्रका स्वास्थ्य संस्थालाई उपयोग गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा सो कुरा समेटिएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिवार संसदमा प्रस्ताव गरेको बजेट वक्तव्यमा महामारीको समयमा निजी क्षेत्रका स्वास्थ्य संस्था सरकारले उपयोग गर्न सक्ने व्यवस्था मिलाएको बताए । साथै निजी अस्पतालले जिल्ला र स्थानीय तहमा अनिवार्य रुपमा विशेषज्ञ सेवा उपलब्ध गराने व्यवस्था गरेको पनि उनले संसदमा जानकारी गराए । ‘निजी अस्पतालले दिइरहेको सेवालाई प्रभावकारी रुपमा अनुगमन गर्दै विपद् र महामारीको समयमा निजी क्षेत्रका स्वास्थ्य संस्थालाई सरकारले उपयोग गर्न सक्ने व्यवस्था मिलाएको छु,’ डा. खतिवडाले भने ‘निजी क्षेत्रबाट सञ्चालित अस्पतालका चिकित्सकले जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामा अनिवार्य रुपमा विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाएको छु ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ नियन्त्रण तयारीको ढाँचा बनाउँदा मासिक १० हजार बढी संक्रमित भएपछि निजी अस्पतालहरुलाई उपयोग गर्ने गरी निर्देशिका तयार गरेको छ । मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख समेत रहेका कोभिड— १९ इन्सिडेन्ट कमाण्ड सिस्टमका कोर्डिनेटर डा. गुणराज लोहनीका अनुसार भोलि सरकारी स्वास्थ्य संस्थाले नधानेको अवस्थामा निजी अस्पताललाई सरकारले उपचार प्रयोजनका लागि लिएर त्यहाँबाट सेवा दिने बताउँछन् । ‘भोलि संख्या थपिएर सरकारी अस्पतालले नभ्याउने अवस्था आए निजी अस्पताल लिएर सकारकारले त्यहाँबाट पनि सेवा दिन्छ,’ उनी भन्छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि… जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? कोरोना विरामीलाई धेरै एन्टीबायोटिक दिनु खतरनाक साबित हुनसक्ने संगठनको चेतावनी हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा प्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला नेपालीको जीवनशैली बनिसकेको खोप नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? कोरोना विरामीलाई धेरै एन्टीबायोटिक दिनु खतरनाक साबित हुनसक्ने संगठनको चेतावनी हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा प्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला नेपालीको जीवनशैली बनिसकेको खोप