गृहपृष्ठ ∕ समाचार ∕ महामारी आए निजी अस्पताल पनि सरकारले संचालन गर्ने महामारी आए निजी अस्पताल पनि सरकारले संचालन गर्ने हेल्थ आवाज शुक्रबार, २०७७ जेठ १६ गते, ११:२४ मा प्रकाशित काठमाडौं—महामारीको समयमा सरकारले निजी क्षेत्रका स्वास्थ्य संस्थालाई उपयोग गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा सो कुरा समेटिएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिवार संसदमा प्रस्ताव गरेको बजेट वक्तव्यमा महामारीको समयमा निजी क्षेत्रका स्वास्थ्य संस्था सरकारले उपयोग गर्न सक्ने व्यवस्था मिलाएको बताए । साथै निजी अस्पतालले जिल्ला र स्थानीय तहमा अनिवार्य रुपमा विशेषज्ञ सेवा उपलब्ध गराने व्यवस्था गरेको पनि उनले संसदमा जानकारी गराए । ‘निजी अस्पतालले दिइरहेको सेवालाई प्रभावकारी रुपमा अनुगमन गर्दै विपद् र महामारीको समयमा निजी क्षेत्रका स्वास्थ्य संस्थालाई सरकारले उपयोग गर्न सक्ने व्यवस्था मिलाएको छु,’ डा. खतिवडाले भने ‘निजी क्षेत्रबाट सञ्चालित अस्पतालका चिकित्सकले जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामा अनिवार्य रुपमा विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाएको छु ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ नियन्त्रण तयारीको ढाँचा बनाउँदा मासिक १० हजार बढी संक्रमित भएपछि निजी अस्पतालहरुलाई उपयोग गर्ने गरी निर्देशिका तयार गरेको छ । मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख समेत रहेका कोभिड— १९ इन्सिडेन्ट कमाण्ड सिस्टमका कोर्डिनेटर डा. गुणराज लोहनीका अनुसार भोलि सरकारी स्वास्थ्य संस्थाले नधानेको अवस्थामा निजी अस्पताललाई सरकारले उपचार प्रयोजनका लागि लिएर त्यहाँबाट सेवा दिने बताउँछन् । ‘भोलि संख्या थपिएर सरकारी अस्पतालले नभ्याउने अवस्था आए निजी अस्पताल लिएर सकारकारले त्यहाँबाट पनि सेवा दिन्छ,’ उनी भन्छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा